-->
लोवर डुंग्रा अनि सिडफार्म क्षेत्रका एकसय भन्दा अधिक घरहरु तृणमूलमा सामेल

लोवर डुंग्रा अनि सिडफार्म क्षेत्रका एकसय भन्दा अधिक घरहरु तृणमूलमा सामेल

डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 अक्टोबर 2013। दार्जीलिङ पहाडमा हिल तृणमूल कङ्ग्रेसले आफ्नो संगठन बिस्तार गर्ने कार्य जारी राखेको छ। यसैक्रममा आज यहाँक़ो लोवर डुंग्रा क्लस्टर भवनमा आयोजित हिल तृणमूलको सभामा लोवर डुंग्रा अनि सिडफार्म क्षेत्रबाट एकसय भन्दा अधिक परिवारहरु तृणमूल कङ्ग्रेसमा सामेल भएका छन। 
सचिता छेत्रीको अध्यक्षतामा सम्पन्न भएको कोठे सभामा हिल तृणमूल नेताहरु क्रमैले छेवाङ भोटीया, प्रविण रहपाल, एन बी खवास, श्रद्धा शर्मा, गोपाल छेत्री, प्रणय थुलुङ आदि उपस्थित रहेका थिए। 
यस अवसरमा उक्त क्षेत्रका मोठ एकसय भन्दा अधिक घरका सदस्यहरुले तृणमूल कङ्ग्रेसको झण्डा दार्जीलिङ जिल्ला युवा अध्यक्ष छेवाङ भोटीयाको हातबाट ग्रहण गरे। 
कार्यक्रममा कालेबुङ महकुमा युवा तृणमूलका अध्यक्ष प्रणय थुलुङले सम्बोधन गर्दै पहाडमा गोजमुमो पार्टीले गोर्खाल्याण्डको मुद्दा छोडेको कारण नै तृणमूल कङ्ग्रेसमा मानिसहरु सामेल भईरहेको बताए। 
हिल तृणमूलले पहाडमा बिकाशको मुद्दालाई नै बिशेष प्राथमिकता दिदै पहाडमा बिकाश कार्यलाई पारदर्शी तरिकाले अघि बडाउँने पनि राईले बताएका छन।

0 Response to "लोवर डुंग्रा अनि सिडफार्म क्षेत्रका एकसय भन्दा अधिक घरहरु तृणमूलमा सामेल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.