-->
गोर्खाल्याण्डको मुद्दालाई बिकाशको मुद्दाले रोक्न सक्दैन – क्रामाकपा

गोर्खाल्याण्डको मुद्दालाई बिकाशको मुद्दाले रोक्न सक्दैन – क्रामाकपा

कालेबुङ, कालिमन्युज, 23 अक्टोबर 2013। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि सार्दै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले पर्चा बितरण शुरु गरेको छ। क्रामाकपाको पूर्वघोषित कार्यक्रम अनुसार आज पार्टी कार्यकर्ताहरुले आज यहाँको डम्बर चौकमा बाटोमा हिँड्ने सबैलाई उक्त पर्चा हातमा थमाईदिने कार्य गरे। 
यसै भेटमा क्रामाकपा कालेबुङ आण्ज़्चलिक समितिका अध्यक्ष किशोर प्रधानले पत्रकारहरुसंग कुराकानी गर्दै आजसम्म कुनै पनि राजनैतिक दलहरुले ठोस प्रकारले गोर्खाल्याण्डको आन्दोलनलाई अघि नबडाएको बताउँदै क्रामाकपाले यसलाई आफ्नो स्थापनाकालदेखि नै ईमान्दार बनेर अघि बडाउँने कार्य गरिरहेको बताए। 
तिनले छुट्टै राज्यको बिषयमा पहिला क्रामाकपाले जनतालाई पोष्टरिङ, पर्चा र पथसभाहरुबाट जागरुक बनाउँने अभियान शुरु गरेको अझ बताएका छन। यद्यपी तिनले कालेबुङको डम्बर चौकमा प्रशासनले पथसभा आयोजना गर्ने अनुमति प्रदान नगरेको तिनले बताए। तिनले यस अवधी पहाडमा अहिलेसम्म आन्दोलनहरु गणतान्त्रिक प्रक्रिया अनुसार हुन नसकेको दाबी गरे। 
“यहाँ नेताले जनतालाई आन्दोलन बलजफ्ति थोप्ने कार्य हुँदैछ। आन्दोलनमा नेताले जनता जन्माउँछ भन्ने गलत धारणा राखेकै कारण आन्दोलन बलपूर्वक थोप्ने कार्य भयो। नेतृत्वहरु ईमान्दार भएनन। स साना भूलहरुमा सम्झौता गर्दै हिड्नुपर्ने अवस्था छ। क्रामाकपाले कुनै पनि व्यवस्थामा सम्झौता गर्दैन” किशोर प्रधानले भने। 
तिनले कुराकानीकै क्रममा बिकाशको मुद्दाले गोर्खाल्याण्डको आवाजलाई कहिल्यै रोक्न नसक्ने दाबी गर्दै स्वाधीन भारत अघि दार्जिलिङमा जति विकास भएको थियो आजसम्म त्यसभन्दा अघि बढ्न सकेको छैन भने। जसरी स्वतन्त्रता संग्रामीहरूले विकासलाई भन्दा धेर स्वतन्त्रता, राष्ट्रियता, अस्तित्व र स्वाभिमानको लडाईँ लडे ठिक त्यसरी नै गोर्खाहरूले पनि राष्ट्रिय सुरक्षा, जातीय अस्तित्व र अस्मिताको मागमा आन्दोलनलाई निरन्तरता दिनपर्ने बताए। 
दार्जिलिङमा गोर्खाल्याण्ड्को मुल मुद्दा लिएर उठ्ने प्रत्येक पार्टीलाई आँखा चिम्लेर विश्वास गर्ने संस्कृति जनताले हटाउनुपर्ने भन्दै गोर्खाल्याण्ड् भन्ने सबै दलहरूलाई झट्ट विश्वास गर्न नहुने किशोर प्रधानले अझ बताएका छन। तिनले आन्दोलनलाई दबाउँन बारम्बार सरकारले षडयन्त्र रचिरहेको दाबी गर्दै जनताले स्वस्फूर्त आन्दोलनमा साथ दिनपर्ने बताएका छन। 
क्रामाकपाले गोर्खाल्याण्डको निम्ति ईमान्दार भएर आउँनेहरुलाई बारम्बार सहयोग गर्दै आएको बताउँदै जनताले क्रामाकपालाई साथ दिनपर्ने तिनले आह्वान गरे। गोर्खाल्याण्डको मुद्दा बिकाशको मुद्दासंग साटन् नसक्ने बताउँदै सरकारले बिकाशको मुद्दा अघि सारेर बारम्बार आन्दोलन शिथिल पार्ने प्रयास गरे पनि यसलाई रोक्न नसक्ने तिनले किटान गरे।

0 Response to "गोर्खाल्याण्डको मुद्दालाई बिकाशको मुद्दाले रोक्न सक्दैन – क्रामाकपा "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.