-->
गोजोएक बाट गोरानिमो बाहिरियो

गोजोएक बाट गोरानिमो बाहिरियो

डी के वाइबा कालिमन्युज, कालेबुङ 31 अगष्ट। गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिबाट आफुले सदस्यता फिर्ता लिएको गोरानिमो अध्यक्ष दावा पाख्रिनले बताएका छन। “अहिले छुट्टै राज्यको निम्ति राष्ट्रव्यापी कार्यक्रम गरिरहेका छौँ। 
यसरी आफ्नै कार्यक्रमहरुले व्यस्त हुँदा गोर्खाल्याण्ड जोईण्ट् एक्सन कमिटिको कार्यक्रम्हरुमा सहभागि हुन नसक्ने अवस्था भयो। उनीहरुको कार्यक्रमलाई बाहिरबाटै सहयोग गर्नेछु। सहयोग गर्दै सडकमा पनि निस्कनेछु। 
तर आफ्नो पार्टीको सदस्यता भने आफैले फिर्ता गरेको हो” दावा पाख्रिनले स्पष्ट भने। यसैक्रममा तिनले दार्जीलिङमा सम्पन्न भएको जोईन्ट् एक्सन कमिटिको बैठकमा आफु नगएको स्पष्टिकरण दिदै भने – “गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्दै आएको गोजमुमो अध्यक्षले गोर्खाल्याण्ड माग्दिन भने। यता जीटीए पनि खारेज गरेको छैन। यस्तो अवस्थामा सभामा जाने औचित्य नै रहेन”। 
तिनले कुराकानी गर्दै यता लेप्चा समुदायका मानिसहरुले शुरु गरेको धर्ना एकदमै दुर्भाग्यपूर्ण रहेको बताए। “नेपाली भोटे लेप्चा सबै हामी गोर्खा हो। सबै गोर्खा भएपछि गोर्खाल्याण्डकै निम्ति लडनुपर्छ। यसरी बिभाजन भए सरकारलाई फाईदा हुनेछ। पडेका लेप्चा दाजुभाईहरुले यसबारे बुझ्न आवश्यक छ। यहाँ बङगालले जातिय हिंसा भडकाउँने षडयन्त्र गरिरहेको छ” दावा पाख्रिनले अझ भने।

0 Response to "गोजोएक बाट गोरानिमो बाहिरियो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.