-->
भाजपा प्रार्थी अहलुवालीयाको प्रचारमा मोर्चाको चुनावी सभा

भाजपा प्रार्थी अहलुवालीयाको प्रचारमा मोर्चाको चुनावी सभा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 अप्रेल। यसवर्ष दार्जीलिङ पहाडमा लोकसभा चुनावलाई लिएर भाजपा प्रार्थी एस एस आहलुवालीया, तृणमूल प्रार्थी भाईचुङ भोटीया अनि निर्दलीय प्रार्थी डा महेन्द्र पी लामा माझ कडा टक्कर भईरहेको छ। 
त्रिकोणीय चुनावी लडाईमा कसले बिजय प्राप्त गर्ने हुन भन्ने प्रश्नको उत्तर भविष्यकै गर्वमा लुकेर बसे पनि सबै प्रार्थीहरुले आफ्नो बिजयको दाबी भने गर्दै आईरहेको छ। 
यसैक्रममा आगामी 17 अप्रेलको दिन सम्पन्न हुने लोकसभा चुनावको प्रचार अभियान आज समाप्त भयो। चुनाव प्रचारको आज अन्तिम दिन गोर्खा जनमुक्ति मोर्चाले यहाँको त्रिकोण पार्कमा चुनावी सभा आयोजना गरेर मोर्चा समर्थित भाजपा प्रार्थी एस एस आहलुवालीयालाई बिजय बनाउँने आह्वान गरे। 
भाजपा प्रार्थी एस एस आहलुवालीयाको समर्थनमा सम्पन्न भएको उक्त चुनावी जनसभामा बिभिन्न स्थानहरुबाट मोर्चा समर्थकहरुको उपस्थिति रहेको थियो भने यस अवसरमा जोडदार नाराबाजी समेत लगाईयो। 
गोजमुमो केन्द्रिय समिति सदस्य देशभक्त सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो केन्द्रिय समिति सदस्य सावन राई, डी के प्रधान आदिले तृणमूल कङ्ग्रेस अनि निर्दलीय प्रार्थी डा महेन्द्र पी लामाको जोडदार आलोचना गरे। मोर्चा नेताहरुले आफ्नो सम्बोधनको क्रममा अहिले घरी गोर्खाल्याण्ड दिने अनि गोर्खाल्याण्डको जोडदार बिरोध गर्ने दुईवटा राजनैतिक दलहरुको संघर्ष भईरहेको अवस्थामा जनताले गोर्खाल्याण्डको पक्षधर भाजपा प्रार्थीलाई बिजय बनाउँनु पर्ने आह्वान गर्दै निर्दलीय प्रार्थी डा महेन्द्र पी लामालाई पनि सहयोगको अपिल गर्न चुकेनन्।

0 Response to "भाजपा प्रार्थी अहलुवालीयाको प्रचारमा मोर्चाको चुनावी सभा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.