राय बरेलीमा सोनीयाले मोदीलाई हराउने निश्चित
16 औ लोक सभामा मतदाताहरुको जनसंख्या 1564834 छ जसमा पुरुषहरु 842522 औ महिलाहरु 722312 छन । यहा मोठ मतदान केन्द्र 1420 छन भने 1जसमा 345 गाँउ छन । रायबरेलीमा 288 संवेदनशील मतदान केन्द्र छन जसमा अति सम्वेदनशिल केन्द्रको संख्या 51 छ । यस क्षेत्रमा कसको प्रभाव र लोकप्रिय छ भन्ने जान्न गाँउ गाँउ गएर जनतासंग कुराकानी गर्दा पाएको जानकारी अनुसार राही निवासी राम किसोर शाहाले बताए काग्रेस सरकारमा आउनु आवस्यक छ किनभने रायबरेलीको गांधी परिवारसंग पुरानो राम्रो सम्बन्ध रहेको छ भने गांधी परिवारका सोनिया गांधीले सांसदकोषद्वारा धेरै बिकास गरेको बताउदै तिनले थपे मृत अवस्थामा पुगी सकेको आइटिआई इन्स्टीट्युटलाई पूर्ण जीवन दिएका हुन।
साथै अर्को फिरोज गांधी टेकनिकल इन्स्टीट्युट डिग्री स्तरमा पूगेको छ अनि आज सम्म राज्य सरकारको तर्फबाट 1989 देखी यता राज्यबाट रायबरेलीमा सानो–भन्दा सानो धरी कुनै बिकास नभएको तिनले बताए। तिनले अझै भने कि आज सम्म सांसदकोषबाट श्रीमती गांधीले गरेको खर्चले राज्यालाई उच्च स्तरमा पुराएको छ । आज मर्जोपूर, इबरानपूर, अहीहरा, इटवा, जगतपूर, गागा गेञ्ज, कुनसा, मिठीर, गुरुबज गञ्ज, केरावा आदि स्थानहरुको गाँउ गाँउ घर घरमा गइ ज़नताहरुसंग बातचित गर्दा गांधी परिवारलाईनै रुचाएको जानकारी प्राप्त भयो भने राम कृष्ण नामक एक् रिकसा चालकले बताए कि आजसम्म यस क्षेत्रको निम्ति असल रुपमा विकाश गर्ना सोनिया गांधी मात्र सक्षम भएकी छन् ।
मोदी प्रधान मंत्री भए कुनै आपति छैन, तिनको भावनालाई हामी कदर गर्छो तर रायबरेलीबाट गांधी परिवार बाहेक अरु कसैलाई सान्सद बनाउने हाम्रो चाहना नरहेको तिनले बताए । यसरी नै एस पी मिश्रा इन्द्र नगर निवासीले मोदी सरकार केन्द्रमा पनि बनिन सहज छैन टिभी च्यानलमा प्रचार गरेर मात्र मोदी प्रधान मंत्री हुने होइन नत्र आज देशमा सबै फिल्म अभिनेताहरुनै देशका मंत्री पदमा रहने थिए होलान तर राजनितीमा काग्रेस पार्टी छोड़ेर अन्य पार्टीले केन्द्रको बागडोर सम्हाल्ने र क्षमतामा आउने सामर्थ नरहेको बताए । तिनले भने आज श्रीमती सोनिया गांधीले रायबरेलीलाई सारा भारतमा परिचित गराएको छ र उनैलाई नै आफ्नो नेता मानेको बताए ।
अर्कोतिर आज रायबरेलीमा सोनीया गांधीको जनसभाको निम्ति कड़ा सुरक्षा व्यवस्था गरिएको थियो । आज अपरान्ह दिउसोको तिन बजेदेखी सोनीयाको भाषण सुन्न जनता लामो जुलुस लागेर रायबरेलीको जीएस मैदानमा विराट् जमघट भएको थियो ।
कालो रंगको हेलिकपटरमा सोनिया गांधी मैदानमा उत्रिने साथ जनताले जय जयकारको नारा गुन्जाए। यस अवसरमा सोनिया गांधीले आफ्नो भाषणमा भनीन कि भाजपा वा मोदीले साचो बोल्नु सिकेको छैन् यसैले आफुले साचो बोल्नु नसिकेपछि अरुलाई पनि त्यही तुलनामा तौलनू उचित होइन भन्दै यस अमेठी र रायबरेलीमा गांधी परिवारले धेरै बिकासको काम गरेको छ । रायबरेलीमा आज सम्म तिनको सांसद कोषबाट मात्रै महिला विश्वविध्यालय बानाउने प्रस्तावना पस्तुत गरेका छन। पेट्रोलियम इंसटीट्युट् एमस डिया ,रेल कोच फेक्टरी, नाइपर, ऩिफ्ट, फुरसत गंजमा एफएफडीआइ, केन्द्र लगायत रेलको चक्का बनाउने कलकारखाना निर्माण गरी सकेको उदाहरण दिदै तिने भाजपालाई निसाना बनाइ, र तिनले बिरोधीको नाम पूकारदै भनीन मोदीले बारम्बार मेरो वा मेरो परिवारको नाम बदनाम गर्ने प्रयास गरेको छ तर जनताले जान्दछ मैले यस क्षेत्रमा बिकास गरेको छु वा छैन त्यसको प्रमाण आगामी 30 तारीख आफ्नो बहुमुल्य भोट काग्रेस पार्टीलाई खसालेर ति बिरोधीको बोली नै बन्द गर्नु आवस्यक छ भनी अपील गरीन ।
यस चुनाउमा टोपीको लडाइ छ काग्रेस पार्टीले हातको चिन्ह भएको टोपी छ भने आम आदमी पार्टीले पनि टोपीको व्यापार गरी रहेको छ । उसरीनै भाजपाले पनि अब कि वार मोदी सरकार लेखेर प्रचार गरी रहेको छ। तर राय बरेलीमा सोनियाले भाजपालाई हलुकै समापन गर्दै मोदी माथी हावी भएको जनताले बाताएका छन्
0 Response to "राय बरेलीमा सोनीयाले मोदीलाई हराउने निश्चित"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.