
प्रतिक्षा पछि जीटीए चिफ एकज्युकेटिभको चयन ले जनतामा निराशा
कालिमन्युज, कालेबुङ 27 सितम्बर 2013 । ग़ोर्खाल्याण्ड्को मागले पुन जुर्मुराएको जोश पुन सेलाउनेनै भयो। सेलाउन वाध्य गरायो भन्नमा अत्युक्ति नहोला पनि। जे होला भन्ने आशंका थियो त्यहीँ भयो। जनताले जे नहोस भन्ने चाहेका थिए आखिरमा त्यही भयो।
हो दार्जीलिङ पहाडमा आखिरमा आज नहुनु पर्ने जे थियो त्यहीँ भयो।
गोजमुमो बारम्बार दोहोर्याउदै भनिरहेको अंतिम चरणको आन्दोलनको अन्त नै भएको धेरैले ठानिसकेका छन। शहिद दिवसको छेक पारेर तेस्रो चरणको निर्णायक भनि घोषणा गरिएको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन आखिरमा जीटीएको चौकिमा नै पुगेर ब्रेक लाग्यो।
यसपल्ट पनि बिगतका दिनहरुमा झै आन्दोलनकारीहरु बङगाल सरकारले चालेको चालमा फँसे अनि जीटीएको चौकि नै सम्हाल्न पुगे। गोर्खाल्याण्डको निम्ति दार्जीलिङ पहाडमा 29 जुलाई देखि शुरु भएको अनिश्चितकालिन पहाड बन्दलाई समर्थन गर्दै सम्पूर्ण पहाडवासी एकचोटी गोर्खाल्याण्डको निम्ति होम्मिए। कालेबुङका मंगल सिह राजपुतले डम्बर चौकमा नै आत्मदाहको प्रयास गरेर आफ्नो प्राण नै त्यागे। सरकारी कार्यलयमा कार्यरत कर्मचारीवर्ग गोर्खाल्याण्डकै निम्ति आफ्नो कार्यमा गएनन अनि त्यसको साटो सरकारले तिनीहरुलाई दशैको सौगात केवल छ दिन वेतन मात्र दियो।
यसरी जनताले आफ्नो माटोको निम्ति दिएको त्याग अनि बलिदान 36 दिन पहाड बन्द पछि आज त्यही फेल्युर भएको जीटीएको चौकिमा पुगेर थामिएको छ।
गोजमुमोको वाध्यता र अर्को कुनै विकल्प नभएको कारणनै गोजमुमो जीटीए थाप्न अघि सरेको हो भन्ने केही जानिफकारहरुको मंतव्य छ भने गोजमुमोका उपसभापति अनि जीटीए सभा अध्यक्ष प्रदिप प्रधान ले यसलाई आन्दोलनको एउटा स्ट्र्याटजी बताए भने। तिनले आन्दोलनमा एक कदम हिडेर दुइ कदम सर्नु कुनै ठुलो कुरा होइन भन्ने बताए।
केन्द्र सरकारले तेलेंगना राज्य गठनको घोषणा गरेपछि एकाएक तातिएको गोर्खाल्याण्ड आन्दोलनमा विद्यार्थीवर्ग सरिक भए।
दैनिक हजारौ जनता गोर्खाल्याण्डको नाराबाजी गर्दै सडकमा ओर्लिए। मोर्चा अध्यक्ष बिमल गुरुङले जीटीए प्रमुखको पदबाट राजीनामानै दिएर आन्दोलनमा होमिए। आन्दोलन उग्र बन्दै गयो बाटोमा वाहनहरु जल्दै थियो अनि यता सरकार आन्दोलनलाई दबाउँन पहाडमा सीरपी भित्राउँन व्यस्त भए। यसैक्रममा बिभिन्न ठाउँहरुबाट सभासदहरु पक्राऊ पर्न थाले सयौ आन्दोलनकारी जनताहरु जेलभित्र थुनिए। आन्दोलनलाई अझ व्यापक बनाउँन गोर्खाल्याण्ड माग्ने पहाडका राजनैतिक पार्टीहरुलाई लिएर गोर्खाल्याण्ड जोईन एक्सन कमिटि नै बनियो। नेतृत्वहरु दिल्ली धाए अनि केन्द्रिय नेताहरुलाई भेटघाट गरे। यस्तो परिस्थिति सृजना हुँदा समेत बङागाल सरकारले भने गोर्खाल्याण्ड माग्नेहरुलाई अत्तो पत्तो नै दिएन।
यसैक्रममा सरकारले जीटीए प्रमुखको चुनाउँ गराउँन मुख्य सचिवलाई निर्देश दिए पछि बैठक बस्यो अनि उक्त बैठकमा सभासदहरु पूर्णरुपले उपस्थित नभएपछि बैठन हुनै सकेन। यद्यपी सरकारले बारम्बार दबाव बनाए पछि पुन: जीटीए प्रमुखको चयनको निम्ति आज एउटा बैठक डाकेको थियो। दार्जीलिङको भानु भवनमा जीटीए मुख्य सचिव आरडी मिनाले डाकेको बैठकमा सभासदहरु जाने हो होईन अनि जीटीए चिफको चयन गर्ने हो होईन भन्ने सम्पूर्ण पूर्व अनुमानहरु आजको बैठक पछि समाप्त भएको छ। बैठकमा गोजमुमो सहसचिव एंव सभासद बिनय तामाङलाई उपस्थित 34 सभसदहरुले सर्वसहमतिले जीटीए चिफ एकज्युकेटिभ चयन गरे पछि अब जीटीए चिफको विवाद पनि समाप्त भएको छ।
यता मोर्चा अध्यक्ष बिमल गुरुङले जीटीए चिफ पदबाट राजीनामा समेत दिएर आन्दोलनलाई अघि बडाउँदा सम्पूर्ण जनता नै आन्दोलनमा होमिएका थिए। आन्दोलनले समेत यस अवधी जोड पक्रेज्को थियो। आखिरमा मोर्चाले पुन: जीटीएकै बाटो पैलाए पछि आगमी दिनको आन्दोलन कता जाने हो भन्ने प्रश्न खडा भएको छ। मोर्चाले आज जीटीए चिफको दार्जीलिङमा चयन गर्न साथै कालेबुङमा यसको हल्ला डडेलो सल्केको झै फैलियो। मानिसहरु उक्त बिषयमा चर्चा गर्दै आखिरमा जीटीएमा नै जान थियो भने किन आन्दोलन गर्दै पहाडमा बन्द डाक्ने कार्य भयो ? जनतालाई किन आन्दोलनको नाउँमा सताउँनु ? यस्तै एकाधिक प्रश्नहरु खडा भएको छ। उक्त प्रश्नहरुको घेराभित्र मोर्चाले भने जीटीएको चिफ पदमा चयन गरे पनि आन्दोलनलाई कस्तो प्रकारले अघि बडाउँने हुन भन्ने टट्कारो प्रश्न अल्झेको छ।
0 Response to "प्रतिक्षा पछि जीटीए चिफ एकज्युकेटिभको चयन ले जनतामा निराशा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.