-->
जनमुक्ति कर्मचारी संगठनका अध्यक्ष खडकबिक्रम सुब्बा पक्राऊ

जनमुक्ति कर्मचारी संगठनका अध्यक्ष खडकबिक्रम सुब्बा पक्राऊ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 अगष्ट 2013। दार्जीलिङ पहाडमा चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई ब्याक्फुटमा लैजान सरकारले प्रशासनको माध्यमबाट नेतृत्ववर्गलाई पक्राऊ गर्ने क्रम जारी राखेको छ। 
यसैक्रममा आज गोजमुमो पार्टीको भातृ जनमुक्ति संगठन कर्मचारी संगठनका अध्यक्ष खडक बिक्रम सुब्बालाई पक्राऊ गरेको छ। तिनलाई आज यहाँको थाना डाँडाबाट पक्राऊ गरेको हो। सुब्बालाई पक्राऊ गरेपछि पुलिसले तिनलाई यहाँको महकुमा अस्पतालमा स्वास्थ्य जाँच गरेर यहाँको न्यायालयमा पेश गरेको थियो। 
यस अवधी प्रशासनले कठोर सुरक्षा व्यवस्था मिलाएको थियो। तिनलाई पुलिसले पक्राऊ गरेपछि बिभिन्न मुद्दाहरु दर्ता गरेको छ। 
तिनलाई मुद्दा संख्या 21/13 अन्तर्गत पुरानो मुद्दाको आरोपमा पक्राऊ गरेर भारतिय दण्ड सन्हिताको धारा 143, 341, 427, 556, 511 अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने सरकारी कार्यहरुमा बाधा पुर्‍याएको आरोपमा धारा 353 अन्तर्गत गैरजमानती मुद्दा दर्ता गरेको छ। 
यसैक्रममा केही महिना अघि उत्तरबङग बिकाश मन्त्री गौतम देवलाई कालो झण्डा देखाएको बिरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। तिनलाई आज यहाँको न्यायालयमा पेश गरिपछि बचाव पक्षका अधिवक्ता जमानती अर्जी अदालतलाई चडाएको थियो तर अदालतले तिनको जमानत याचिका खारेज गरेर 10 दिनको न्यायिक हिरासतमा पठाएको छ। 
यता तिनलाई पुलिसले पक्राऊ गरेपछि पत्रकारहरुले प्रतिक्रिया लिन चाहँदा पुलिसले आन्दोलनलाई जब्बरजस्ति सरकारको ईशारामा दबाउँने प्रयास गरिरहेको आरोप लगाएका छन। “पुलिसले निर्दोस मानिसहरुलाई पक्राऊ गरिरहेको छ। यो आन्दोलनलाई दबाउँने षडयन्त्र हो” खडकबिक्रम सुब्बाले भने।

0 Response to "जनमुक्ति कर्मचारी संगठनका अध्यक्ष खडकबिक्रम सुब्बा पक्राऊ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.