-->
तृणमूल नेता छेवाङ भोटिया आक्रमणका आरोपीद्वारा न्यायलयमा अत्मसमर्पण

तृणमूल नेता छेवाङ भोटिया आक्रमणका आरोपीद्वारा न्यायलयमा अत्मसमर्पण

हमलामा घाइते छेवाङ भोटिया -कालिमन्युज फाइल फोटो
डी के वाइबा, कालिमन्युज, कालेबुङ , 5 दिसम्बर 2013। दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसका बर्तमान युवा अध्यक्ष छेवाङ भोटिया आक्रमणका आरोपी फुर्बा शेर्पाले आज एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेट कमल सरकार अघि आत्म समर्पण गरे। तिनलाई न्यायलयले 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। तृणमूल नेता भोटिया माथी गत 6 मार्च 2013 को दिन यहाँको एउटा होटल परिसरमा प्राणघातक आक्रमण भएको थियो। अज्ञात मानिसहरुले गरेको उक्त प्राणघातक हमलाको आरोपमा गोजयुमो पार्टीका नेताहरु बिरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता भएको छ। 
उक्त प्राथमिकीमा पुलिसले आरोपी फुर्बा शेर्पाको नाउँ जोडेको कारण तिनले आज न्यायलयमा आत्मसमर्पण गरेका हुन। तिनी बिरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 147,148,149,447,326,307 अन्तर्गत बिभिन्न मुद्दाहरु दर्ता गरेको छ। आरोपी फुर्बा शेर्पा उक्त आक्रमण भएदेखि नै पुलिसको नजरदेखि टाडा रहेका थिए भने आक्रमण भएको 10 महिना पछि आज न्यायलयमा आएर आफैलाई कानूनको अघि समर्पण गरेका छन। 
आरोपी फुर्बा शेर्पा गोर्खा जनमुक्ति युवा मोर्चा कार्यकर्ता हुन भने तिनी उक्त हमलाकाण्डमा संलग्न रहेको आरोप लगाउँदै प्राथमिकीमा नाउँ उल्लेख गरिएको छ। प्राथमिकीमा नाउँ भए देखि नै तिनी पनि अन्य आरोपीहरु संगै पुलिसको नजरमा पर्न सकेको थिएन। पुलिसले बिभिन्न स्थानहरुमा चलाएको छापामारी अभियानमा समेत तिनी पक्राऊ पर्न सकेको थिएन भने अन्य आरोपीहरुसंगै शेर्पालाई पनि पुलिसले खोजि अभियान जारी राखेको थियो। यद्यपी पुलिसको पञ्जामा नपरेका आरोपी शेर्पाले आज न्यायलयमा आत्मसमर्पण गर्न आउँदा मोर्चा नेताहरु तिनलाई मनोबल बडाउँन उपस्थित बनेका थिए।

0 Response to "तृणमूल नेता छेवाङ भोटिया आक्रमणका आरोपीद्वारा न्यायलयमा अत्मसमर्पण"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.