गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिबाट भारतीय गोर्खा परिसंघ बाहिरियो..... गोजमुमो पार्टी गोर्खाल्याण्डको मुद्दा प्रति ईमान्दार छैन – एनोसदास प्रधान
23 Oct 2013
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 अक्टोबर। गोजमुमो पार्टीको अगुवाईमा गत 18 अगष्टमा गठन भएको गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिबाट भारतीय गोर्खा परिसंघले आफ्नो समर्थन फिर्ता लिएको छ। भागोप राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले आज यहाँको भागोप कार्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जोईन्ट् एक्सन कमिटिबाट भागोप बाहिरिएको घोषणा गरे।
“गोजमुमो पार्टीले जीटीए खारेज गर्ने लिखित प्रतिश्रुती दिएको थियो। आज दुई महिना पछि मोर्चाले जीटीए खारेज गर्नको साटो पुन: जीटीए सञ्चालन गर्न शुरु गरेको छ। यसले मोर्चा नेताहरु गोर्खाल्याण्ड मुद्दामा ईमान्दार छैनन भन्ने प्रमाणित गरेको छ। यसकारण मोर्चा प्रायोजित गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिबाट भागोप बाहिरिनेछ” – रेभरेण्ड् डा एनोसदास प्रधानले स्पष्ट भने।
“मोर्चाको अगुवाईमा गठन गरिएको जोईन्ट् एक्सन कमिटि आज असफल भयो। आज यसको अध्याय समाप्त भएको छ। अब भागोपको पहलमा ‘नेशनल जोईन्ट् एक्सन कमिटि फर गोर्खाल्याण्ड’ गठन गरिनेछ। यसको औपचारिक घोषणा दिल्लीको रामलिला मैदानबाट यही दिसम्बर महिनामा गरिनेछ” प्रधानले भने।
तिनले मोर्चाले जीटीए सम्झौता गरेको 18 जुलाई यदि धोका भएको दिन हो भने 22 अक्टोबर जीटीएमा फर्किएको महाधोका भएको दिन हो भने। मोर्चाले पुन: जीटीएमा फर्केर सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुलाई विश्वास घात गरेको अझ आरोप लगाएका छन। तिनले भागोप जोईन्ट् एक्सन कमिटिबाट बाहिरिएको औपचारिक पत्रचार पनि चाँडै गर्ने बताएका छन।
“गोजमुमो पार्टीले जीटीएमा फर्कनकै निम्ति 23 अक्टोबर त्रिपक्षिय वार्ता हुने अफवाह फैलायो। यो जानी बुझी मुद्दालाई ढाकछोप गर्न फैलाएको अफवाह हो। यसले पनि मोर्चा ईमान्दार नरहेको स्पष्ट बनेको छ। किन उनीहरुले यसरी त्रिपक्षिय वार्ताको अफवाह फैलाएर मुद्दालाई ढाकछोप गर्न खोज्दैछ यसको जवाब जनतालाई दिनुपर्छ” एनोसदास प्रधानले अझ भने। उक्त कार्यले नैतिक रुपले समेत मोर्चा ईमान्दर छैन भन्ने प्रमाणित भएको प्रधानले आरोप लगाएका छन।
मोर्चाले जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव पारित गर्नको निम्ति मात्र यसलाई सञ्चालन गरेर लगत्तै खारेज गर्ने समेत बताएको बताउँदै जीटीएमा फर्कनकै निम्ति उनीहरुले अरुको आँख़ामा धुलो हाल्दै कार्यकारी सभासदहरुको सभामा प्रस्ताव पारित गरेको तिनले अझ आरोप लगाए।
“यदि अझै मोर्चाले मुद्दाप्रति ईमान्दार छौँ भन्छ भने हामी चुनौति दिदै एक हप्ताको समय तोकिदिनेछौँ। उक्त एकहप्ता भित्रमा मोर्चाले जीटीएको औपचारिक सभा डाकेर छुट्टै गोर्खाल्याण्डको प्रस्ताव पारित गरोस अनि जीटीएलाई खारेज गरोस” एनोसदास प्रधानले चुनौति दिदै भने।
तिनले गोजोएकमा मोर्चालाई कार्य गर्न कठिन परेको बताउँदै एकल निर्णय गर्ने आदत भएको कारण समुहमा कार्य गर्न मोर्चाले नसकेको तिनले अझ आरोप लगाएका छन। जसको उदाहरण गोजेएक गठन भएर पनि मोर्चा अध्यक्ष बिमल गुरुङले एक्लै कार्यक्रमको घोषणा गर्नु हो भनि प्रधानले प्रष्टाएका छन।
मोर्चाले गोजोएक गठन भएर स्वतन्त्र रुपले कार्य गर्न नसकेर आखिरमा गोजोएक समेत वाधा भयो भनेको बताउँदै वास्तवमा मोर्चाको तालीबानी नीति आफुहरु बिरुद्ध रहेको कारण नै मोर्चालाई वाधा भएको तिनले दाबी गरे। आजको वर्तमान परिस्थितिमा गोर्खाल्याण्ड् विरोधी शक्तिहरू पनि जुर्मुराइरहेकोले यस्ता शक्तिहरूसित जनतालाई होशियार रहने उनले आह्वान गरेका छन्।
0 Response to "गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिबाट भारतीय गोर्खा परिसंघ बाहिरियो..... गोजमुमो पार्टी गोर्खाल्याण्डको मुद्दा प्रति ईमान्दार छैन – एनोसदास प्रधान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.