
"एउटै मुद्दाको निम्ति बेग्ला बेग्लै तरिकाले कार्य गर्नु भन्दा एक भएर गर्न सके साह्रै राम्रो हुने"
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 9 दिसम्बर 2013। छुट्टै राज्य गठनको मुद्दालाई अघि बडाएर आगामी लोकसभा चुनावमा निर्दलीय रुपमा लड्ने घोषणा गरेका डा महेन्द्र पी लामाले चुनाव जिते संसदमा छुट्टै राज्य गठनको निम्ति कसरी बहुमत हासिल गर्ने भन्ने प्रश्न अहिले चारै तिर चलिरहेको छ।
उक्त प्रश्न तिनको बिरोध गर्नेहरुले डा लामाले चुनाव जिते संसदमा बहुमत ल्याउन सक्नेछैनन भनि खुलेर टिप्पणी गरिरहेका छन। सबैको निम्ति मह्त्वपूर्ण बनेको उक्त प्रश्नबारे आज कालेबुङ आईपुगेका डा महेन्द्र पी लामालाई सोद्धा तिनले पहिला संसदमा पुग्नु महत्वपूर्ण हो भने।
उक्त प्रश्न तिनको बिरोध गर्नेहरुले डा लामाले चुनाव जिते संसदमा बहुमत ल्याउन सक्नेछैनन भनि खुलेर टिप्पणी गरिरहेका छन। सबैको निम्ति मह्त्वपूर्ण बनेको उक्त प्रश्नबारे आज कालेबुङ आईपुगेका डा महेन्द्र पी लामालाई सोद्धा तिनले पहिला संसदमा पुग्नु महत्वपूर्ण हो भने।
“पहिला संसदमा पुगौं। सदनमा बहुमत ल्याउने कुरामा भाषा मान्यताको इतिहास हेर्नु पर्छ। त्यस समय दुवै सदन गरी 3 जनामात्र नेपाली भाषी सदस्यहरू थिए तर भाषाले मान्यता पाउन सक्यो। हामीले यही इतिहासलाई उदाहरण मान्नुपर्छ। एक जनाले के गर्न सक्छ भनेर हामी किन खिन्न चित्त गर्नु? धेरै गर्नु सक्छ, कसैले नगरेकोले मात्र यस्तो स्थिति बनिएको हो” डा महेन्द्र पी लामाले भने।
यस अवधी पत्रकारहरुसंग कुराकानी गर्दै तिनले बिकास अनि गोर्खाहरुको चिन्हारीको मुद्दालाई परस्पर अघि बडाएर लैजानुपर्ने बताए। तिनले बिकासबिनाको चिन्हारी अर्थहीन हुने बताउँदै बिकासलाई संकुचित मानसिकताले हेर्न नहुने पनि बताएका छन। दार्जीलिङ पहाडमा अहिले बिकासको मुद्दालाई संकुचित बनाएर हेर्ने गरेको बताउँदै यस्तो संकुचित मानसिकतालाई त्यागेर बिकास भने सर्वाङगिन बिकास भनी बुझ्नपर्ने तिनले आह्वान गरे। “हामीले अहिले फाउण्डेशन मार्फत जनसभा र जनचेतनाका बाड्ने काम गर्दैछौं। चिन्हारी र विकासलाई अलग अलग सन्दूकमा हालेर हेर्न मिल्दैन। विकासले चिन्हारी ल्याउँछ, चिन्हारीले विकास ल्याउँछ” डा लामाले भने। बिकास अनि चिन्हारीको मुद्दालाई राष्ट्रिय स्तरमा पुर्य़ाएर बहस गर्न आवश्यक रहेको बताउँदै राष्ट्रिय स्तरमा बहस भए मात्र समाधान निस्कने तिनले बिचार प्रकट गरे।
यता आगामी दिनमा दिल्लीमा हुने गोजमुमो अनि भागोपको छुट्टा छुट्टै कार्यक्रमबारे प्रश्न गर्दा तिनले प्रतिक्रिया दिदै एक भएर कार्यक्रम गर्न सकेको भए राम्रो हुने बताए। पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै तिनले भने – ‘छुट्टै राज्यको निम्ति साथीहरूले आआफ्नै प्रकारले काम गरिरहेका छन। यसरी एउटै मुद्दाको निम्ति बेग्ला बेग्लै तरिकाले कार्य गर्नु भन्दा एक भएर गर्न सके साह्रै राम्रो हुने थियो। एउटै ठाँउका दुइ संगठनहरू त्यहाँ गएर एउटै मुद्दाको निम्ति अलग अलग अपिल गर्दा सरकारमा राम्रो सन्देश जादैँन। यसले हाम्रो अनेकतालाई उजागर गरिदिनेछ”
यता चार राज्यहरुमा चुनाव पछि बनिएको नयाँ परिस्थितिबारे सृजना भएको नयाँ सम्भावनालाई तिनले स्वीकार गर्दै फाउण्डेसनलाई प्रभावित पार्न नसक्ने बताएका छन। तिनी आज दार्जीलिङ-डूवर्स युनाइटेड डेभलपमेण्ट फाउण्डेशनको आउँदो 14 दिसम्बरका दिन कालेबुङमा हुने जनसभालाई केन्द्र गरी आफ्ना कार्यकर्ता र शुभचिन्तकहरूसँग भेट्न यहाँ आएका थिए।
0 Response to ""एउटै मुद्दाको निम्ति बेग्ला बेग्लै तरिकाले कार्य गर्नु भन्दा एक भएर गर्न सके साह्रै राम्रो हुने" "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.