-->
मुम्बईमा  ऐतिहासिक गोर्खा मेला आजदेखि

मुम्बईमा ऐतिहासिक गोर्खा मेला आजदेखि

प्रे वि, कालिमन्युज, मुम्बई,10 जनवरी । नेपाली भाषी गोर्खा समुदायको वैचारिक अभियानलाई एउटा अनौपचारिक औपचारिकता मुक्त मंच प्रदान गर्ने उद्देश्यले भारतको सिक्किम राज्यको गान्तोकबाट अस्सीको दशकमा शुरू भएको बसिबियाँलोले कालेबुङको यात्रा गर्दै 125 महिना पुरा गरिसकेको छ। सिक्किमका विभिन्न ठाउँ, दार्जीलिङको सन्दकफू, खरसाङ लगायत सिक्किम र दार्जीलिङको सिमाना तथा टिस्टा-रंगीतको संगमस्थल त्रिवेणी ,नाम्चीको चारधामदेखि यात्रा गर्दै 125औं प्रकरणको रूपमा देशको आर्थिक राजधानी मुम्बई पुगेको छ।
बसिबियाँलोको यस पञ्च रजत प्रकरणको अवसरमा यसपल्ट मुम्बईको ठाणे स्थित त्रिवेदी मिरा रोडको त्रिवेदी भवनमा गोर्खा मेलाको रूपमा आयोजन गरिएको छ जसको उदघाटन भोलि 11 जनवरीको दिन मुम्बई महानगरपालिकाका पूर्व महापौर (मेयर)नरेन्द्र मेहताको बाहुलीबाट हुनेछ। 
दुइ चरणमा सम्पन्न हुने पहिलो दिनको कार्यक्रमको दोस्रो सत्रमा कर्णाटक केन्द्रिय विश्वविद्यालयका अंग्रेजी विभागका प्रमुख डॉ. एसडी सोभाना मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। पहिलो चरणको कार्यक्रममा गोर्खा समुदायको परम्परागत खाद्य, पोषाक, साँस्कृति, कला, कौशलसित सम्बन्धित सामाग्री तथा साहित्यका पुस्तकहरू प्रदर्शन हुनेछ। 
यसैदिन चारवटा नेपाली र अंग्रेजी पुस्तकको लोकार्पण हुनेछ जसमा नाट्यभुषण सीके श्रेष्ठद्वारा लिखित अंग्रेजी पुस्तक गोर्खा क्वेष्ट फर इण्डियन आइडेन्टिटी एवं हिन्दी सिडी गोर्खाल्याण्ड दिशा और दशा, डॉ कविता लामाकृत भारतीय नेपाली बाल साहित्यमा नारी हस्ताक्षर्, शान्ति सहाराको बाल साहित्य अजम्बरी अनि पत्रकार तथा कालेबुङको क्लुनी विमेन्स कलेजका सहायक व्याख्याता सुबास श्रेष्ठको गजल संग्रह रानी चरीको विमोचन हुनेछ। 
यसका साथै बसिबियाँलो परिवारको गोर्खा मेलामा मेलाको घरपटित्व गर्ने मुम्बईका नेपाली भाषी महिलाहरूको संगठन सुनाखरी नेपाली महिला समाजका कलाकारहरूले नेपाली लोक नृत्य एंव सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। दोस्रो दिनको कार्यक्रममा पहिलो सत्रमा गोर्खा मेलाको स्टल प्रदर्शनी रजसमा मुम्बईका बरिष्ठ व्यक्तित्वहरू सीके छेत्री, संगीतकार रंजित गजमेर महाराष्ट्रका पूर्व अतिरिक्त पुलिस आयुक्त ललित दुतराज (आइपीएस), उद्योगपति रमेश खाती, भारतीय भारत पेट्रेलियम लिमिटेडका निर्देशक भरत दर्नाल, भारतीय जीवन विमा निगमका वरिष्ठ अधिकारी सीबी छेत्री, शंकर जोशी, सदीप तामाङ लगायत विभिन्न वरिष्ठ व्यक्ति, पहाडबाट आएका फिल्मी कलाकार, गायक गायिका एंव साहित्यकारहरूको उपस्थिति रहनेछ। 
दोस्रो दिनको कार्यक्रममा साहित्य, संगीत र कलाको प्रस्तुती हुनेछ। जसमा सिक्किमका युवा गायक आलोक छेत्री, कालेबुङका युवा गायक सञ्जु गजमेरले आधुनिक नेपाली संगीत प्रस्तुत गर्नेछन्। यसका साथै लोक कार्यक्रममा संगीनी नृत्य, मुनामदन गीति नाटक समेत मराठी, हिन्दी, नेपाली, बंगाली, गुजराती, पंजाबी, बंगला आदि भाषाका कवि साहित्यकारहरूले आफ्नो रचनापाठ गर्नेछन् भने उपरोक्त भाषाका कलाकारहरूले आ-आफ्नो भाषाको गीत संगीत प्रस्तुत गर्नेछन्। 
कार्यक्रमको अन्तिम तयारीमा जुटेका बसिबियाँलो परिवारका सदस्यहरूले आज कार्यक्रमको पूर्व संध्यामा यसबारे चुडान्त बैठक गरे। कार्यक्रमलाई सफल बनाउने मुम्बईका गोर्खे सन्तानहरूले दिएको योगदान सहयोगप्रति आभार प्रकट गरेको बसिबियाँलो मुम्बई कार्यक्रमका प्रचार प्रसार प्रभारी सुदेश खातिले बताएका छऩ्। यसका साथै मुम्बईमा बसोबासो गर्ने गोर्खालीहरूको विभिन्न संघ-संस्थाहरूसित पनि चिनापर्ची र आपसी सम्बन्ध विकासको निम्ति बसिबियाँलोका टोलीलो सम्पर्क गरिरहेको बताएका छऩ्। 
यस कार्यक्रम आयोजनामा प्रत्यक्ष रूपमा मुम्बईको सुनाखरी नेपाली महिला समाजले अंश ग्रहण गरेका छन् भने मुम्बईबाट प्रकाशित हुने दुइवटा नेपाली दैनिक पत्रिका नेपाल दर्पण र नेपाल न्युजले प्रचार प्रसारमा सहयोग गरिरहेका छन्। 
यस कार्यक्रममा सिलगढीबाट प्रकाशित हुने राष्ट्रीय नेपाली दैनिक हिमालय दर्पणका वरिष्ठ पत्रकार रूद्र कार्की, सिक्किमबाट पत्रकार प्रवीण खालिङ, हाम्रो प्रजाशक्तिका कालेबुङ प्रतिनिधि अरूण कुमार रसाइली, कालेबुङ टीभीका पत्रकार सुबास श्रेष्ठ समेतले कार्यक्रममा अंशग्रहण गरिरहेको प्रचार प्रसार प्रमुख खातिले बताए।

0 Response to "मुम्बईमा ऐतिहासिक गोर्खा मेला आजदेखि"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.