
पहाडवासीले सकारात्मक् राजनीति गर्नपर्छ – डा हर्कबहादुर छेत्री
डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 मार्च 2014। “यसपल्ट केन्द्रमा भाजपाको सरकार बनिने धेरै सम्भावना छ। यदि सरकार गठन नभए अनि यता पहाडमा पनि भाजपा पराजित भए पहाडवासीले राज्य सरकारको कठोर प्रकोपको सामना गर्नुपर्ने हुनेछ। त्यस बेला कुनै राजनैतिक दल भन्दैन राज्यले” उक्त कुरा आज कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले भनेका हुन।
तिनले यहाँको गोजमुमो पार्टी कार्यलयमा पत्रकारहरुसंग कुराकानी गर्दै भारतीय जनता पार्टी स सानो राज्य गठनको पक्षमा रहेको कारण भाजपालाई मोर्चाले समर्थन गरेको स्पष्टिकरण दिदै यदि भाजपा प्रार्थी पराजय भए गोर्खाहरुलाई राज्य सरकारले प्रताडना दिन सक्ने संकेत दिए। भारतीय जनता पार्टी स सानो राज्य गठनको पक्षमा हुनको साथै भाजपाले राष्ट्रिय चुनाव घोषणा पत्रमा दार्जीलिङको समस्यालाई सहानुभूतीपूर्वक हेरीने भनि उल्लेख गर्ने पनि डा छेत्रीले बताएका छन।
“पहाडवासीले सकारात्मक राजनीति गर्नुपर्छ। बिगतका दिनहरुमा जसले सरकार गठन गर्यो त्यस दलका प्रार्थी हामीले चुनेर पठाउँन सकेनौ। यो हाम्रो निम्ति दुर्भाग्य हो। तर यसपल्ट गोर्खाल्याण्ड दिने सरकार केन्द्रमा बनिने छाँट हुँदा हामी पछि पर्न हुँदैन” तिनले अझ भने। आजसम्म पहाडवासीले गलत प्रार्थी चुनेर संसदमा पठाएकै कारण यहाँको समस्या समाधान हुन नसकेको पनि तिनले बताए। यस सिलसिलामा तिनले भाजपा सांसद जसवन्त सिहको पनि आलोचना गरे। जहिले पनि जसवन्त सिहको जयजयकार गर्ने डा छेत्रीले आज तिनको आलोचना गर्दै सांसद सिहले गोर्खाल्याण्डको मुद्दालाई अखिल्यै गम्भिरतापूर्वक नलिएको आरोप थोपे।
“हामी दिल्ली जाँदा तिनलाई झक्झकाउँदा मात्र अलिक तातिने गर्थे। वास्तवमा तिनले कहिल्यै गोर्खाहरुको समस्यालाई गम्भिरता पूर्वक लिएनन। यदि लिने हो भने भाजपामा राम्रो स्थान भएका संसदले तेलेंगना गठन हुँदा यसबारे चर्चा गर्न सक्ने थिए” डा छेत्रीले भने। अर्कोतर्फ भारतीय जनता पार्टीको राज्य शाखाले गोर्खाल्याण्डको बिरोध गरिरहेको सन्दर्भमा प्रश्न गर्दा राज्य भाजपालाई गोर्खाल्याण्डको बिरोध गर्नु आफ्नो राजनैतिक विवसता हो भनि प्रष्ट पारेका छन।
तिनले आगामी लोकसभालाई लिएर मोर्चाले भाजपाको केन्द्रीय नेतृत्वसंग बैठक गरी गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन सम्झौता गरेको बताउँदै यदि भाजपाको सरकार गठन हुन नसके अझ पनि गोर्खाहरुको निम्ति दुर्भाग्य नै हुने पनि तिनले बताएका छन।
यसको साथै डा छेत्रीले कुराकानीकै क्रममा लोकसभा चुनावबारे मौनता साँचेर बसेको गोरामुमो बारे प्रश्न गर्दा गोरामुमोले तृणमूललाई नै समर्थन गर्नसक्ने सम्भावना व्यक्त गरे।
“गोरामुमोकाहरु पहाड कसरी आए? तिनीहरुलाई कसले ल्याए? चुनाव पछि उनीहरुको सुरक्षा राज्य सरकारले गर्न सक्छ? यसकारण पनि गोरामुमोले तृणमूललाई समर्थन गर्न सक्छ” डा छेत्रीले भने।
0 Response to "पहाडवासीले सकारात्मक् राजनीति गर्नपर्छ – डा हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.