-->
सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा बोकेर गोर्खा राष्ट्रिय काङ्ग्रेस चुनावी मैदानमा दार्जीलिङ डुवर्स बङ्गालको भूभाग होईन – निमा लामा

सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा बोकेर गोर्खा राष्ट्रिय काङ्ग्रेस चुनावी मैदानमा दार्जीलिङ डुवर्स बङ्गालको भूभाग होईन – निमा लामा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 जनवरी 2014। एकातिर दिन दिनै दार्जीलिङ पहाडमा चिसो मौसम बडीरहेको छ भने अर्कोतर्फ चुनावी राजनैतिक हावा भने तातिन्दै गईरहेको छ। प्रत्येक चुनावहरुमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई प्रमुख हतियार बनाएर राजनैतिक मैदानमा ओर्लिने राजनैतिक दलहरुले चुनाव जितेपछि मुद्दालाई बिर्सेर पाँचवर्ष मौन बस्ने गरेको घटनाले दिक्क भएका दार्जीलिङ पहाडका जनताले यसपल्ट कसलाई साथ दिने हुन भन्ने कौतुहलता पनि दिन दिनै बडदै गईरहेको छ। 
यस्तो अवस्थामा अघिबाटै डा महेन्द्र पी लामाले छुट्टै राज्यको मुद्दालाई पार लगाउन निर्दलीय प्रार्थीका रुपमा चुनाव लडने घोषणा गरिसकेका छन भने गोर्खा राष्ट्रिय काङ्ग्रेसले पनि चुनाव लडने घोषणा गरेको छ। सिक्किम दार्जीलिङ एकीकरणको मुद्दालाई मूल मूद्दा बनाएको गोर्खा राष्ट्रिय काङ्ग्रेसले यसपल्ट 14औ लोकसभा चुनाव दार्जीलिङ लोकसभा समष्टिबाट लड्ने भएको छ। गोर्खा राष्ट्रिय काङ्ग्रेसले यसपल्ट पार्टीका अध्यक्ष निमा लामालाई नै पार्टीको लोकसभा प्रार्थी बनाएको छ। 
अगावै दार्जीलिङ लोकसभा समष्टिबाट चुनाव लड्ने घोषणा गरिसकेको गोर्खा राष्ट्रिय काङ्ग्रेसका नेताहरु आज कालेबुङ आएर पुन: चुनाव लड्ने अडान दोहोर्‍याएका छन। यहाँको एक होटलमा आयोजित पत्रकार सम्मेलन डाकेर गोरांक महासचिव अमर लक्समले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा लिएर दिल्लीका नेताहरु चर्चा गर्न नचाहेको कारण बङ्गालबाट छुट्टिनु एकमात्र सिक्किम दार्जीलिङ एकिकरण सम्भव रहेको दाबी गरे। 
गोर्खा राष्ट्रिय काङ्ग्रेसका नेताहरुले दिल्लीमा केन्द्रिय नेताहरुसंग भेटघाट गरेर सिक्किम दार्जीलिङ एकिकरणको मुद्दालाई अघि बडाउँदा केन्द्रका नेताहरुले सकारात्मक संकेत दिनुको साथै आफुहरुले जनमत देखाए सहयोग गर्ने बताएकै कारण आखिरमा जनमत संग्रहको निम्ति लोकसभा चुनाव लड्ने पार्टीले निर्णय गरेको स्पष्ट पारेका छन। आफुहरुले पार्टीको स्थापनाकाल देखि अहिलेसम्म कुनै पनि चुनावहरुमा भाग नलिएको बताउँदै यसपल्ट भने चुनाव पहिलोपल्ट लडीरहेको स्पष्टीकरण दिएका छन। 
“हामी यदि राज्य स्तरीय चुनाव लड्छौँ भने सिक्किम राज्यमा चुनाव लड्नेछौँ तर बङ्गाल सरकार अधिनस्थका कुनै पनि चुनावहरु लडदैनौँ। यसपल्ट भने हामी सिक्किम दार्जीलिङलाई एक बनाउँनु अनि दार्जीलिङ डुवर्सका भूभागलाई बङ्गालबाट छुट्टाउँन लोकसभाको चुनाव लड्ने निर्णय गरेका हौँ” अमर लक्समले भने। 
यसक्रममा पार्टीका अध्यक्ष निमा लामाले पनि बङ्गालबाट छुट्टिने एकमात्र सिक्किम दार्जीलिङ सहज उपाय रहेको बताउँदै यसपल्ट जनताले यस मुद्दालाई सहयोग गर्दै बङ्गालबाट छुट्टिने कार्य गर्नुपर्ने आह्वान गरेका छन। यसक्रममा अध्यक्ष निमा लामाले दार्जीलिङ डुवर्स सिक्किम राज्यबाट गुमेको भूभाग रहेको दाबी गर्दै सिक्किम सरकारले गुमेको भूभागलाई फिर्ता गर्नुपर्ने बताए। सिक्किम एउटा छुट्टै स्वायत्त देशबाट भारतको 22औँ राज्य बनिए पनि सिक्किमबाट गुमेको भूभागलाई भने बङ्गालले आफ्नो अधिनस्थ जब्बरजस्ति राख्ने कार्य गरिरहेको तिनले आरोप लगाएका छन। केन्द्र सरकार सिक्किम दार्जीलिङ एकीकरणको मुद्दाप्रति साकारात्म रहेको बताउँदै यसको निम्ति जनमत संग्रह गर्नु आवश्यक्ता रहेको कारण जनताको अघि एकिकरणको मुद्दा बोकेर चुनावी मैदानमा ओर्लिएको बताए।
यता पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रिय समिति सदस्य प्रोमोस्का ब्लोनले बङ्गाल राज्यको माध्यमबाट छुट्टै राज्यको समस्या समाधान सम्भव नरहेको बताउँदै अब बङ्गालको कहिल्यै नभएको भूभागलाई सिक्किममा फिर्ता गरेर छुट्टै राज्यको सयवर्षे मागलाई सफल पार्न सकिने तिनले दाबी गरेका छन। अर्कोतर्फ तिनले दार्जीलिङ डुवर्स बङ्गाल सरकारको होईन भन्ने सरकारले जारी गरेको श्वेत पत्रले अझ स्पष्ट परेको बताउँदै उक्त सरकारले जारी गरेको श्वेत पत्रले दार्जीलिङ सिक्किम एकिकरणको मुद्दालाई अझ बल पुग्ने बताएका छन। बङ्गालबाट छुट्टिने एकमात्र सहज उपाय सिक्किम दार्जीलिङ एकिकरण रहेकै कारण गोर्खा राष्ट्रिय काङ्ग्रेसले जनआधार देखाउँन यसपल्ट लोकसभा चुनाव लड्ने निर्णय रहेको तिनले बताए।
यसरी गोर्खा राष्ट्रिय काङ्ग्रेसले दार्जीलिङ लोकसभा समष्टिबाट चुनाव लड्ने बताउँदै पार्टीको उम्मेद्वार घोषणा गरेपछि दार्जीलिङ लोकसभा समष्टिबाट चुनाव लड्ने प्रार्थीहरु दुईजना पुगेको छ। यसभन्दा अघि नै दार्जीलिङ पहाडबाट निर्दलीय प्राथीको रुपमा चुनाव लड्ने डा महेन्द्र पी लामाले घोषणा गरिसकेका छन भने अन्य राजनैतिक दलहरुले भने लोकसभा चुनावको निम्ति अहिलेनै प्रार्थीहरुको घोषणा गरेको छैन। यद्यपी दार्जीलिङ लोकसभा समष्टिको एकमात्र आसनलाई हत्याउन अन्य राजनैतिक दलहरुले पनि उत्तिकै गिद्दे नगर गाडेको छ। यसक्रममा दार्जीलिङ पहाडको शाषक दल गोजमुमो पार्टीले यस आसनलाई नगुमाउन चुनावी कसरत बिस्तारै गरिरहेको छ भने तृणमूल काङ्ग्रेसले पनि यस आसनलाई हत्याउन गोप्य पहल गरिरहेको छ।

0 Response to "सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा बोकेर गोर्खा राष्ट्रिय काङ्ग्रेस चुनावी मैदानमा दार्जीलिङ डुवर्स बङ्गालको भूभाग होईन – निमा लामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.