
उत्तरपूर्वाञ्चल क्षेत्रमा गोर्खाहरुको सुरक्षा सरकारले गर्नुपर्ने भागोपको माग
डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 मार्च। भारतको उत्तरपूर्वाञ्चल क्षेत्र कार्बी आङ्लाङमा गोर्खा समुदायहरु माथी भईरहेको अत्याचार बिरुद्ध भारतीय गोर्ख परिसंघले जोडदार बिरोध जनाएको छ। भागोप राष्ट्रिय प्रवक्ता आर मोक्तानले आज यहाँको भागोप कार्यलयमा गत 17 मार्चको दिन कार्बी आङ्लाङको खुकुरी गाउँमा भूमीगत संगठनहरुले गोर्खा समुदायका 9 परिवारको घरमा आगजनी गरेको जानकारी गराउँदै घटनाको तिब्र निन्दा गरे।
तिनले उक्त घटनाको सत्यता जाँच गर्न भागोपले हाईपावर कमिटि गठन गरेर उक्त रिपोर्ट आए पछि उत्तरपूर्वाञ्चलका भारप्राप्त केन्द्रिय मन्त्री, केन्द्रिय गृह मन्त्री अनि प्रधानमन्त्रीलाई भेट गरेर गोर्खाहरुको सुरक्षाको माग गर्ने बताए।
तिनले यसरी गोर्खाहरुलाई पूर्वाञ्चल क्षेत्रहरुमा बारम्बार उत्पिडन गर्ने गरेको बताउँदै सरकारले गोर्खाहरुको सुरक्षा सुनिश्चित गर्न पर्ने माग गरेका छन। यसका साथै तिनले उत्तरपूर्वाञ्चल क्षेत्रहरुमा गोर्खाहरुलाई डीभोटर (डाउडफूल भोटर) भनेर लेख्ने गरेको अनि यसबारे गुवाहडी उच्च न्यायलयले डी भोटरको लिस्टलाई खारेज गरेर गोर्खाहरुलाई भारतीय नागरिकले झै मतदानको सुबिधा दिने आदेश जारी गरेको जानकारी गराउँदै उच्च न्यायलयको आदेशलाई भागोपले स्वागत गरेको तिनले बताएका छन।
0 Response to "उत्तरपूर्वाञ्चल क्षेत्रमा गोर्खाहरुको सुरक्षा सरकारले गर्नुपर्ने भागोपको माग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.