
एनएचपीसीले सृजना भएको समस्या समधान गर्ने बहानामा नेताहरुको व्यक्तिगत स्वार्थ पुरा गर्दैछ – क्रामाकपा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 दिसम्बर 2013। टिस्टा नदीमा निर्माणाधिन टिस्टा जलबिद्युत परियोजनाले पार्ने प्रभावबारे बारम्बार आवाज उठ्ने गरे पनि उक्त मुद्दाहरु बिस्तारै सेलाएर जाने गरेको छ। एनएचपीसी अनि क्षेत्रिय राजनैतिक अनि स्थानीय प्रसाशनको पहलमा क्षेत्रको समस्या कहिले उठ्ने गरेको छ त कहिले सेलाउने घटनाहरु भईरहेकै छ।
यद्यपी क्षेत्रवासीको समस्या भने अध्यावधी छ जुन समस्याहरुको स्थायी समाधान आजसम्म हुनसकेको छैन। आज यसै समस्याहरु बारे क्रामाकपा पार्टीका कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधान संग जान्न खोज्दा तिनले एनएचपीसीको समस्याबारे सबैभन्दा धेर आवाज क्रामाकपा पार्टीले उठाएको बताए। यस सन्दर्भमा तिनले क्षेत्रवासीलाई एनएचपीसीले पुर्याईरहेको समस्याको समाधान गर्ने मूक दायित्व सत्तासिन पार्टी गोजमुमोको रहेको बिचार प्रकट गरे।
“टिस्टा जलबिद्युत परियोजनाले पुर्याएको क्षति अनि क्षेत्रवासीको समस्याबारे क्रामाकपाले बारम्बार आवाज उठाएको हो। हामीले समस्या समाधानको निम्ति प्रशासनलाई अनेकौ ज्ञापन पत्रहरु सुम्पिएकाहौ। तर एनएचपीसीले यसलाई कुनै महत्व दिएको छैन जसको कारण क्षेत्रवासीको समस्या समाधान हुन सकिरहेको छैन” किशोर प्रधानले भने।
क्रामाकपालाई एनएचपीसीले बिपक्षी पार्टीको रुपमा हेरेको कारण नै समस्या समाधानको निम्ति कुनै सकारात्मक पहल नगरेको आरोप लगाउँदै उक्त समस्याहरु समाधानको निम्ति सत्तासिन दल गोजमुमोले पाइला चाल्नु र पहल गर्नुपर्ने तिनले बताए।
“समस्या समाधानको निम्ति एनएचपीसी र सभासदहरु बैठक गर्छन तर क्षेत्रिय समस्याले ग्रस्त पिडीतहरुलाई भने बैठकमा सहभागी गराउँदैनन। जसको कारण उनीहरुले पिडीतहरुको समस्या समाधानको साटो ठेकेदारहरुलाई काम बाड्नुमात्र भएको छ” क्रामाकपा नेता किशोर प्रधानले भने।
“समस्या समाधानको निम्ति एनएचपीसी र सभासदहरु बैठक गर्छन तर क्षेत्रिय समस्याले ग्रस्त पिडीतहरुलाई भने बैठकमा सहभागी गराउँदैनन। जसको कारण उनीहरुले पिडीतहरुको समस्या समाधानको साटो ठेकेदारहरुलाई काम बाड्नुमात्र भएको छ” क्रामाकपा नेता किशोर प्रधानले भने।
अहिलेघरी एनएचपीसीले सृजना गरेको समस्या केवल राजनैतिक पार्टीहरुले कमाई खाने मुद्दा बनाएको तिनले आरोप लगाउँदै अहिले तृणमूल कङ्ग्रेसमा पसेका नेताहरुले बिगतका दिनहरुमा गोजमुमो भित्र हुँदा केवल ठेकेदारी गरेर व्यक्तिगत स्वार्थ पुरा गरेको तिनले आरोप लगाए।
0 Response to "एनएचपीसीले सृजना भएको समस्या समधान गर्ने बहानामा नेताहरुको व्यक्तिगत स्वार्थ पुरा गर्दैछ – क्रामाकपा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.