
लोकसभा चुनावको निम्ति पिपल्स फोरमले पाँचजना प्रार्थीहरुको प्रस्ताव लिएर भागोप अनि गोटाफोलाई पत्राचार गर्यो
डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 अक्टोबर 2013। दार्जीलिङ पहाडमा आगामी लोकसभा चुनावलाई लिएर बिस्तारै चुनावी कसरत सुरु हुन थालेको छ। पहाडमा तृणमूल कङ्ग्रेसले संगठन बिस्तारको कार्यलाई तिब्रता दिदै अप्रत्यक्ष रुपमा लोकसभा चुनावलाई नै ताकमा राखेको छ।
यता छैटौ अनुसूचीको मुद्दालाई बौराएर गोरामुमो पार्टीले भने लोकसभा चुनावलाई नै ताकेको राजनैतिक जानीफकारहरु बताउँछन। यस्तो अवस्थामा छुट्टै राज्यको मुद्दालाई काँधमा बोकेर डा महेन्द्र पी लामा लोकसभा चुनावको मैदानमा शंखनाद गरेर ओर्लिसकेका छन।
दार्जीलिङ पहाडमा यसरी लोकसभा चुनावलाई केन्द्र गरेर राजनैतिक हावा तातिन थालेको समयमा पिपल्स फोरमले भारतीय गोर्खा परिसंघ (भागोप) अनि गोर्खाल्याण्ड टास्क फोर्स (गोटाफो)लाई 2014 मा सम्पन्न हुने लोकसभा चुनावमा प्रार्थीहरुको नाउँ चयन गरेर पत्राचार गरेको छ। पिपल्स फोरमका महासचिवद्वारा हस्ताक्षरित पत्रमा आगामी लोकसभा चुनावको निम्ति मोठ पाँचजना उम्मेद्वारहरुका नाउँ चयन गरिएको छ।
उक्त सूचीको प्रथममा गोर्खाल्याण्ड टास्क फोर्सका महासचिव प्रो मुनिष तामाङ रहेका छन भने क्रमैले अधिवक्ता अरुण आचार्य, राष्ट्रिय पत्रकार जोएल राई, राष्ट्रिय पत्रकार स्वराज थापा अनि फोरमकै अध्यक्ष डा गोकूल सिन्हाको पनि नाउँ रहेको छ।
लोकसभा चुनावको निम्ति फोरमले पाँचजना उम्मेद्वारहरुको नाउँ चयन गरेर प्रस्तावको रुपमा भागोप अनि गोटाफोलाई प्रेषित गरे पनि उक्त नाउँहरुको सूचीमा अगावै लोकसभा चुनावमा लड्ने घोषणा गर्ने डा महेन्द्र पी लामाको भने नाउँ उल्लेख गरिएको छैन।
उक्त प्रार्थीहरुको नाउँ प्रस्तावको रुपमा पत्राचार गरेर प्रेषित गरे पछि तिनले आज टेलिफोनिक कुराकानी गर्दै आगामी लोकसभा चुनावको निम्ति प्रार्थीहरुको नाउँ प्रस्तावको रुपमा लिईएको बताए। तिनले उक्त नाउँहरु बिषयमा गोर्खाहरुको राष्ट्रिय गैरराजनैतिक संगठन भागोप अनि राजनैतिक दलहरुको सयुक्त दल गोटाफोले चर्चा गरेर कुनै एउटा नाउँमा सहमती बनाए ठिक हुने बताए।
यसबिषयका तिनले टेलीफोनिक कुराकानी गर्दै डा महेन्द्र पी लामाको नाउँ उल्लेख किन गरिएन भनि प्रश्न गर्दा डा लामाले आफ्नो राजनैतिक अडान स्पष्ट पार्न पर्ने बताए।
“डा महेन्द्र पी लामाले राजनैतिक अडान स्पष्ट पार्नुपर्छ। तिनले सांसद भएर अलग राज्य ल्याउँछु भनेका छन यदि सांसद नभए के हुनेछ ? चुनावमा पराजित भए तिनले के गर्नेछन ? यस्ता गम्भिर प्रश्नहरुबारे तिनले पहिले आफ्नो अडान स्पष्ट पार्न आवश्यक छ” प्रविण गुरुङले भने।
0 Response to "लोकसभा चुनावको निम्ति पिपल्स फोरमले पाँचजना प्रार्थीहरुको प्रस्ताव लिएर भागोप अनि गोटाफोलाई पत्राचार गर्यो"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.