गोरामुमो पार्टीले फर्फरायो कालेबुङमा हरियो झण्डा
23 Oct 2013
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 अक्टोबर 2013। कालेबुङ महकुमाकै अन्य स्थानहरुमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो झण्डा फहराइ सकेको भएता पनि कालेबुङ शहरमा भने सो गर्न सकेको थिएन। तर आज दिउसो एकाएक गोरामुमोले यो कामको थाल्नी कालेबुङ शरमै नै गर्यो।
गोरामुमो पार्टीका कार्यकर्ताहरुले आज बिहान 10 बजेतिर एकाएक हरियो झण्डा बोकेर यहाँको दश माईल फाटक परिसरमा पार्टीको झण्डा गाडे। यस अवधी थोरै संख्यामा भेला भएका गोरामुमो पार्टीका कार्यकर्ताहरुले आफ्नो दलको झण्डा फहराउँनुका साथै छैटौ अनुसुची जिन्दावाद र सुवास घिसिङ जिन्दावादको नाराबाजी लगाए। पार्टीका समर्थकहरुले दश माईल फाटक वरीपरी दलको झण्डा फहराएर कालेबुङमा गोरामुमो पार्टीको अस्तित्व रहेको प्रमाण देखाएको छ।
एकातिर पहाडमा तृणमूल कङ्ग्रेसको बडदो जनाधार अनि अर्कोतर्फ गोरामुमो पार्टीको चहल पहलले गोजमुमो पार्टीको अस्तित्व संकटमा पर्न सक्ने सम्भावना पनि उत्तिकै बडेको छ। गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको तेस्रो चरणको निर्णायक भनिएको आन्दोलनले कुनै उपलब्धि हासिल गर्न नसकेपछि अहिले पार्टीको धरातल दिन दिनै खुस्किन्दै गएको पनि स्पष्ट बनिएको छ। यसैक्रममा आज गोरामुमो पार्टीले दलको झण्डा शहरमा फर्फराए पछि शहरमा एकाएक सनसनी फैलिएको थियो।
गोरामुमो पार्टीले यसरी आफ्नो पार्टीको झण्डा गाडेको लगत्तै पछि गोजमुमो पार्टीको भातृसंगठन युवा मोर्चाले अघोषित मौन जुलुसनै शहरमा निकालेको थियो। गोरामुमो पार्टीको झण्डा गाडेको घट्नालाई केन्द्र गर्दै युवा मोर्चा कार्यकर्ताहरु एकाधिक मात्रमा भेला भएर शहरमा पैदल यात्रा गर्दै गोरामुमो पार्टीको उक्त झण्डा निकाल्ने असफल प्रयास पनि गरे। युवा मोर्चा कार्यकर्ताहरुले अघोषित मौन जुलुस निकालेर गोरामुमो पार्टीको झण्डा निकाल्ने प्रयास गरे पछि स्थिति तनावपूर्ण हुने सम्भावना समेत बडेको थियो।
यसै अवसरमा पुलिसबल सीआरपीको साथमा गोरामुमो पार्टीले झण्डा गाडेको स्थानमा भेला भएर उक्त झण्डा निकाल्न युवा मोर्चा कार्यकर्ताहरुलाई रोके पछि उनीहरु उक्त स्थानबाट एकाएक हटिएका थिए। त्यस समय उक्त स्थानमा गोरामुमो पार्टीका कार्यकर्ताहरु भने देखिएनन।
यता गोरामुमो पार्टीले शहरमा झण्डा फर्फराउँन शुरु गरेको सन्दर्भमा बोल्दै गोरामुमो आठ नम्बर वार्डका सयोजक सागर राईले गोजमुमो पार्टीले गोर्खाल्याण्ड ल्याउँछु भनेपछि आफुहरुले समेत आन्दोलनमा सहयोग पुर्याएको बताए। तिनले मोर्चाको आन्दोलनलाई सहयोग गरे पनि अहिले मोर्चा पुन: जीटीएमा फर्किए पछि आफुहरु गोरामुमो पार्टीको एकमात्र लक्ष्य छैटौ अनुसुचीको वकालत गर्दै खुल्ला रुपमा सडकमा ओर्लिएको बताएका छन।
“गोजमुमो पार्टीले गोर्खाल्याण्ड ल्याउँछु भनेर आन्दोलन गरेपछि हामी पनि आन्दोलनमा होम्मियौँ। यद्यपी मोर्चाले सिधै गोर्खाल्याण्ड भनेको कारण हामी पनि साथ लागेका थियौ। आज सवैधानिक ग्यारण्टी भएको छैटौ अनुसूची भन्दा तलको वयवस्था जीटीएमा पुन: गोजमुमो हिडेपछि हामी गोरामुमो पार्टीमा खुल्ला रुपले निस्केका हौँ। छैटौँ अनुसूचीबाट पनि गोर्खाल्याण्ड पुग्न सकिन्छ। ” सागर राईले भने।
0 Response to "गोरामुमो पार्टीले फर्फरायो कालेबुङमा हरियो झण्डा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.