-->
पर्यटन बिकासको निम्ति प्रशासनिक बैठक सम्पन्न

पर्यटन बिकासको निम्ति प्रशासनिक बैठक सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 4 दिसम्बर। कालेबुङ महकुमाको बिभिन्न क्षेत्रहरुमा पर्यटन व्यवस्थालाई बिकशित पार्न आज कालेबुङ महकुमा प्रशासनले एक प्रशासनिक बैठक डाकेर चर्चा गरेको छ।
यहाँको महकुमा अधिकारी कार्यलयमा आयोजित उक्त बैठकमा महकुमा अधिकारी के राधिका अय्यर, तीनवटा खण्डहरुका खण्ड बिकास अधिकारी, जीटीए पर्यटन बिभाग, होटल अनि रेस्टुरेन्ट एसोसिएसनका प्रतिनिधीवर्ग, बन बिभाग, भूमिसुधार बिभाग, पर्यटन व्यवसायसंग जडित प्रतिनिधीवर्ग बिशेषरुपले उपस्थित रहेका थिए। कालेबुङ महकुमा अधिनस्थ रहेका बिभिन्न धार्मिक, ऐतिहासिक पर्यटन क्षेत्रहरुलाई पुन:उद्धार गरी नयाँ सम्भावित पूर्वाधारहरु बिकसित गर्न सकिने बिषयमा बैठकमा चर्चा भयो।
उक्त बैठकमा उपस्थित रहेका बिभिन्न बिभागका प्रतिनिधीवर्गले पर्यटन बिकासको निम्ति धेरै सुझावहरु राखे। पर्यटन बिकास संगै पर्यटन बिकासको निम्ति चाहिने पूर्वाधारहरुको बिकास गर्न पर्ने पनि बैठकमा प्रतिनिधीवर्गले सुझाव राखेका थिए। यसरी नै नयाँ ठाउँहरुमा पर्यटन बिकासको निम्ति के कस्ता पहलहरु अप्नाउँन सकिंन्छ भन्ने बिषयमा पनि महकुमा अधिकारीले बैठकमा उपस्थित प्रतिनिधीवर्गबाट जानकारी लिईन।
यता बैठकमा प्रतिनिधीवर्गले पर्यटन बिकासको निम्ति यहाँको बुनियादी सुबिधाहरु मध्ये बाटो, पिउने पानी, सार्बजनिक शौचालय आदिको जिर्णोद्धार गर्नपर्ने आवश्यकता माथी पनि जोड दिए। यता प्रसासनले पर्यटन बिकासको निम्ति चालेको पहललाई होटल अनि रेस्टुरेन्ट एसोसिएसनका अध्यक्षा सन्जोगिता सुब्बाले सराहनीय बताएकी छिन।
प्रसाशनले चालेको पहलको खुलेर प्रशंसा गर्दै तिनले बैठकमा सबैले पर्यटन बिकासको निम्ति बिभिन्न सुझावहरु दिएको जानकारी दिदै उक्त सुझावहरु बारे प्रसाशनले बिचार बिमर्ष गर्ने जनाईन। बैठकमा भएको चर्चा अनि प्रस्तावहरुलाई कार्यरुप दिन महकुमा अधिकारीले आगामी 23 दिसम्बरको दिन पुन: बैठक डाकेको तिनले थप जानकारी दिईन।
बैठकमा उपस्थित कालेबुङ खण्ड दुईका राजिव साहिलले ईन्टिग्रेटेड टुरिजम डेभलपमेन्टको नाउँमा आफुहरुले पर्यटन व्यवसायलाई अघि बडाईरहेको बताउँदै खण्ड दुईमा पर्यटनको धेरै सम्भावनाहरु रहेको बताए। तिनले पर्यटनको उक्त सम्भावित क्षेत्रहरुमा पर्यटकहरुको ध्यान आकर्षण गराउँन बिभागको पहलमा योजना बनाएर ठूलो कार्य हुनपर्ने बताएका छन।

0 Response to "पर्यटन बिकासको निम्ति प्रशासनिक बैठक सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.