-->
अवैद्य रक्सि व्यापर बिरुद्ध छापा

अवैद्य रक्सि व्यापर बिरुद्ध छापा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 19 दिसम्बर 2013। कालेबुङ शहरमा बड्दो वैद्य रम रक्सिको व्यापारलाई रोक्न कालेबुङ महकुमा अदिकारीको सक्रियतामा छापामारी अभियान शुरु भएको छ। यहाँको आपकारी बिभाग अनि पुलिसको सहयोगमा सन्युक्तरुपले उक्ल्त छापामारी अभियान चलाएको महकुमा अधिकारी के राधिका अय्यरले जानकारी दिदै उक्त छापामारी अभियानमा किन 20 हजार भन्दा अधिक मूल्यको अवैध रक्सि जफ गरिएको तिनले जानकारी दिईन। 
तीन दिन अघि देखी जारी राखेको उक्त छापामारी अभियानमा कालेबुङ शहरमा अवैद्य रक्सि भित्रिने नाकाहरुमा बिशेष छापामारी अभियान चलाएको तिनले बताउँदै प्रथम दिन राष्ट्रीय राजमार्ग क्षेत्रमा पर्ने टिस्टा, मल्ली, 29 माइल, रम्बी आदि स्थानहरुको दौरहा गरी व्यापक मात्रमा अबैध्य नशालु पर्दाथहरु उद्वार गरेका छन्। छापामारी अभियानमा एकजना अवैद्य रक्सि व्यापारीलाई पक्राऊ पनि गरिएको छ। 
बिशेष कालेबुङमा सिक्किम, भोटाङ अनि गोरुबथान क्षेत्रबाट अवैद्य मादक पदार्थहरुको व्यापार चलिरहेको गोप्य सूचना प्राप्त भएको आधारमा बिभागीय कार्वाही शुरु गरेको तिनले बताएकी छिन। कालेबुङ शहरीक्षेत्र लगायत अलगड़ा, पेदोङ, लाभा आदि क्षेत्रमा रहेको दोकानहरूमा छापामारी अभियान चलाएर 78 लिटर सिक्किम निर्मित बियर , 21 लिटर विदेशी रक्सी, 30 लिटर घरेलु रक्सी एवं 40 केजी देशी रक्सी जफ्त गरेको तिनले अझ जानकारी दिएकी छिन। 

विद्यार्थी मोर्चाको सातौँ स्थापना दिवस पालन 

कालेबुङ 19 दिसम्बर। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आफ्नो सातौँ स्थापना दिवस आज यहाँको ईष्टमेन रोड स्थित चिहान डाँडा सफाई गरेर पालन गर्‍यो। बिगत वर्षहरु भन्दा बेग्लै प्रकारले पालन गरिएको उक्त स्थापना दिवस कार्यक्रममा बिद्यार्थी मोर्चाका केन्दिय सहसचिव दिप थापा, कालेबुङ समिति अध्यक्ष दिपेन थापा, सकिव समिर सुन्दास लगायत अन्य कार्यकर्ताहरु उपस्थित रहेका थिए। 
यस अवसरमा क्षेत्रको चिहान डाँडामा उनीहरुले सरसफाई गर्दै राजनीतिबाट सामाजिक कार्य गर्न पनि बिद्यार्थी मोर्चा तयार रहेको उदाहरण देखाए। बिशेष उक्त सार्बजनिक चिहान डाँडामा शवयात्रामा जाने मलामीहरुलाई हिड्ने असुबिधा नहोस भनि क्षेत्रलाई सरसफाई गरिएको थियो। 
यता यस सम्बन्धमा बिद्यार्थी मोर्चाका सगठनिक सचिव भूषण थापाले मोर्चाका बरिष्ट स्टडी फोरमका सदस्य एल बी परियारको केही दिन अघि मात्र निधन भएको कारण कार्यक्रम बृहतरुपमा नगरेर सामान्यरुपले सामाजिक कार्य गरेर पालन गरेको जानकारी दिएका छन।

बिद्यालयको वार्षिक पारितोषिक वितरण कार्यक्रम सम्पन्न 

कालेबुङ 19 दिसम्बर। प्रणामी बालिका बिद्या मन्दिरको आज बिद्यालयकै प्रांगनमा बार्षिक पारितोषिक बितरण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रुपमा उदय कुमाई उपस्थित रहेका थिए भने बिशिष्ट अतिथिका रुपमा पूर्व बिधायक रेणुलिना सुब्बा, तुलसी छेत्री अनि विद्यालयकी प्राध्यपिका रोमा मोक्तान उपस्थित रहेकी थिईन। 
यस अवसरमा विद्यालयका बिभिन्न कक्षाहरुमा प्रथम, दोस्रो अनि तेस्रो दर्जामा उतिर्ण भएका बिद्यार्थीहरुलाई मुख्य अतिथि अनि बिशिष्ट अतिथिहरुको बाहुलीबाट पारितोषिक बितरण गरियो। यस अवसरमा बिद्यार्थीहरुले कार्यक्रममा बिभिन्न सांस्कृतित नृत्य, गीत प्रस्तुत संगै काविता वाचन पनि गरेका थिए। उक्त कार्यक्रममा बिद्यार्थीवर्ग संगै अभिभावकवर्गकि पनि उपस्थिति रहेको थियो।

0 Response to "अवैद्य रक्सि व्यापर बिरुद्ध छापा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.