
साहित्य अकादमी पुरस्कार र विवाद विषयमा बहस
डी.के. वाइबा, कालेबुङ 11 मार्च। ‘साहित्य अकादमी पुरस्कार र विवाद’ विषयमा बहस कार्यक्रम सम्पन्न भएको छ। मन्सोङ पुस्तकालयको आयोजनामा सम्पन्न उक्त बहस कार्यक्रममा कथाकार सञ्जय विष्ट अनि कवि सुधीर छेत्री स्रोत व्यक्तिका रुपमा उपस्थित रहेका थिए। जुन बहसलाई कवि मनोज बोगटीले सञ्चालन गरेका थिए। मन्सोङ पुस्तकालयको कालेबुङ शाखा पुस्तकालय भवनमा सम्पन्न बहस कार्यक्रममा नेपाली साहित्य अकादमी पुरस्कार माथि समय समयमा हुने विवाद सम्बन्धि बहस भएको थियो। ‘मन्सोङ पुस्तकालयले साहित्य, राजनीति, कला आदि विषयहरूमा स्वच्छ बहसको सुरुआत गर्ने प्रयास गरेको छ। हामी कसैलाई ठूलो वा सानो पार्नका निम्ति बहस गर्ने पक्षमा होइन तर सकारात्मक कार्यको अपेक्षा राखेर स्वच्छ बहस होस भन्ने ठान्दछौँ’ पुस्तकालयका प्रमुख बिपल रसाईले स्वागत गर्दै भने। उनले आगमी दिनहरूमा अन्य विषयहरूमा पनि बहस गर्ने भन्दै जुन बहसबाट समाजलाई लाभ होस् भन्ने चाहना राखेको पनि स्पष्ट पारेका थिए।
बहसलाई सुरुआत गर्दै कवि मनोज बोगटीले पनि उक्त बहसमा व्यक्तिगत आक्षेप लगाएर कसैलाई उँच वा नीच पार्ने प्रयास नगरेको स्पष्ट पारेका थिए। उनलले नेपाली साहित्यमा अकादमी पुरस्कारलाई लिएर समय-समयमा विवाद हुने गरेको बताउँदै परामर्ष समितिले लवी लगाएर पुरस्कार दिने संस्कारको स्थापना गरिरहेको कारण नै विवादहरु जन्मने गरेको बताए। ‘नेपाली साहित्यमा सुवानन्द दासले पृथ्वीनाराणय शाह कवितामा जसरी गुणगाण गाएका छन् त्यस्तो गुणगाण गाउने परम्परा हुनु हुँदैन। गुणगाण गाउनेहरूलाई मात्र अकादमीको परामर्श समितिले राष्ट्रिय स्तरका कार्यक्रमहरूमा पठाउँदा हाम्रो नेपाली साहित्यको अनुहार राष्ट्रमा खस्केको छ’ कथाकार सञ्जय विष्टले भने। ‘लेख्नेहरूले पुरस्कारको लोभ गर्दैनन्। तर राष्ट्रिय स्तरमा जुन पुस्तकले साहित्य अकादमी पुरस्कार पाउँछ त्यसको अनुवाद हुँदा नेपाली साहित्यको स्तर त्यहाँ झल्केको हुन्छ। यसकारण उत्कृष्ट कृतीहरू छुट्नु हुँदैन भन्ने हाम्रो धारणा हो’ विष्टले अझ भने। यसक्रममा अहिलेसम्म एकाधिक राम्रा कृति अनि कृतिकारहरूले सम्मान साहित्य अकदमीको परामर्श समितिले नदिएको आरोप नै उनले लगाए। ‘कवि राजेन्द्र भण्डारीको कविताको उँचाई जहाँ छ त्यहीँ कवितालाई ज्युरीले बुझ्दै नबुझ्ने भन्छन्। ज्युरीमा यदि त्यस्ता व्यक्ति पुगे सर्जकको मूल्याङ्कन कसरी हुन्छ?’ कवि सुधीर छेत्रीले एउटा उदाहरण पेश गर्दै भने। ‘राष्ट्रिय स्तरको कार्यक्रममा नेपाली साहित्यलाई प्रतिनिधी गर्ने राम्रा राम्रा स्रष्टाहरूलाई परामर्श समितिले किन पठाउँदैनन्?’ सुधीर छेत्रीले प्रश्न तेर्साए। साहित्य अकादमी पुरस्कार सम्बन्धि समय समयमा यसरी विवाद भइरहे पनि उक्त विवादलाई कसैले खुलेर भने अघि नल्याएको पनि उनले बताएका छन्। मन्सोङ पुस्तकालयले आँट गरेर यस्तो विषयमा बहस राखेकोमा आभार प्रकट गर्दै आगमी दिनमा परामर्श समिकै सदस्यहरूलाई समेत बहसमा राख्नुपर्ने उनले सुझाव पेश गरे। साहित्य अकादमीले आयोजना गर्ने कार्यक्रमहरूमा राम्रा स्रष्टाहरूलाई पठाउँन सके नेपाली साहित्यकै उँचाई बड्ने बताउँदै अहिले केही अपवादलाई छोडेर धेर जसो भने अनुवाद गर्दा राष्ट्रिय स्तरमा देखाउन नसक्ने कार्यहरू परामर्श समितिले गरेको उनले आरोप लगाए। यतिमात्र होइन कतिपय कार्यहरूमा त झनै अच्चम्मका कार्यहरू भएको उनले बताए। ‘साहित्य अकादमीले राम्रा राम्रा पुस्तकहरू प्रकाशित गरेका छन्। त्यस्ता पुस्तकहरूमा छुट्नै नहुने व्यक्तिका रचनानै समावेश छैन। यस्तो कार्य कसरी भयो?’ कवि सुधीर छेत्रीले अकदमीद्वारा प्रकाशित पुस्तकहरूको नाउँ लिएरै उदाहरण पेश गर्दै भने। साहित्य अकादमीको परामर्श समितिको संयोजक बन्नलाई लबीको प्रयोग धेर भएको कारण एकाधिक राम्रा स्रष्टाहरूले सही समयमा सम्मान नपाएको पनि सञ्जय विष्टले उदाहरण पेश गरे। ‘कुमार प्रधान, हाईमानदास राई ‘किराँत’, गुप्तप्रधान लगायत यस्ता धेरै स्रष्टाहरू छन् जसले सही समयमा सही मूल्याङ्कन गर्ने कार्य भएन। भाँडाकुटी खेल्ने समयमा खेल्न नदिनु अनि ठूलो भएपछि भाँडाकुटी थुपारी दिनु चाहीँ सम्मान होइन’ सञ्जय विष्टले भने। यता कार्यक्रमलाई सञ्चालन गर्दै नेपाली साहित्य अकादमी माथि हुने विवादको बहसमा सहभागी भएवापत् भविष्यमा कथाकार सञ्जय विष्ट अनि कवि सुधीर छेत्रीलाई उक्त पुरस्कार परामर्श समितिले चयन नगर्नसक्ने कुरा पनि ठट्टा गर्दै भनेका थिए।
0 Response to "साहित्य अकादमी पुरस्कार र विवाद विषयमा बहस"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.