-->
कालिझोडामा तृणमूल कार्यकर्ताहरु सांकेतिक भोक हडतालमा

कालिझोडामा तृणमूल कार्यकर्ताहरु सांकेतिक भोक हडतालमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 दिसम्बर 2013। टिस्टा जलबिद्युत परियोजना चरण 4 कालिझोडामा आज तृणमूल कङ्ग्रेसको मजदुर संगठनले 12 घण्टाव्यापी सांकेतिक भोक हडताल गरेर क्षेत्रवासीको समस्या समाधान गर्नपर्ने माग गरेको छ। कालिझोडा बजारमा आयोजित उक्त सांकेतिक भोक हडतालमा मोठ 20 जना युवाहरुले भाग लिएका थिए। 
यस अवसरमा भोक हडतालमा बस्नेहरुको मनोबल बडाउँन दार्जीलिङ हिल तृणमूलका युवा अध्यक्ष छेवाङ भोटिया बिशेषरुपले उपस्थित रहेका थिए। बिशेष गरेर क्षेत्रका मोठ 11 परिवारहरु उक्त परियोजनाको कारण घरविहिन हुने सम्भावना बडेको छ। 
उक्त 11 परिवारको घर परियोजनाको कारण खत्रामा पर्न गएको छ भने उक्त परिवारलाई एनएचपीसीले अन्य स्थानमा स्थानान्तरण गरेर नयाँ घर निर्माण गरिदिने आश्वासन दिएर पनि आजसम्म कुनै पहल नगरेको क्षेत्रवासीको गुनासो रहेको छ। यसरी केही पहल नगरेकै कारण सरकारको ध्यान आकर्षण गर्न सांकेतिक भोक हडताल गरेको क्षेत्रवासीको भनाई छ। 
यस सम्बन्धमा तृणमूल कङ्ग्रेस कालिझोडा शाखाका अध्यक्ष श्याम बस्नेतले गत आठ महिना देखी एनएचपीसीले परियोजनाको कार्य बन्द गरेको आरोप लगाउँदै क्षेत्रवासीलाई समस्यामा पारेको आरोप लगाए। घरी घरी कम्पनीले परियोजनाको कार्य बन्द गर्दै खोल्ने कार्यले परियोजनालाई किन समय सिमामा पूर्ण गर्न पहल भएको छैन भन्ने तिनले प्रश्न उठाउँदै परियोजनामा व्यापक भ्रष्टचार भईरहेको हुनसक्ने आशंका व्यक्त गरे। यस बिषयमा सरकारले जाँच गर्न आवश्यक रहेको बताउँदै क्षेत्रवासीको समस्या समाधानको उचित पहल नगरे आफूहरुले बृहत आन्दोलन गर्ने चेतावनी पनि तिनले दिएका छन। 
यता उक्त भोक हडताललाई केन्द्र गरेर आज क्षेत्रमा सुरक्षा व्यवस्था कठोर बनाईएको थियो भने सीआरपीका जवानहरु पनि तैनाथ राखिएको थियो। 
हिल तृणमूल अध्यक्ष छेवाङ भोटियाले क्षेत्रवासीको समस्या पार्टीको माध्यमबाट मुख्यमंत्री ममता ब्यानर्जी अनि मूकूल रोय समक्ष पुर्‍याउँने बताएका छन।

0 Response to "कालिझोडामा तृणमूल कार्यकर्ताहरु सांकेतिक भोक हडतालमा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.