-->
गोजमुमो उपाध्यक्ष कल्याण देवान अनि सभासद निमा तामाङले जमानत पाएनन.... विनय तामाङ अस्पतालमा

गोजमुमो उपाध्यक्ष कल्याण देवान अनि सभासद निमा तामाङले जमानत पाएनन.... विनय तामाङ अस्पतालमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 अक्टोबर 2013। गोजमुमो पार्टीका उपाध्यक्ष एंव सभासद कल्याण देवान अनि युवा नेता एंव सभासद निमा तामाङलाई आज कालेबुङ अदालतमा पेशी गरिएको थियो। यसैक्रममा गोरुबथानकी नारी मोर्चा केन्द्रिय समिति सदस्या कविता गुरुङलाई पनि अदालतमा पेश गरियो। 
न्यायालयले निर्धारित गरेको समयमा मोर्चा उपाध्यक्ष कल्याण देवान अनि निमा तामाङलाई अदालतमा पेशीको निम्ति ल्याउँदा मोर्चा समर्थक र शुभचिंन्तकहरु धेरै मात्रमा न्यायालय परिसरमा उनीहरुलाई भेट गर्न भेला भएका थिए। 
दुईवटा बेग्ला बेग्लै मुद्दाहरुमा पेशी गर्न ल्याईएका कल्याण देवान अनि निमा तामाङको जमानत याचिकालाई न्यायालयले खारेज गरिदिएको छ। 
बचाव पक्षका अधिवक्ताले उनीहरुका जमानत याचिका दर्ता गरे पनि अदालतले जमानत याचिका खारेज गरेर आगामी 12 नोभेम्बरको दिन पुन; पेश गर्न पर्ने निर्देश दिएको छ। यता नारी मोर्चा नेत्री कविता गुरुङको भने न्यायालयले जमानत याचिका स्वीकार गरिदिएको छ। 
मोर्चा उपाध्यक्ष कल्याण देवान अनि निमा तामाङलाई आज गोरुबथानमा के एन सुब्बाको घर जलाएको घटना अनि हिल तृणमूल नेता छेवाङ भोटियालाई प्रणघातक हमला गरेको मुद्दामा पेशी गरिएको थियो। उनीहरुलाई न्यायालयमा पेशी गर्न ल्याईरहेको समयमा युवा नेता एंव सभासद निमा तामाङले पत्रकारहरुसंग कुराकानी गर्दै पुलिश प्रशासनले मोर्चा नेताहरुलाई पक्राऊ गरेर अगणतान्त्रिक कार्य गरिरहेको आरोप लगाएका छन। 
मोर्चा सहसचिव बिनय तामाङले जेलमा शुरु गरेको अनशनलाई तिनले स्वागतयोग्य कदम हो भनि टिप्पणी गरेका छन। 
यसैक्रममा तिनलाई मोर्चा जीटीएमा फर्केको कारण पार्टी समर्थकहरु तृणमूल कङ्रेस अनि गोरामुमो पार्टीमा सामेल भईरहेको बिषयमा प्रश्न गर्दा तिनले उक्त पार्टी परिवर्तन गर्ने कार्य बर्षाको समयमा बिभिन्न प्रकारका झार उम्रने कार्य जस्तै हो भने।
 “जनता नडराई बस्नुपर्छ। बर्षामा बिभिन्न प्रकारका बनमाराहरु उम्रनु स्वाभाविक हो। यसले कुनै असर पार्ने छैन” निमा तामाङले भने। तिनलाई पनि आमरण अनशनमा बस्ने हो भन्ने प्रश्न गर्दा “समय आए पछि बस्नेछौँ” भने। 
यता कल्याण देवानले पनि समयमा अनशन बस्न सक्ने तर वर्तमानमा विनय तामङ्को निम्ति संशोधनगृहमा प्रवक्ताकोरुपमा रहन पर्ने बताए। 
अर्कोतिर गत 30 अक्टोबरदेखि जलपाईगडी संशोधनगृहमा नै अनशनमा बसेका गोजमुमो नेता विनय तामाङ्को आज अचानक स्वास्थ्य बिग्रे पछि तिनलाई आज अपरान्हदेखि सिलगडीको नर्थबेंगल मेडिकल कलेज अस्पतालमा रेफर गरिएको संसोधनगृह् सुत्रले बताएकोछ तथापी तिनलाई जलपाइगडी जिल्ला अस्पतालमा भर्ना गरिएकोछ। 
पुलिसले पक्राउ गरेका गोजमुमो नेताहरुलाई बिनाशर्त रिहा गर्नु पर्ने मांग गर्दै यो अनशन शुरु गरेको 1 दिनपछि नै तिनको स्वास्थ्य ठिक नभएको कारण तिनलाई पुर्ण निगरानीसाथ उपचार गरिरहेको बताइएकोछ। तिनको ब्लड प्रेशर कम भएको तर तिनले सलाइन पनि लिन नमानेको थप जानकारी प्राप्त भएकोछ।

Related Posts

0 Response to "गोजमुमो उपाध्यक्ष कल्याण देवान अनि सभासद निमा तामाङले जमानत पाएनन.... विनय तामाङ अस्पतालमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.