-->
गोजमुमो पार्टीलाई भातृ संगठनले छोडे साथ

गोजमुमो पार्टीलाई भातृ संगठनले छोडे साथ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 22 अक्टोबर। गोर्खाल्याण्डको मुद्दा छोडेर गोजमुमो पार्टी जीटीएमा फर्कने तय भए पछि यता आफ्नै भातृ संगठनहरुले पनि साथ दिन छोडेको छ। 
मूल मूद्दा गोर्खाल्याण्डलाई छोडेर पुन: मोर्चा जीटीएमा फर्किएको कारण देखाउँदै मोर्चाकै भातृ संगठन मानिने जनमुक्ति युनाइटेड लेवर वेलफेर अर्गनाइजेशनले आफ्नो साथ छोडेको घोषणा नै गरेको छ। पार्टीको भातृ संगठनहरुले यसरी साथ छोड्न थाले पछि मोर्चाको संकट बड्न थालेको छ। 
गोजमुमो पार्टीको भातृ संगठन मानिने उक्त संगठनका अध्यक्ष डी बी प्रधान, सचिव सुनिल गोले, लगायत सम्पूर्ण सदस्यवर्गले आज मोर्चाको पार्टी कार्यलयमा गएर गोजमुमो कालेबुङ महकुमा समिति सचिव कुमार चामलिङलाई सामुहिक राजिनामाको पत्र सुम्पिएको छ। पार्टीलाई यसरी सामुहिक राजिनामा पत्र सुम्पिनुको साथै संगठनको नाउँको अघि रहेको जनमुक्ति शब्दलाई पनि हटाएको छ। 
“छुट्टै राज्य गोर्खाल्याण्दको मुद्दालाई भुलेर मोर्चा जीटीएमा गएको कारण अब यसलाई समर्थन दिने कुनै औचित्य नै रहेन” – अर्गनाईजेसनका अध्यक्ष डी बी प्रधानले भने। तिनले अबोप्रान्त गोजमुमो पार्टीलाई समर्थन दिने कुनै अर्थ नरहेको कारण आफुहरुले संगठनको नाउँबाट जनमुक्ति शब्दलाई हटाएको समेत स्पष्ट पारे। 
उनीहरुले संगठनको नाउँबाट जनमुक्ति शब्द हटाउँनको साथै पत्रकार सम्मेलन गर्दा ‘पार्वत्य श्रमिक कल्याण संगठन’ नामक ब्यानर लगाएका थिए। आजसम्म हामी मोर्चाको एउटा भातृसंगठन बनेर छुट्टै राज्यको आन्दोलनलाई अघि बढ़ाइ रहेका थियौ। तर, हाल मोर्चा जीटीएमा आएर अड़िए पछि हामीले समर्थन फिर्ता लिने निर्णय लिएका हौ’ डी बी प्रधानले भने। 
यस अवधी तिनले जीटीएको अलोचना गर्न समेत चुकेनन। तिनले पत्रकार सम्मेल्नमा गोजमुमो पार्टीले ग्रहण गरेको जीटीएको खुल्ला आलोचना गर्दै यसले पहाडवासी अनि सम्पूर्ण गोर्खाहरुको आकांक्षालाई पुरा गर्न नसक्ने दाबी गरे। 
तिनले मोर्चाको सम्पूर्ण झण्डा र ब्यानरहरु फिर्ता गरेको बताउँदै आगामी दिनहरुमा गोर्खाल्याण्ड्को निम्ति अघि आउँने दलहरुलाई साथ दिने पनि स्पष्ट पारे। तिनले मोर्चाबाट आफुहरुले समर्थन फिर्ता लिए पनि अन्य दलहरुमा सामेल हुने कुरालाई भने अस्विकार गरेका छन।

0 Response to "गोजमुमो पार्टीलाई भातृ संगठनले छोडे साथ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.