-->
ज्यान जान्छ भने पनि तयार छु तर बङगाल बिभाजन हुनेछैन – ममता ब्यानर्जी

ज्यान जान्छ भने पनि तयार छु तर बङगाल बिभाजन हुनेछैन – ममता ब्यानर्जी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 सितम्ब 2013। “ज्यान जान्छ भने पनि तयार छु तर बङगाल बिभाजन हुनेछैन” उक्त कुरा बङगालकी मुख्य मन्त्री ममता ब्यानर्जीले यहाँको मेला ग्राउण्डमा ईण्डिजेनस लेप्चा ट्राईबल एसोसिएसन (ईल्टा) को पक्षबाट ‘भाग्य बिधाता’को उपनाम थापेर भनेकी हुन। 
तिनलाई आज लेप्चा समुदायको संगठन ईल्टाले लेप्चा डेभलभमेन्ट बोर्ड गठन गरेको अवसरमा सर्वोच्च सम्मान भाग्य बिधाताको उपनामले सम्मानित गरेको थियो। 
गोर्खाल्याण्डको ठाडै बिरोध गर्ने ममता ब्यानर्जीले आज पनि बिरोध गर्न पछि परिनन। तिनले गोर्खाल्याण्ड टेरीटोरियल एडमिनिस्ट्रेसन (जीटीए) मा गोर्खाल्याण्ड नाउँ लेखिदिएको बताउँदै लेप्चाहरुले कहिल्यै लेप्चा ल्याण्ड नमागेको जनाईन। 
तिनले दार्जीलिङ पहाडमा अहिलेघरी बन्दको कारण बिकाश कार्य ठ्प्प रहेको बताउँदै आफुले पहाडको बिकाश कार्य गर्न चाहेको भए पनि बिकाश कार्य हुन नसकेको जनाईन। “जब बिकाशको कार्य पूर्णरुपले बन्द हुन्छ तब दुखी बन्छु। पहिला जीटीए चाहियो भने मैले जीटीए दिएँ। कोही व्यक्ति छन यहाँ काम गर्दैनन बेसी बोल्छन मात्र। यो दुखको कुरा हो” ममता ब्यानर्जीले बिमल गुरुङको नाउँ नलिई कटाक्ष गर्ने भनिन्। 
लेप्चा समुदायको पक्षबाट सर्वोच्च सम्मान ग्रहण गरेपछि तिनले लेप्चाहरुनै वास्तवमा दार्जीलिङका मूल वासिन्दा हुन भन्न पनि चुकिनन। “दार्जीलिङका ओरिजिनल वासिन्दा कोही हैँ तो वो लेप्चा हैं” ममता ब्यानर्जीले भनिन। तिनले दार्जीलिङ पहाडमा लेप्चाहरुको जनसंख्या कम नरहेको बताउँदै उनीहरु लगभग डेड लाख रहेको दाबी समेत गरिन। कार्यक्रमलाई सफल पार्न बिभिन्न स्थानहरुबाट लेप्चाहरु तीस चालिस हजार उपस्थित रहेको दाबी गर्दै कार्यक्रमलाई बिफल पार्न बन्दको नाउँमा लेप्चाहरुलाई रोक्न खोजेको पनि ब्यानर्जीले आरोप लगाईन।
तिनले कार्यक्रममा उपस्थित लेप्चाहरुलाई आफ्नो सम्बोधनमा मख्खै पार्न पछि परेनन। यस अवसरमा लेप्चाहरुको भाषा, साहित्य संस्कृतिको बिकाशको निम्ति गठन गरिएको लेप्चा डेभलपमेन्ट बोर्डलाई 50 करोड दिने घोषणा गरिन। “लेप्चाहरु स्वनिर्भर बन्नको निम्ति हस्तकलाको क्षेत्रमा 10 लाख प्रथम चरणमा दिईनेछ। सार्बजनिक भवन अनि पुस्तकालय निर्माणको निम्ति 10 लाख दिईनेछ। लेप्चा भाषा आगामी सत्रदेखी दार्जीलिङ पहाडको प्राथमिक पाठशालाहरुमा पडाईनेछ। एकहजार घरहरु लेप्चाहरुको निम्ति निर्माण गरिनेछ। उक्त घर निर्माणको निम्ति 2 लाख गरेर अनुदान प्रदान गरिनेछ। 5 हजार लेप्चा युवाहरुलाई बङगाल पुलिसमा भर्ना गरिनेछ। लेप्चा सांस्कृतिक धरोहर निर्माणको निम्ति 25 लाख दिईनेछ। लेप्चा डेभलभमेन्ट बोर्डको कार्यालय स्थापनाको निम्ति 1 करोड प्रदान गरिनेछ” – ममता ब्यानर्जीले मेला ग्राउण्डबाट घोषणा गरिन।
उक्त घोषणाकै क्रममा तिनले 1 सय लेप्चा युवा युवतीहरुले भोलीनै जीटीएमा कार्यको निम्ति आफ्नो ड्युटी जोईन गर्ने घोषणा गर्दै उक्त एकसयजना लेप्चा युवायुवतीहरुको सूची आफुले मागेको बताइन। तिनले उक्त बिकाश कार्यहरुको घोषणा गर्दा मैदानमा उपस्थित हजारौँ लेप्चाहरु आच्चुले भन्दै कराईरहेका थिए। 
यसैक्रममा तिनले एलडीबी सञ्चालनको निम्ति प्लान अनि ननप्लान बजेट समेत छुट्ट्याईएको जानकारी गराईन। तिनले लेप्चा कलाकारहरुको संरक्षणको निम्ति लेप्चा अकादमी पनि निर्माण गरिदिने आफ्नो सम्बोधनमा घोषणा गरिन।
लेप्चा समुदायको पक्षबाट सम्मान थापेर उनीहरुलाई एकाधिक बिकाश कार्यको घोषणा गरेर खुशी पारेपछि तिनले पहाडमा चलिरहेको राजनैतिक अस्थिरता बिषय़मा कडा टिप्पणी गर्न चुकिनन। यद्यपी तिनले यहाँका कुनै राजनैतिक पार्टी एंव नेताहरुका नाउँ भने लिएनन। दार्जीलिङ पहाडमा छुट्टै राज्यको आन्दोलनले यहाँको शैक्षिक संस्थानहरु महिना दिनदेखी बन्द रहेको बिषयमा तिनले टिप्पणी गर्दै भने –“कालेबुङ एडुकेसनल हब हो। खरसाङ एडुकेसन हब हो। दार्जीलिङमा पुरा विश्वभरीका विध्यार्थीहरु अध्ययन गर्न आउँछन। स्थानीय बिध्यार्थीहरु पड्छन। यता आफ्ना नानीहरुलाई बिदेशमा पडाएर विद्यालयहरु बन्द गर्छन यो के हो ? खानाको निम्ति राशन बन्द गर्छन यो के हो ?” यस अवधी तिनले पहाडका बन्द राशन दोकानहरु यथाशिघ्र खोलेर राशन बितरण गर्ने निर्देश दिदै यदि राशन दोकानहरु नखोले लाईसेंस रद्द गरेर उक्त राशन दोकानको लाईसेन्स नयाँ युवाहरुलाई दिने पनि चेतावनी दिईन।  
“चाहे दिल्ली से ओबामा तक जाओ लेकिन दार्जीलिङ हमारा है, कालेबुङ हमारा है, खरसाङ हमारा है और हमारा पास रहेगा” गोर्खाल्याण्ड मागको नाउँ नलिई ममता ब्यानर्जीले गोर्खाल्याण्ड माग्नेहरुलाई चुनौति दिदै भनिन। यस अवधी तिनले तेलेंगनाको माग बेग्लै रहेको बताउँदै कङ्ग्रेसले राजनीति गरेको आरोप लगाईन। यसैक्रममा तिनले पहाडमा भईरहेको घरभित्र जनता कार्यक्रम प्रति कटाक्ष गर्दै भनिन – “यहाँ राजाको शाषण जस्तो एकतन्त्र शाषण हुँदैछ। घरी घरभित्र भन्छन। घरी घरबाहिर भन्छन। यो कस्तो शाषण हो?”
आफ्नो सम्बोधनको क्रममा तिनले भोली दार्जीलिङमा हुने जीटीएको बैठकमा जीटीए प्रमुख चयन गरेर सञ्चालन गर्ने अपिल पनि गरिन। तिनले जनताले नेता चुन्ने अनि नेतालाई हटाउँने गरेको बताउँदै भने – “एकसमय घिसिङ थिए, तिनलाई जनताले नै हटाए। जनताले नै नेता चुन्छन अनि जनताले नै नेतालाई हटाउँछन। म चाहन्छु शान्तिले काम होस” ममता ब्यानर्जीले भनिन।
लेप्चा समुदायको निम्ति बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले लेप्चा डेभलपमेंट बोर्ड गठन गरिदिएको खुशीयालीमा लेप्चा संगठन ईल्टाको पक्षबाट अध्यक्ष एल एस तामसाङले सर्वोच्च सम्मान ‘भाग्य बिधाता’को उपनामले ममता ब्यानर्जीलाई सम्मानित गर्दै स्मृति चिन्ह प्रदान गरे। 
यस अवसरमा ईल्टा अध्यक्ष तामासाङले लेप्चाहरुको समस्या आजसम्म कुनै पनि मुख्यमंत्रीले नबुझेको आरोप लगाउँदै केवल ममता ब्यानर्जीले मात्र समस्या बुझेर समाधाण गरेको कारण नै तिनलाई सर्वोच्च सम्मानले सम्मानित गरेको जनाए। कार्यक्रममा उत्तरबङगाल बिकाश मन्त्री गौतम देवले पनि सम्बोधन गरे। कार्यक्रममा लेप्चा संगठनको पक्षबाट बिभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि सम्पन्न भयो। धार्मिक विधी अनुसार शुरु भएको कार्यक्रममा पद्मश्री सोनाम छिरिङले लेप्चाले बाँसुरीको धुनले ममता ब्यानर्जीलाई स्वागत गरे।
लेप्चा डेभलभमेन्ट बोर्डलाई ममताको सौगात
1.       एलडीबी लाई 50 करोड दिईने
2.       हस्तकला बिकाशको निम्ति 10 लाख
3.       सार्बजनिक भवन अनि पुस्तकालयको निम्ति 10 लाख
4.       5 हजार लेप्चा युवाहरुलाई पुलिसमा भर्ना
5.       1 हजार लेप्चाहरुको घर निर्माण गर्न 2 लाखको दरले धनराशी दिईने
6.       लेप्चा सांस्कृतिक एंव धरोहर निर्माणको निम्ति 25 लाख
7.       एलडीबी कार्यलय निर्माण गर्न 1 करोड
8.       1 सय लेप्चा युवाहरुले भोलिदेखि जीटीएमा कार्य गर्ने
9.       लेप्चा अकादमी स्थापना गरिने 

Related Posts

0 Response to "ज्यान जान्छ भने पनि तयार छु तर बङगाल बिभाजन हुनेछैन – ममता ब्यानर्जी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.