-->
सुन ल्याउँने सपना देखाएर कोईला खानीतिर लाग्दा हुँदैन – डा महेन्द्र पी लामा

सुन ल्याउँने सपना देखाएर कोईला खानीतिर लाग्दा हुँदैन – डा महेन्द्र पी लामा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 मार्च। “हामीलाई आईफल खाने सपना देखाएर भलायोको खेती गर्‍यो। सुन निकाल्ने सपना देखाएर कोईला खानीमा पुर्‍यायो। आज न सुन पायौँ नत आईफल खान पायौँ” – उक्त कुरा दार्जीलिङ डुवर्स युनाईटेड डेभलपमेन्ट फाउण्डेसनका संस्थापक डा महेन्द्र पी लामाले भनेका हुन। तिनी बुधबार कालेबुङ शहरदेखी लगभग 80 किलोमिटर टाडोमा अवस्थित समथार क्षेत्रमा लोकसभा चुनावको प्रचार गर्न पुगेका थिए। यस अवसरमा तिनले चुनावी जनसभालाई सम्बोधन गर्दै बङगाल सरकारको तिब्र आलोचना गरे पनि गोजमुमो पार्टीको नाउँ नलिई नेताहरुको तिखो आलोचना गरे।
“बिरोलोले शिकार गर्दा मात्र आफ्नो नङग्रा बाहिर निकाल्छ। हाम्राहरुले मरेको शिकार गर्दा पनि नङ्ग्रा निकाल्यो। गाली गर्दा पनि नङ्ग्रा निकाल्यो। जब शिकारको निम्ति नङ्ग्रा निकाल्नुपर्थ्यो त्यतिबेला आफ्नो नङ भुत्ते भएको थियो। अहिले बङगाल सरकारलाई कुतकुत्ति मात्र लाग्दैछ” डा लामाले मोर्चा नेताहरुको नाउँ नलिई कटाक्ष गर्दै भने। तिनले आफ्नो सम्बोधनमा अहिलेसम्म छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई नेतृत्वले सही ठाउँमा नपुर्‍याएकै कारण छुट्टै राज्य बन्न नसकेको दाबी गर्दै अन्य राज्य गठनको निम्ति त्यस क्षेत्रका नेताहरुले हजारौँ पल्ट छुट्टै राज्यको मागलाई संसदमा उठाएको जानकारी गराए।
तिनले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति दार्जीलिङ डुवर्स युनाईटेड डेभलपमेन्ट अघि आएको बताउँदै अब छुट्टै राज्य संगै यहाँको शैक्षिक बिकास गर्ने बताएका छन। तिनले आफू संसद बनेको खण्डमा छुट्टै राज्यको मुद्दामा संसदमा उठाउँने स्पष्ट अडान राख्दै अहिलेसम्म यहाँका नेताहरुले माछा माछ भनेर भ्यागुता होईन चेपेकाँडा ल्याएको बताए। अहिलेघरी आगामी लोकसभा चुनावमा दार्जीलिङ पहाडबाट निर्दलीय प्रार्थीका रुपमा चुनावी मैदानमा ओर्लिएका दार्जीलिङ डुवर्स युनाईटेड डेभलपमेन्ट फाउण्डेसनका संस्थापक डा महेन्द्र पी लामाले चुनाव प्रचारलाई तिब्र गतीमा अघि बडाईरहेका छन।
यसैक्रममा बुधबार डा महेन्द्र पी लामाले कालेबुङ शहरदेखी लगभग 80 किलोमिटर टाडो स्थानमा चुनावी प्रचार गर्न पुगेका थिए। दार्जीलिङ डुवर्स युनाईटेड डेभलपमेन्ट फाउण्डेसनको आयोजनामा सम्पन्न भएको उक्त चुनावी जनसभामा क्षेत्रका मानिसहरुको उत्साहजनक भिड रहेको थियो। क्षेत्रका वयोबृद्ध बिरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा भागोप राष्ट्रिय प्रवक्ता आर मोक्तान, अभागोली महासचिव प्रताप खाती, डा जी एस योञ्जन, गोरानिमो अध्यक्ष दावा पाख्रिन आदिको बिशेष उपस्थिति रहेको थियो। चुनाव मितिको घोषणा अघिदेखीनै प्रचारमा हिडेका डा लामाले बुधबार समथार हाट बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अहिलेसम्म चुनेर गएका नेताहरुले छुट्टै राज्यको मुद्दालाई सही ठाउँमा नउठाएको दाबी गर्दै आफूले छुट्टै राज्यको मुद्दालाई सही ठाउँमा उठाउँने बताएका छन।
डा लामाको उक्त जनसभामा युवा जमातको उपस्थिति खुबै उत्साहजनक रहेको देखियो। बिहानैदेखी डा लामाको भाषण सुन्न भेला भएका जनताले डा लामाको आगमणसंगै जोडदार स्वागत गरेका थिए। यसक्रममा तिनले आफ्नो सम्बोधनमा छुट्टै राज्य गोर्खाल्याण्डकै मुद्दालाई केन्द्रमा राखेका थिए भने पहाडको सर्वाङ्गिन बिकाशको कुरा पनि दोहोर्‍याए। छुट्टै राज्यको मुद्दा संग संगै तिनले पहाडमा शिक्षाको बिकासमा जोड दिदै शिक्षाको बिकास भए मात्र छुट्टै राज्य सञ्चालनमा सुबिधा हुने अझ बताएका छन। आजसम्म पहाडका जनताले गलत नेतृत्वलाई चुनेर पठाएकै कारण जनताले सही निकास पाउँन नसकेको दाबी गरे।

Related Posts

0 Response to "सुन ल्याउँने सपना देखाएर कोईला खानीतिर लाग्दा हुँदैन – डा महेन्द्र पी लामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.