-->
किराँती खम्बु राईहरुको क्रमिक अनशन चौथो दिनमा.. मुख्यमंत्रीद्वारा सहयोगको प्रतिश्रुति

किराँती खम्बु राईहरुको क्रमिक अनशन चौथो दिनमा.. मुख्यमंत्रीद्वारा सहयोगको प्रतिश्रुति

कालिमन्युज, कालेबुङ 21 जनवरी 2013। किराँती खम्बु राईहरुलाई सरकारले जनजातिको मान्यता दिनुपर्ने मागमा शुरु गरेको क्रमिक अनशन आज चौथो दिन पनि जारी रह्यो।
‘खम्बु राई राईट्स मूभमेन्ट’को आयोजनामा सम्पन्न भएको उक्त क्रमिक अनशनको चौथो दिन टिस्टाका किराँती खम्बु युवाहरुले भाग लिएका छन।
उक्त क्रमिक अनशनमा आज क्रमैले धनकुमार खम्बु, धिरेन खम्बु, अर्पण खम्बु, धनबहादुर खम्बु, रबिन खम्बु, शेखर खम्बु, मनबहादुर खम्बु अनि बिनोद कुमार खम्बुले भाग लिएका छन। किराँती राईहरु खाँटी जनजाति भए पनि सरकारले अझसम्म मान्यता नदिएको बताउँदै खम्बुहरुले यसपल्ट सरकारलाई जनजातिको मान्यता नदिए आफूहरु यसरी सडकमा अधिकारको निम्ति लडीरहने खम्बु राई राईट्स मूभमेन्टले बताएको छ। खम्बुहरु प्रतिदिन धेरभन्दा धेर संख्यामा विभिन्न स्थानहरुबाट अनशन स्थलमा आइ आफ्नो समर्थन र एकता जनाइरहेको र अनशनमा शामेल हुन युवाहरुमा होड चलिरहेको पनि अनशन आयोजकहरुबाट थाहा लागेकोछ। 

अर्कोतिर गैर खम्बुहरुले पनि व्यक्तिगत र जातिगत संस्थाहरुलाई प्रतिनीधित्व गर्दै खम्बुहरुको माग एकदमै न्यायोचित रहेको बताउदै समर्थन जनाइरहेका छन। "गोर्खा जाति विभिन्न जातका फूलहरुको बघैचा हुनाले जति सबै फूल फूल्दछन त्यतिनै बघैचाको सुन्दरता बड्नेछ भन्ने हामी ठान्छौ" एक गैर खम्बुले आफ्नो समर्थन जनाउदै यसरी बताए। अर्को एक गैर खम्बुले पनि बताए "गोर्खाहरुमा भएका विभिन्न जातिहरुको बेग्ला बेग्लै भाषा, संस्कृति र संस्कार नभएको भए गोर्खा जाति यति धनि हुनेनै थिएन यसैले जसरी भारत देश विभिन्न जातिहरुको समिश्रणले भाषा, संगीत, संस्कृति र रितिथितिमा धनि भएकोछ उसरीनै गोर्खा पनि धनि छ"। तिनले अझै बताए कि "यी जातिहरुको भाषा, संस्कृति, संस्कारहरुको संरक्षण नै गोर्खा जातिको संरक्षण हो। जाति टुक्रिंछ भन्ने विचार संकुचित र आफु असुरक्षित ठान्ने क्म्प्लेक्स हो"। 
यता खम्बुहरुरुले शुरु गरेको उक्त क्रमिक अनशनमा दैनिक बिभिन्न स्थानहरुबाट किराँती खम्बुहरु भेला हुने कार्य जारी रहेको छ। किराँती खम्बुहरुले जारी राखेको क्रमिक अनशनको आज चौथो दिन हिल त्रिणमूल काङ्ग्रेसका जिल्ला युवा अध्यक्ष छेवाङ भोटियाको नेतृत्वमा एक टोलीले अनशनकारीहरुलाई भेट गरेर माल्यार्पण लगाएर अनशनकारीहरुलाई शुभकामना चडाए। यसक्रममा यता अनशनकारीहरुको मनोबल बृद्धि गर्न अनि जनजातिको मागमा शुरु गरेको अनशनलाई साथ दिन आज अखिल किराँती राई सिक्किम संस्था सिङ्ताम सिक्किमका अध्यक्ष सुन्दर कुमार खम्बु आएका थिए। तिनले अनशनकारीहरुलाई खदा लगाएर जनजातिको मागमा आफूहरु पनि साथ रहेको बताएका छन।

यसैबीच आज किराँती खम्बु राई सास्कृतिक संस्थान र खम्बु राई राईट्स मूभमेंन्टको एक टोलीले राज्यका मुख्य मंत्री ममता ब्यानर्जीलाई मिरीकमा भेटेर ज्ञापन ट्क्राए । खम्बु राईहरु जनजाती भएको राज्य सरकारले मान्यता र सिफारीश गरेता पनि केन्द्र सरकारले सो दर्जा अझसम्म नदिएको जनाउदै सो शिघ्र दिनु पर्ने माग प्रतिनिधि टोलीले राखे। मुख्य मंत्रीले जनजातिको दर्जा माग बारेमा राज्य सरकारको दृष्टिकोण सकारात्मक रहेको बताइन भने यसलाई अघि बडाउनु पर्ने सम्बन्धमा थप आवश्यक सहयोग गर्ने प्रतिश्रुति दिइन।
(फोटो: उदय कुलुङ राई)

Related Posts

0 Response to "किराँती खम्बु राईहरुको क्रमिक अनशन चौथो दिनमा.. मुख्यमंत्रीद्वारा सहयोगको प्रतिश्रुति"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.