-->
क्रामाकपाको आयोजनामा विश्व मानव अधिकार दिवस पालन

क्रामाकपाको आयोजनामा विश्व मानव अधिकार दिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 दिसम्बर। “जीटीएको सम्झौतामा पुराना मुद्दाहरु फिर्ता गरिने लेखिएको छ तर सरकारले आन्दोलनलाई रोक्न सभासद र पार्टी कार्यकर्ताहरुलाई पुरानै मुद्दाहरुमा पक्राऊ गरेर जेलबन्दि बनाएको छ। यो मानव अधिकारको हनन हो। यसलाई लिएर मोर्चाले मानव अधिकारसमक्ष जानु आवश्यक छ” उक्त कुरा क्रामाकपा अध्यक्ष आर बी राईले विश्व मानव अधिकार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन। 
यहाँको दुख निवारक सम्मेलन भवनमा क्रामाकपा कालेबुङ आञ्चलिक समितिको आयोजनामा सम्पना उक्त कार्यक्रममा तिनी मुख्य अतिथिका रुपमा उपस्थित बनेका थिए। सरकारले सम्झौतालाई उल्लंघन गर्दै मुद्दा माफी गर्नको साटो उल्टा त्यहीँ मुद्दाहरुमा पक्राऊ गर्नु सोझो रुपमा मानव अधिकारको हनन हो भन्ने आरबी राईले आरोप लगाए। 
यता मोर्चाले यसरी सम्झौताको बिपरित सरकारले पाईला चालेर नेता अनि कार्यकर्ताहरुलाई पक्राऊ गर्दा समेत कुनै पहल नगर्नु उनीहरुको आफ्नै बाध्यता हुनसक्ने पनि बताए। मानवअधिकारको विश्‍वव्यापी घोषणाको धारा 9 मा कसैलाई पनि मनमानी ढँगले देश निष्कासित वा पक्राउ वा नजर बन्द गरिने छैन भनी उल्लेख गरिएको छ। यसैले मोर्चा आयोगसमक्ष गए न्याय पाउने आशय राईले व्यक्त गरे। दार्जीलिङ पहाडमा मानवाधिकारवादी संगठनहरुको अत्यन्तै खाँचो रहेको बताउँदै यसलाई क्रामाकपाले आफ्नै बल बुँतामा आवाज उठाउँदै आईरहेको तिनले जानकारी गराए। 
सुवास घिसिङ आक्रमणको आरोपमा पक्रा परेका छत्र सुब्बालाई बिना प्रमाण सरकारले जेलमा राख्नु मानव अधिकारको हनन हो भन्दै क्रामाकपाले आन्दोलन गरेको बताउँदै मानव अधिकारको निम्ति क्रामाकपा सधै लड्न तयार रहेको राईले अझ बताए। 
यसअवधि उनले अलग राज्य गोर्खाल्याण्डको मागसमेत मानव अधिकार आयोगसमक्ष राख्नसक्ने बताए। देशको संविधानले दिएको माग आफूहरूले मागिरहेको साथै कुनै पनि जातिले आफ्नो आत्मनिर्णयको अधिकार पाउनुपर्छ भन्ने संयुक्त राष्ट्रको घोषणा रहेकोले मानव अधिकार आयोगकसमक्ष जानु पनि एउटा विकल्प हुनसक्ने उनको भनाइ छ। कार्यक्रममा अपाङग कल्याण संगठनका छोटेलाल प्रसाद, सीपीआई एमएल नेता आरबी खतिवडा, माकपा नेता तारा सुन्दास, गोजमुमो नेता कुमार चाम्लिङ, भागोप कालेबुङ शाखा अध्यक्ष डा सरोजा राई लगायत पत्रकार अनि गैर राजनैतिक संगठनका प्रतिनिधीवर्गको पनि बिशेष उपस्थिति रहेको थियो। क्रामाकपा उपाध्यक्ष जे बी राईले स्वागत सम्बोधन गर्दै विश्व मानव अधिकार दिवसको स्थापना र यसको महत्वबारे जानकारी गराए। 
“मानव अधिकारको निम्ति राजनैतिक धरातलबाट माथी उठी सबै अघि आउनपर्छ” जेबी राईले आह्वान गर्दै भने। यस अवसरमा पत्रकार प्रदिप लोहागुणले दार्जीलिङ पहाडमा बिभिन्न परिस्थितिहरुको कारण पटक पटक मानव अधिकारको हनन भईरहेको तितो सत्यलाई उजागर गरे।
तिनले दार्जीलिङ पहाडमा मानव आधिकारको कसरी हनन भयो भन्ने बिषयमा एकाधिक उदाहरण प्रस्तुत गर्दै मानव अधिकारको निम्ति एकबद्ध हुनपर्ने बताए। यसैअवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अपाङग काल्याण संगठनका अध्यक्ष छोटेलाल प्रसादले अपाङगहरुलाई आफ्नो अधिकारबाट बञ्चित राखेर मानव अधिकारको हनन भैरहेको आरोप लगाए। तिनले अपाङगहरुको हक र अधिकारको निम्ति बारम्बार आफूहरुले कार्य गर्दा समेत जनप्रतिनिधीहरुले अपाङगहरुको मुद्दालाई अघि नबडाएको आरोप लगाउँदै जनप्रतिनिधीहरुले अपाङगहरुका निम्ति कार्य गरेर मानव अधिकारको निम्ति उचित पहल गरिदिने अपिल गरे।

0 Response to "क्रामाकपाको आयोजनामा विश्व मानव अधिकार दिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.