
कालेबुङ शहरमा बड्दो अवैद्य मदिरा व्यापार रोक्न बिभागले अभियान चलाउने
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 दिसम्बर्। कालेबुङ शहरमा अवैद्य मदिरा बिक्रीमा रोक लगाउन गम्भिर बनेको कालेबुङ पुलिस अनि आबकारी बिभागले चलाएको अभियान अहिले प्राय बन्द अवस्थामा छ। जसको कारण पुन: शहरमा अवैद्य मदिरा व्यापार दिन दिनै फस्टाउँदै गईरहेको छ।
कालेबुङ शहरमा आधिकारिक सरकारी लाईसेन्स प्राप्त मोठ सात वटा अफसप अनि तीनवटा देशी रक्सिदोकान रहेका छन। यसको साथै शहरको कतिपय होटलहरुले आधिकारिक बार सञ्चालनको निम्ति आवेदन बुझाएका छन। तर शहरमा जति सरकारी मदिरा दोकानहरु छन त्यसको दोब्बर अवैद्य मदिरा पसलहरुमा व्यापार चलिरहेको छ। जसको कारण सरकारले लाखौ रुपियाको राजस्व घाटा बेहोर्नु परिरहेको छ। एकातिर अवैद्य मदिरा बिक्रीको कारण सरकारलाई राजस्वमा घाटा छ भने अर्कोतर्फ यता अवैद्य मदिरा सहजरुपले उपलब्ध बनेको कारण आम नागरिकदेखि स्कूले बिद्यार्थी समेत कूलतमा फँस्दै गईरहेका छन।
कालेबुङ शहरमा दिन दिनै बृद्धि भईरहेको अवैद्य मदिरा व्यापारलाई रोक लगाउँन कालेबुङ पुलिस अनि आबकारी बिभाग केही महिना अधि सक्रिय बनेको थियो। दैनिक रुपले अवैद्य मदिरा व्यापरलाई रोक लगाउँन यहाँको बिभिन्न होटलहरुमा समेत छापामारी अभियान चलाएको थियो भने अवैद्य मदिरा बोक्ने वाहनहरुको पनि जोडतोडले खोजि अभियान चलाएर लाखौ रुपियाको अवैद्य मदिरा उद्धार गर्ने कार्य भएको थियो। तर अहिले प्रशासनले यस सम्बन्धमा कुनै पहल गरेको छैन जसको कारण शहरमा अवैद्य मदिरा व्यापार फस्टाउँन थालेको छ। बिशेस गरेर कालेबुङ शहरमा सिक्किमको रम्फु, मल्लि अनि मन्सोङ क्षेत्र भएर यस्ता अवैद्य मदिरा भित्रिने गरेको सुत्रले बताएकोछ भने यात्री बाहक वाहनहरुले समेत यस्ता मदिरा बोक्ने गरेको थप जनाएको छ।
अर्कोतर्फ यस्ता अवैद्य व्यापार गर्नेहरुले रातको समयमा भने सानो वाहनहरु प्रयोग गरेर मदिरा ल्याउँने गरेको सुत्रको भनाई छ। यदि सुत्रको भनाईलाई मान्नु हो भने केहि महिना अघि मात्र कालेबुङ पुलिस अनि आबकारी बिभागले चलाएको छापामारी अभियानमा रातीको समयमा यस्ता साना गाडीहरुबाट अवैद्य मदिरा जफ्त गरेको घटना प्रकासमा आईसकेको छ भने कतिपय ट्रक अनि यात्रीवाहक वाहनहरु पनि अवैद्य मदिरा संगै पक्राऊ गरिएको हो। उक्त घटनाहरुले पनि कालेबुङ शहरमा अवैद्य मदिराको व्यापार दिन दिनै फस्टाईरहेको कुरा प्रमाणित भएको छ।
यता यस बिषयमा आबकारी बिभागले पूर्णरुपले रोकथाम लगाउँन कतिपय तक्निकी अड्चनहरु रहेको थाहा लागेको छ। आबकारी बिभागका एस आई एम डी भोटियाले यस्ता अवैद्य मदिरा व्यापार चल्ने ठाउँहरु चिन्हित गरेको भए पनि बिभागीय कर्मचारीहरुको अभावमा यस्ता कार्यहरु गर्न नसकेको तिनले बताएका छन। यस्ता कमीहरु भए पनि बिभागले भने अवैद्य कारोबारनामालाई रोक लगाउने पहल गरिरहेको तिनले बताएका छन।
तिनले केही महिना अघि मात्र पुलिसको सहयोगमा छापामारी अभियान चलाएर एक रक्सि व्यापारीसंगै अधिक संख्यामा मदिरा उद्धार गरेको बताउँदै शहरमा चलिरहेको अवैद्य व्यापरलाई रोक्न शहरमा पनि छापामारी अभियान चलाउँने तिनले बताएका छन।
0 Response to "कालेबुङ शहरमा बड्दो अवैद्य मदिरा व्यापार रोक्न बिभागले अभियान चलाउने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.