-->
शाखा सचिवालय उतर कन्याको उद्घाटन सम्पन्न

शाखा सचिवालय उतर कन्याको उद्घाटन सम्पन्न


राजेश शर्मा, कालिमन्युज, सिलगुड़ी 20 जनवरी । भारत स्वाधीन भएको 66 वर्षसम्म पनि पश्चिम बंगाल राज्यको उत्तर बंगाल क्षेत्रमा ठोसै विकाश नभएकोले यो पछौटे भएको थियो तर तृणमुल सरकार सत्तामा आएको 32 महिना भित्रमानै उत्तर बंगालका जनताको हितमा उनिहरुको सपना पुरा गर्न पश्चिम बंगाल सरकार सफल भएको छ। 
सिलगडीको कामराङ्गडीमा राज्यको शाखा सचिवालय उत्तर कन्या को उद्घाटन गर्दै मुख्य मंत्री सुश्री ममता बेनर्जीले आज आफ्नो सम्भाषणमा उक्त कुरो बताइन। उत्तर बंगाल क्षेत्रको विकाश र अन्य सुविधाको निम्ति नव निर्मित् राज्य शाखा सचिवालयको उद्घाट्नलाई एक ऐतिहासीक दिन मान्दै यस दिनलाई भावी पिड़ीले सधै याद गर्नेछन मुख्य मंत्रीले अझै थपिन। यस क्षेत्रको केही काम गर्नको निम्ती पनि कलकत्ताबाट स्वीकृति लिन जान पर्ने र त्यसमा समय लाग्ने हुनाले काममा शिथिलता आउने गर्थ्यो । तर अब 6 वटा जिल्लाको निम्ति हिल अफेयर्स लगायत 18 वटा बिभाग यस शाखा सचिवालय उत्तर कन्यामा हुने हुनाले उत्तर बंगालका जनताको भाग्योदय हुने भएकोछ जसमा एक एडिसनल सचिव मुख्य कार्यवाहकको रुपमा नियुक्त गरिनेछन तिनले अझै बताइन। 
पहाड़को बिकासको निम्ति पनि यहाबाट काम हुने तिनले अझै बताइन । तिनले सम्बोधनको क्रममा बताइन कि गरीब जनताको विकाश र भलाइको निम्ति नै यो सचिवलय निर्माण गरिएको हो। यसै अवसरमा आमबारी फालाकटा क्षेत्रमा साना कारखाना,अलिपुरद्वार् जिल्ला गठन अनि आलिपूरव्दारमा 5000 हजार आट्ने इण्डोर् स्टेडियम निर्माणको शिलान्यास रिमोट कंट्रोल मार्फत गरिन ।
उत्तर बंगाल कलेजमा कोचबिहारको निम्ति एक भवन निर्माण, फुलबारीमा एक ग्लास हाउस निर्माण अनि हासीमारामा एस सि एंव एसटी की कार्यलय बनिने ब्यानर्जीले घोषणा गरिन । पहाड्का विध्यार्थीहरुको निम्ति बस्ने सिलगडीमा पहाडी भवन निमार्ण गरिने, दार्जीलिङ्मा सुपर स्पेसियलिटी अस्पताल, विश्वविध्यालय, आदि निर्माण गरिने पनि तिनले घोषणा गरिन ।
सम्भाषणकै क्रममा तिनले के एल ओ स़ंगठनलाई होसियार गराउदै बताइन कि मानिसको ह्त्या गरेर उनीहरुलाई केही लाभा हुनेछैन। लोकतंत्रमा संविधानको कदर गर्दै अघि बड्नु पर्छ बम पड्काएर उनिहरुले हासिल गर्न सक्नेछैनन। यस्ता विध्वंशकारी काममा जनताले समर्थन जनाउनु या अनदेखा नगर्नु पर्ने तिनले अपिल गरिन । 
राज्य सरकारका सचिव संजय मित्रले पनि शाखा सचिवालय उत्तर कन्याको निर्माणले उत्तर बंगालका जनतालाई धेरै मदत पुग्ने र सरकारी सह्योग पूर्ण रुपमा मिल्ने आस्वासन दिए । 
आजको कर्यक्रममा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रसासनका डेपुटि चिफ कर्नेल रमेस आलेले पनि मुख्य मंत्री ममता ब्यानर्जीको नितिको सराहना गर्दै तिनको पहाड़ आगमणमा स्वागत जनाए। जीटीएका प्रतिनिधीको रुपमा सभासद् रोसन गिरि, श्रीमती प्रभा क्षेत्री एंव काजीम भूटीया, स्पिकर प्रदिप प्रधान, विधायक डाक्टर हर्क बहादुर क्षेत्री, रोहीत शर्मा,त्रिलोक देवान कर्यक्रममा उपस्थित थिए। डुवर्सबाट् विधायक विल्सन चम्प्रमारी, सौरभ चक्रबती, हितेन बर्मण आदिको उपस्थिति थियो । 
 यसै दिन मुख्य मंत्रीले कंचनजंगा स्टेडियममा उत्तर बंग उत्सवको पनि उद्घाटन गरिन जहा लेखक कृष्ण सिह् मोक्तानलाई बंगरत्न पुरस्कारले सम्मानित गरियो।

Related Posts

0 Response to "शाखा सचिवालय उतर कन्याको उद्घाटन सम्पन्न"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.