-->
गोर्खाल्याण्ड माग्नेहरुले एकाग्रता भंग गर्नु हुँदैन – गोरानिमो

गोर्खाल्याण्ड माग्नेहरुले एकाग्रता भंग गर्नु हुँदैन – गोरानिमो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 सेप्टेम्बर। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाबाट गोर्खाल्याण्ड माग्ने राजनैतिक दलहरुले आफ्नो एकाग्रता भंग गर्न नहुने गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा अध्यक्ष दावा पाख्रिनको भनाई रहेको छ। तिनले आज एक पत्रकार सम्मेलन डाकेर अहिले घरी पहाडका गोर्खाल्याण्ड माग्ने दलहरुले आफ्नो एकाग्रता भंग गरिरहेको बताएका छन।
“जसरी अर्जुनले माछाको आँख़ा मात्र देखेका थिए त्यसरी नै हामीले पनि गोर्खाल्याण्ड मात्र देख्नुपर्छ। हामी कुनै पनि सहुलियतहरु पाउँदा बिचलित हुनु हुँदैन। हाम्रो लक्ष्य गोर्खाल्याण्ड भएको कारण यसता स साना मुद्दाहरुमा हामीले ध्यान केन्द्रित गरेर आन्दोलनलाई दिग्भ्रमित पार्नु हुँदैन” – दावा पाख्रिनले भने।
तिनले आफ्नो पार्टी गोर्खाल्याण्ड राज्य प्राप्तिको लक्ष्य लिएर गठन भएको बताउँदै यसबाहेक अन्य मुद्दाहरु तिनले नहेर्ने बताएका छन। 
“दिल्लीमा सम्पन्न भएको सेमिनारले निष्कर्षमा युटी निकालेको छ। यसरी विकल्पहरु खोजी हिड़नाले अलग राज्यको मुद्दाको स्तर घटेर जान्छ” तिनले अझ भने। पत्रकारहरुसंग कुराकानी गर्दै तिनले छुट्टै राज्यको मांगमा आगामी दिसम्बर महिनाको प्रथम सातामा दिल्लीमा आफ्नो दलले धरना प्रदर्शन गर्ने बताए। तिनले उक्त प्रदर्शन आगामी 2 दिसम्बरदेखि दिल्लीमा सम्पन्न हुने जानकारी गराउँदै उक्त प्रदर्शनीमा गोर्खाल्याण्डको मुद्दा उठाउने तिनले बताए। 
यस अवसरमा तिनले दिल्लीमा आफ्नो दलले तीब्र गतिमा संगठन विस्तार गरिरहेको दाबी गरेको छ। तिनले आफ्नो कार्यक्रम बिषेश गरेर दिल्ली केन्द्रित हुने पनि बताएका छन। पत्रकारहरुसंगको कुराकानी तिनले बङगाल सरकारले सरकारी कर्मचारीवर्गको वेतन काट्ने कार्यको कटु आलोचना गर्दै कर्मचारीवर्गलाई वेतन दिनुपर्ने माग गरेका छन।

0 Response to "गोर्खाल्याण्ड माग्नेहरुले एकाग्रता भंग गर्नु हुँदैन – गोरानिमो "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.