-->
अमेठिमा मिश्रित प्रतिक्रीया –जनताको रुचि राहुल

अमेठिमा मिश्रित प्रतिक्रीया –जनताको रुचि राहुल

 अमेठीका जनताहरु पत्रकारसंग बातचित गर्दै 
अमेठीबाट राजेश शर्मा, कालिमन्युज, अमेठी 25 अप्रेल 2014 । बर्तमान समयमा भारतको महत्व पुर्ण स्थानहरुमा एउटा अमेठि मनिन्छ । यस शहरको इतिहासलाई हेर्ने हो भने यो क्त्माक्षे राजाले सासन गरेको अनि आज सम्म पनि राज परिवारको ठूलो योगदान रहेको स्थानीय जनता बताउछन । 
यस 16 औ लोकसभाले देशको प्रधान मंत्री कहाँ देखी औ को हुने त्यो निर्णय बुझने प्रयासमा अमेठीको सिराई खेमा गाँउका शिव प्रताप पाण्डेले चुनाउ त अहिले एउटा जनतालाई खेलाउने भएको बताउछन भन्दै तिनले उक्त क्षेत्रको लागी गान्धी परिवारको ठूलो देन रहेको बताउदै तिनले बर्तमान समयमा यस क्षेत्रमा बिकास भन्ने चिज एउटा नाममा मात्र सिमित रहेको बताए । 
तिनले पौराणीक इतिहासलाई दोहोर्‍याउदै काग्रेस पार्टीले यस क्षेत्रमा 1957 देखी 1971 सम्म सत्ता चलाएको थियो भने 1977मा जनता पार्टीको रवीन्द्र सिंहले सत्ता सम्हाले उक्त समय पछि 1980 मा संजय गांधीले पुन कार्यभार् सम्हाले पछि यस स्थानको भविष्य राम्रो हुन आरम्भ भएको मात्र थियो भने उनको अचानक मृत्यु पछि राजीव गांधीले 1981 देखी 1991 सम्म कार्यभार सम्हालेको बताउदै तिनले भने त्यस समयमा मात्र यस अमेठीको बिकास भएको थियो । तर अहिले भने सोनिया गांधी 1999 बिजय भएकी थिइन भने 2004 देखी 2009 सम्मा राहुल गांधीले सांसद भए पछि यस क्षेत्रमा बिकासको नामले बिराम पाएको छ जसको सट्टा स्थानीय जनता परिवर्तनको खोजमा जुटेको बताउदै तिनले परिवर्तन हुन आवस्यक भएको बताए । यसरीनै सहागड़ ब्लकका पेसामा डाक्टर रहेका धर्मेन्द्र सिहले भने कि यस क्षेत्रमा आजसम्म स्थानीय उम्मेद्द्वार नै लोकसभा उमेव्दारको रुपमा कुनै पनि राष्ट्रिय पार्टीबाट उठेको छैन् । जबसम्म यस क्षेत्रमा बाहिरबाट मात्र उमेव्दार दिने परम्परा हट्दैन तबसम्म जनताले आफ्नो बहुमुल्य भोट दिन उति रुचाउदैन। 
यस्तो किन भनि प्रश्न् गर्दा तिनले भने राहुल गांधी बिजय भए पश्चात दिल्ली जाइहाल्ने गर्छन तथा अहिलेका सबै जसो उमेव्दारहरु बाहिरवाट आएर अमेठीमा केवल आफ्नो भाग्य मात्र अजमाइ रहंछन भन्ने बताए । आम आदमी पार्टीको प्रसंगमा बोल्दै तिनले भने कि डाक्टर कुमार विश्व राम्रो नेता भएता पनि तिनका पार्टो कार्यकर्ताहरुको स्थानिय क्षेत्रमा कुनै अस्तित्व नरहेको कारणले आम आदमी पार्टीका नेतालाई सान्सद बनाउने चाह राखेका छैनन । यसरी नै जितेन्द्र कुमार निवासीले आफ्नो पक्षमा मतन्ब्य राख्दै भने कि यस क्षेत्रलाई गांधी परिवारले एउटा अलग्गै पहिचान दिएका छन जसको निम्ति स्थानिय जनातले राहुल गांधीलाई नै बिजय बनाउने सोच बनाएका छन । 
यसरी नै टिकराया गाँउको सामा देवी महिलासंग भएको बात चितमा तिनले बताइन कि यस क्षेत्रमा विकास भने जस्तो राम्रो भएको छैन जसको साथ –साथै नारी उत्थान केन्द्र लगायत उच्च स्तरिय नारी शिक्षा केन्द्र निर्माणको निम्ति सरकारले ठोस केही गरेको छैन त्यसैले नारी जातीहरुले पनि परिवर्तन मागेका छन । 
उसरीनै अमेठीको सराइखेमा, राम नगर, मुनसिगंज, बुसावा, साइगड़, रामगञ्ज, किटावा, जगदिसपूर, मुसाफिरखाना, राणी गञ्ज, सकुलबजार, जामो बल्क, तिलोही ब्लक महु, पश्चिम दुवारा, टिकारीया, लहारथा, खजुरी, सकरवा, मनिरामपूर, सौठा, संग्रम पूर ब्लक, कनु, मल्लुपूर, कसारा जरोटा लगायत धेरै क्षेत्रमा घुम्दै जादाँ धेरै मानिसहरुसंग कुरा कानि गर्दा यो लोक सभाको परिणाम के कस्तो हुने प्रश्नको उत्तरमा 40 प्रतिसत जनताहरुको मत काग्रेस पार्टीका उमेव्दार राहुल गांधीको पक्षमारहने संकेत मिलेको छ भने 25 प्रतिसत भाजपा उमेव्दारको पक्षमा पाइएको छ जसमा आम आदमी पार्टीको पक्षमा 20 प्रतिसत मानीसहरु रहेको भेट्टियो । 
अमेठीमा मोठ 34 उमेव्दारहरुले भाग्य अजमाइ रहेको जिल्लाअधिकारी जगत राज त्रिपाठीले बताए । महमद फिरोजले गौरीगञ्जको सकरवा गाँउ निवासी भाजपाको उमेव्दार स्मृति ईराऩीले भाजपालाई एउटा इमान्दारी नभएको पार्टी हो भन्ने बताउदै यस क्षेत्रमा कांग्रेस पार्टीले जे जति विकास गरेको छ त्यो अरु सबै पार्टीहरुले गर्न नसक्ने र जनताले अवस्यनै यसपाली पनि काग्रेसको सान्सद बनाएर राहुललाई नै पठाउने बताए।

0 Response to "अमेठिमा मिश्रित प्रतिक्रीया –जनताको रुचि राहुल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.