-->
कालेबुङ जिल्ल्लाको निम्ति कोभिड-19 अस्पताल त्रिवेणीमा

कालेबुङ जिल्ल्लाको निम्ति कोभिड-19 अस्पताल त्रिवेणीमा

कालिमन्युज, कालेबुङ, 7 मई 2020: राज्य सरकारले प्रत्येक जिल्ल्लाको निम्ति आआफ्नै क्षेत्रमा जिल्ला कोविड 19 अस्पताल निर्माण गर्ने निर्णयकै आधारमा जीटीए क्षेत्रको निम्ति कालेबुङ जिल्लामा यो अस्पताल बनाइने भएको छ।
टिस्टाको नजिक टिस्टा- रंगीत त्रिवेणी संगम स्थलकै छेउमा स्थित जीटीएको तिन तल्ले नचलाइएको टुरिजम बिल्डिंगमा  कोविड अस्पताल शुरु गर्ने निर्णय लिइएकोछ। 
डा. सुशान्त रोय 
सिभियर एक्युट रेस्पिरेटोरि इंन्फेक्सन इल्नेस (SARI) को निम्ति कोविड 19 अस्पताल निर्माण गरिने प्रस्तावनालाई वडोत्तरी गरि अब निर्माण गरिने यस अस्पतालमा आइसोलेसन सेंटरसंगै कोविड 19 को टेस्टिंगको निम्ति स्वाब स्याम्पल लिने अनि लेवल 1 र 2 को उपचार पनि गरिनेछ। गाउदेखि टाडा र एकातमा भएकोले यसले मानसिक रूपमा पनि उपचारमा सहायता पुग्ने आशा गरिएकोछ। यो अस्पताल 100 वटा पलंग भएको हुनेछ अनि यस अस्पतालको निर्माण, व्यवस्थापनकार्य बिहिबारदेखि शुरु गरेर 20 दिनभित्रमा पुरा गरिनेछ |
चरण चरणमा बसि सकेको सभाहरुमा जिल्ला स्वास्थ्य विभाग, विश्व स्वास्थ्य संस्था, जिल्ला प्रशासन र जी टी ए माझ बसेको सभाले यो अस्पताल स्थापित गरिने चुडान्त निर्णयमा पुगेकोछ।
हिजो दार्जीलिङको लाल कोठीमा जीटीएका अध्यक्ष अनित थापाको अध्यक्षतामा  बसेको सभामा जीटीएले उक्त बिल्डिंग उपलब्ध गराउने र सरकारले अस्पताल बनाउने कुरोमा सहमती भएको हो। उत्तर बङ्गालका अफिसर अन स्पिसियल ड्युटि डा. सुशान्त रोय माझ बसेको बैठकमा यो निर्णय लिएको छl डा. रोयले उत्तर बङ्गालका जिल्लाहरुमा कोभिड-19 को उपचार र पूर्वाधारहरू निरीक्षण गरिरहेका छन् |यस क्षेत्रको भ्रमण गरेर काम अघि बडाइनेछ। यहाँ 4-5 भेण्टिलेटर लगायत 3 पोर्टेबल भेण्टिलेटर पनि उपलब्ध हुनेछ।  

Related Posts

0 Response to "कालेबुङ जिल्ल्लाको निम्ति कोभिड-19 अस्पताल त्रिवेणीमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.