-->
कालेबुङमा चोरहरुको रग रगी : मास्टर माईण्ड संगै तीनजना चोरहरु पुलिसको पञ्जामा

कालेबुङमा चोरहरुको रग रगी : मास्टर माईण्ड संगै तीनजना चोरहरु पुलिसको पञ्जामा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 दिसम्बर। कालेबुङ शहरमा चोरहरुको रगरगी दिन दिनै बड्डै गईरहेको छ। घरमा कोही नभएको समयमा मौका छोपी उनीहरुले घरका बहूमूल्य सामग्री अनि नगद राशी चोर्ने कार्य गरिरहेको छ। 
यसैक्रममा कालेबुङ पुलिसले सक्रियता अप्नाउँदै चोरहरुलाई लगाम लगाउँने अभियान चलाएको छ। पुलिसले चलाएको अभियानमा मोठ 3 जना चोरहरु पुन: पुलिसको पञ्जामा परेका छन। पुलिसले पक्राऊ गरेको उक्त चोरहरु मध्ये एकजना तादोङ सिक्किम निवासी गोबिन उर्फ बिशाल छेत्री (18) रहेका छन अन्य दुईजना सञ्जु बसुर अनि रामबहादुर छेत्री हुन। बिशाल छेत्रीलाई पुलिसले सिक्किम अनि बङ्गालको सिमाना क्षेत्रबाट पक्रा गरेको थाह लागेको छ भने तिनलाई सोधपुछ गरेको आधार गर्दा अन्य दुईजना सञ्जु बसुर अनिउ रामबहादुर छेत्रीको नाउँ आए पछि उनीहरुलाई पनि पक्राऊ गरेको थाह लागेको छ। 
पक्रा परेका बिशाल छेत्री कालेबुङ अनि संलग्न क्षेत्रमा चोरीका घटनाहरुमा संलग्न रहेको सोधपुछको क्रममा थाह लागेको छ भने तिनले आजसम्म 15 देखि 20 लाख रुपीयाको चोरी गरेको सकेको पुलिसले अनुमान गरेको छ। 
यसभन्दा अघि कालेबुङ पुलिसले यहाँको राजाधार निवासी हेमा छेत्री अनि सात माईल निवासी सुषमा प्रधानको घरमा चोरी भएको घटनालाई लिएर सिता छेत्री, सन्दिप सुब्बा अनि अर्जुन सिहलाई पक्राऊ गरेको छ भने उक्त पक्रा परेकाहरुले दिएकै सूचनाको आधारमा थप आज तीनजनालाए पक्राऊ गरेको थाह लागेको छ। कालेबुङ अनि संलग्न क्षेत्रमा चोरीका घटनाहरुलाई चलाकीपूर्ण सफल पार्ने कार्यका मास्टर माईण आज पक्रा परेका गोबिन छेत्री हुन भन्ने थाह लागेको छ। पक्रा परेकाहरु बिरुद्ध पुलिसलले भारतीय दण्ड सहिताको धारा 380 अंतर्गत मुद्दा दर्ता गरेको छ। 
यता आज पक्रा परेकाहरु मध्ये सञ्जु बसुरले भने चोरेका सामग्रीहरुलाई बिक्रि गर्ने गरेको सोधपुछको अवधी स्वीकार गरेको थाह लागेको छ भने रामबहादुर छेत्रीले पनि चोरेका सामग्रीहरु बिक्री गर्ने गरेको पुलिसलले बताएको छ। यता उक्त बिषयमा अझ जाँच कार्य जारी राखेको छ भने चोरी भएका समाग्रीहरु उद्धार गर्न पनि पुलिस लागी परेको छ। 
यसैक्रममा बिभिन्न क्षेत्रहरुमा चोरी भएका बहुमूल्य सामग्रीहरु सुन दोकानहरुमा बिक्री गरेको आरोपीहरुले बताए पछि आज यहाँको सुन दोकानमा पनि छान बिन गरियो।

0 Response to "कालेबुङमा चोरहरुको रग रगी : मास्टर माईण्ड संगै तीनजना चोरहरु पुलिसको पञ्जामा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.