तृणमूल कङ्ग्रेसलाई समर्थन गर्ने तामाङ युथ संगठनमा फाटो जनताले निर्धक्क स्वतन्त्र रुपले मतधिकार प्रयोग गर्नुहोस – नोर्देन लामा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 अप्रेल। दार्जीलिङ लोकसभा समष्टिबाट चुनावी मैदानमा ओर्लिएका तृणमूल कङ्ग्रेस प्रार्थी भाईचुङ भोटीयालाई तामाङ युथ एसोसिएसनका सचिव संजय मोक्तानले मेला ग्राउण्डबाट समर्थनको घोषणा गरेको धेर दिन बित्न नपाई तामाङ युवा संगठनले बिरोध जनाएको छ।
संगठनका सचिव संजय मोक्तानले गत 10 अप्रेलको दिन यहाँक़ो मेला ग्राउण्डबाट तामाङ समुदायको हक अधिकारको निम्ति तृणमूल प्रार्थी भाईचुङ भोटीयालाई संगठनले समर्थन गर्ने घोषणा गरेका थिए। अघिबाटै विवाद सृजना भएको उक्त घोषणा बारे आज तामाङ युवा संगठन, कालेबुङ टाउन कमिटिले बिरोध जनाएको छ।
तामाङ युवा संगठन कालेबुङ टाउन समितिका सचिव नोर्देन लामाले अन्य प्रतिनिधीवर्गको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेर महासचिव संजय मोक्तानको घोषणा प्रति बिरोध गरे।
“तामाङ युवा संगठ्नका महासचिव संजय मोक्ताको घोषणा सांगठनिक घोषणा होईन। तृणमूल प्रार्थी भाईचुङ भोटीयालाई समर्थन गर्ने संगठनले प्रस्ताव पारित गरेको छैन। यो तिनको व्यक्तिगत बिचार हो। हामी संगठनको पक्षमा यसको बिरोध गर्दछौँ” नोर्देन लामाले भने।
चुनावमा जनताले आफ्नो मत अधिकार स्वेच्छाले प्रयोग गर्न पाउँने बताउँदै आफूहरुले संगठनको नाउँमा कसैलाई भोट हाल्नु भनि घोषणा नगर्ने स्पष्ट पार्दै जनताले आ आफ्नो ईच्छा अनुसार कुनै पनि प्रार्थीलाई स्वतन्त्ररुपले निर्धक्क मतदान गर्न सक्ने पनि बताएका छन।
“तामाङ युवा संगठन एउटा अराजनैतिक संगठन हो। हामी चुनाव सम्बन्धि मौन बस्ने निर्णय गरेका थियौँ। यसकारण हाम्रा मोठ 25 वटा संगठनका सदस्यहरुलाई आफ्नो आधिकार निर्धक्क प्रयोग गर्ने अपिल गर्दै अघिका घोषणाको भर्त्सना गर्दछौँ” तिनले अझ भने।
यसैक्रममा तामाङ डेभलभमेन्ट बोर्ड सेकेण्डरी रहेको बताउँदै जनताले यसबारे कुनै दोधारमा नपर्ने पनि तिनले अपिल गरे। एउटा अराजनैतिक संगठनले राजनैतिक पार्टीका प्रार्थीलाई सहयोग गर्न ठिक नहुने बताउँदै यसबारे संगठनमा कहिल्यै चर्चा नभएको पनि तिनले बताएका छन। उक्त घोषणा गर्ने संगठनका महासचिव संजय मोक्तानको व्यक्तिगत बिचार रहेको पनि तिनले स्पष्ट पारेका छन।
0 Response to "तृणमूल कङ्ग्रेसलाई समर्थन गर्ने तामाङ युथ संगठनमा फाटो जनताले निर्धक्क स्वतन्त्र रुपले मतधिकार प्रयोग गर्नुहोस – नोर्देन लामा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.