-->
जीटीएको आधिकारिक सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर सरकारलाई पठाउँनुपर्छ – आर बी राई

जीटीएको आधिकारिक सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर सरकारलाई पठाउँनुपर्छ – आर बी राई

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 सितम्बर 2013। “गोजमुमोले यथाशिघ्र जीटीए सभाको आधिकारिक सभा डाकेर छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गर्नुपर्छ। जीटीए सभामा आधिकारिक रुपले गोर्खल्याण्डको प्रस्ताव पारित गरेपछि पुन: जीटीए खारेज गर्नुपर्छ। यसले मात्र गोजमुमो पार्टीको ईमन्दारिता स्पष्ट बन्नेछ। यो मोर्चाको निम्ति परिक्षाको समय हो” उक्त कुरा गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिका महासचिव एंव क्रामाकपा अध्यक्ष आर बी राईले पत्रकार सम्मेलन डाकेर भनेका हुन। 
तिनी आज अचानक कालेबुङ आईपुगेका थिए। यस अवधी यहाँको पार्टी कार्यलयमा पार्टी कार्यकर्ताहरु संग एउटा बैठक समेत सम्पन्न भयो। पार्टी कार्यलयमा नै आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोर्चाले गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिको बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव जीटीए सभामा आधिकारिक रुपले पारित गर्ने बचन दिएको तिनले दाबी गरे। 
“क्रामाकपाले अनिश्चितकालको निम्ति सहयोग गर्छ भन्ने होईन। जनताले पनि सधैभरिको निम्ति सहयोग गर्दैनन। किनभने जनता गोर्खाल्याण्ड भनेको कारण सडकमा ओर्लिएका हुन। आफ्नो प्राण त्यागेका हुन। यस्तो अवस्थामा सधै जीटीएमा नै बसे हामी साथ छोड्ने छौ अनि जनताले पनि साथ छोडेको हुनेछ” आर बी राईले अझ भने। 
जनताले छुट्टै राज्यको निम्ति सम्पूर्णरुपले लडेको अवस्थामा यदि दार्जीलिङ केन्द्रित व्यवस्थामा नै भुलिए क्रामाकपा पार्टीले साथ दिनुको कुनै औचित्य नरहेको अनि जोईन्ट् एक्सन कमिटिको उदेश्य बिपरित हुने तिनले बताए। 
“पहिला जीटीए सभामा सयप्रतिशत बहुमतले गोर्खाल्याण्ड् प्रस्ताव पारित गरेर सरकारलाई पठाओस। यदि त्यसो नगरेर निर्ढुक्क बसे हामी साथ छोड्नेछौँ” क्रामाकपा अध्यक्ष आर बी राईले स्पष्ट भने।

अर्कोतिर गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिमा सम्पूर्ण गोर्खाल्याण्ड माग्ने दलहरु सम्मिलित भए पनि गोर्खाल्याण्ड माग्नेहरुकै पंक्तिमा आउँने डा महेन्द्र पी लामा भने किन जोईन्ट् एक्सन कमिटिमा सामेल हुन सकिरहेको छैन भन्ने प्रश्न गर्दा तिनले गोर्खल्याण्ड माग्नेहरु सम्पूर्ण मानिसहरु एकबद्ध हुनपर्ने बिचार व्यक्त गरे। 
तिनले यस बिषयमा अरुको भिन्न मत हुनसक्ने बताउँदै क्रामाकपा पार्टी भने गोर्खाल्याण्ड माग्नेहरु सबै एकबद्ध नभएसम्म आन्दोलन सफल हुँदैन भन्ने बिचार राख्छ भनि स्पष्टिकरण दिए ।
अर्कोतिर क्रामाकपा पार्टीका प्रवक्ता गोबिन्द छेत्रीले पत्रकारहरुलाई सम्बोधन गोर्खाल्याण्ड जोईन्ट एक्सन कमिटिको पहिलो बैठकमा जीटीएको अस्तित्व के हुने भन्ने बिषयमा चर्चा भएको जानकारी गराउँदै जीटीएको सभामा गोर्खाल्याण्डको मागबारे प्रस्तावना पारित गरेर जीटीए खारेज गर्ने लिखित प्रस्ताव गोजोएकको सभामा पारित गरेको जानकारी गराए। 
तिनले सम्पूर्ण जनताले मूल उदेश्य गोर्खाल्याण्ड राखेर आफ्नो प्राणको पर्वाह नगरी आन्दोलनमा होमिएको अनि दार्जीलिङमा नारीहरुले जीटीएको श्राद्ध गरेको भनि कपाल मुण्डन गरेको बताउँदै यदि यस्तो अवस्थामा पनि जनताको त्यागलाई वास्ता नगरी जीटीएमा बसे जनतालाई महाधोखा हुनेछ भने।
यस्तो कार्यमा मोर्चा आफै सतर्क रहनुपर्ने सुझाव दिदै उनीहरुले सचेत बनेर गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर झट्टै खारेज गर्ने कार्य गर्नुपर्छ भन्ने राईले बताए।

Related Posts

0 Response to "जीटीएको आधिकारिक सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर सरकारलाई पठाउँनुपर्छ – आर बी राई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.