-->
सांसद जसवन्त सिहले सांसद कोष हिनामिना गरेको खुलासा

सांसद जसवन्त सिहले सांसद कोष हिनामिना गरेको खुलासा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 अप्रेल। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा दार्जीलिङ पहाडबाट रेकर्ड भोटले बिजयी बनेका सांसद जसवन्त सिहले सांसद कोष भ्रष्टचार गरेको भारतीय गोर्खा परिसंघले खुलासा गरेको छ। 
भागोप राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले एक पत्रकार सम्मेलन आयोजना गरेर सांसद जसवन्त सिहले आफ्नो पाँचवर्षे कार्यकालमा क्षेत्रको बिकासको निम्ति सरकारबाट प्राप्त सांसद कोष दार्जीलिङ पहाडमा प्रयोग नगरेर आफ्नो जन्मस्थान राजस्थानमा प्रयोग गरेको खुलासा गरे। 
“हामीले सांसद जसवन्त सिहको सांसद कोषको जानकारी सूचनाको अधिकार मार्फत मागेका थियौँ। सरकारबाट प्राप्त सूचनाको अधिकारले सांसद जसवन्त सिहले आफ्नो पाँचवर्षे कार्यकालमा सांसद कोष दार्जेलिङ लोकसभा समष्टिको निम्ति प्रयोग नगरेर राजस्थानमा प्रयोग गरेका छन। उक्त कार्य असंवैधानिक हो। कुनै पनि निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रको निम्ति मात्र सांसद कोष प्रयोग गर्न सक्छन। तर तिनले सांसद कोष मनमानी प्रयोग गरेको आरटीआईले खुलासा भएको छ” रेभरेण्ड् डा एनोसदास प्रधानले भने। 
आफूहरुले आरटीआईको माध्यमबाट सम्पूर्ण विवरण प्राप्त गरेको बताउँदै 2011-12 को सांसद कोष बाडमेर राजस्थानमा बास्केटबल ग्राउण्ड निर्माण अनि सार्बजनिक भवन निर्माणको निम्ति सांसद कोष पठाएको खुलासा गरे। 
उक्त सांसद कोष दार्जीलिङ जिल्लापालको मार्फत बाडमेर जिल्लापाललाई पठाउँने कार्य भईसकेको पनि तिनले स्पष्ट पारेका छन। 
यसैक्रममा तिनले यसपल्टको लोकसभा चुनावमा दार्जीलिङ पहाडका जनताले बाहिरबाट ल्याएका प्रार्थीहरुलाई बिजय गराए क्षेत्रको बिकासको निम्ति सरकारबाट प्राप्त हुने सांसद कोष समेत सम्बन्धित क्षेत्रका जनताले नपाउँने जसवन्त सिहले सांसदको कोष बाहिर पठाएको स्पष्ट भएको दाबी गरे। यसकारण पनि जनताले बाहिरका जनतालाई बिजय नगराउँने तिनले अपिल गरेका छन।

0 Response to "सांसद जसवन्त सिहले सांसद कोष हिनामिना गरेको खुलासा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.