-->
जोइंट् ऐक्सन कमिटिको टोलीको गृह मन्त्री सुसिल कुमार सिधेसंग भेट्

जोइंट् ऐक्सन कमिटिको टोलीको गृह मन्त्री सुसिल कुमार सिधेसंग भेट्

राजेश शर्मा, कालिमन्युज, 3 सेप्टेम्बर 2013, नया दिल्ली । आज भारतको राजधानी दिल्ली स्थित नर्थ ब्लक्मा गोर्खाल्याण्ड माग गर्ने जोइंट एक्सन कमिटिको प्रतिनिधी मण्ड्लले केन्द्रियगृह मन्त्री सुसील कुमार सिधेसंग गृह मन्त्रालयको कन्फ्रेस हलमा भेट गरेर प्राय 40 मिनट् बैठक गरे । 
उक्त बैठकमा आज प्रमुख रुपमा दार्जीलिगका सान्सद जसवन्त सिह, गोजमुमो महासचिव रोसन गिरी, विधायक डाक्टर हर्क बहादुर क्षेत्री, रोहीत शर्मा, त्रिर्लोक देवान, राश्ट्रिय कांग्रेसका सुरेन्द्र पारेख, क्रामाकपा पूर्व सांसद आर वी राई, गोविन्द क्षेत्री, पूर्व विधायक डिके प्रधान, एव पूर्व सांसद के वी क्षेत्रीले भाग लिएका थिए। 
आजको बैठकमा पहाड़बाट गएका टोलीले गृह मन्त्रीलाई एक ज्ञापन ट्क्राए। ज्ञापन पत्रमा पहाड़मा राज्यको ममता सरकारको गलत निती एव अलग राज्यको मागको सम्वैधानिक् अधीकार बारे बृस्तित जानकारी दिइएको थियो। टोलीले पहाड़मा राज्य सरकारले सिआरपी एव पुलिसको मदतमा अलग राज्य प्रेमी जनतालाई बेकसुर धरपकड़ गरेको र असान्ती फैलाएको कुरो बतायो। गृह मन्त्री सुसिल कुमार सिन्धेले प्रत्युत्तर्मा भने कि पहाड़मा जे हुन्दैछ र त्यहाको समस्याको विषयमा मुख्य मन्त्रीसंग बात चित गरिनेछ तर शिघ्र पहाड़मा भैरहेको बन्दलाई स्थगित् गर्नु पर्छ तब मात्रै त्रिपक्ष वार्ता राख्न सक्ने अस्वासनसंग अनुरोध गरे । 
बैठक पछि पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद जसवन्त सिहले बताए कि पहाड़को समस्या दिनो दिन खराब हुदै गैरहेकोछ जसबारे गृह मन्त्रीसंग बातचित आज भयो अनि उनले त्रिपक्ष वार्ता गरिदीने आश्वासन दिदै यो पहाड़मा भैरहेको बन्द स्थगित गर्नपनि अनुरोध गरे। अब जोइंट् ऐक्सन किमटिले पहाड्मा गएर् यसबारेमा सभा गरेर सो के गर्नु पर्ने हो सो तय गरिनेछ भनि रोशन गिरीले बताए । 
यस बारेमा विमल गुरुगलाई दुरभास मार्फत बताइसकिएकोछ। बिमल गुरुङ्संग सम्पर्क गर्दा उनले भने कि बन्द स्थगित गर्नु या नगर्नु कुनै ठुलो कुरो होइन तर यहा सम्पूर्ण भारतको गोर्खा जातीको चिन्हारीको प्रश्न् रहेको कारण अलग राज्यबारे निर्णय गर्न सरकार समर्थ छ भने बन्द स्थगित गर्न सकिन्छ्। 
ममता ब्यानर्जीले जाती विभाजनको गलत कुटनिति अपनाएर् गोरखा जातीमाझमा मतभेद ल्याउने प्रयास गरिन जो निन्दनिय छ। कतिपय लेप्चाहरुले यो बुझिसकेका छन तर थोरैले मात्रै नबुझेर् गोरखाल्याण्ड् विरोधी भएका छन। जे भएपनि बेसि संख्याका लेप्चाहरु समझदार छन र उनिहरुले अलग राज्यको मागमा साथ दिैरहने जनाएका छन, गुरुङले अझै बताए।

0 Response to "जोइंट् ऐक्सन कमिटिको टोलीको गृह मन्त्री सुसिल कुमार सिधेसंग भेट्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.