
गोर्खाल्याण्डको आन्दोलन सीआरपी र पुलिसले दबाउँन सक्दैन – डा हर्कबहादुर छे
डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 अगष्ट 2013। “छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन ईन्द्रेको बाऊ चन्द्रे आए पनि दबाउँन सक्दैन” उक्त कुरा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले आज पथसभालाई सम्बोधन गर्दै भनेका हुन।
गोर्खाल्याण्ड जोईन्ट एक्सन कमिटिको आयोजनामा आज आयोजित घरबाहिर जनता कार्यक्रममा छुट्टै राज्यको मागमा शहरमा सदाझै जुलुस सम्पन्न भयो। घरभित्र जनता कार्यक्रमको सफलता पछि आज दोस्रो दिन पहिलोपल्ट सडकमा गोर्खाल्याण्ड जोईन्ट एक्सन कमिटिको कार्यक्रम सम्पन्न भयो। यस अवसरमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री, नोर्देन लामा, क्रामाकपा नेता किशोर प्रधान, मोहन पौड्याल, टास्क फोर्सका आर मोक्तान लगायत भागोपका प्रतिनिधीहरु उपस्थित रहेका थिए।
यहाँको ड्म्बर चौकबाट शुरु भएको जुलुसले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै शहर परिक्रमा गरिसकेपछि पुन: डम्बरचौकमा एउटा पथसभामा परिणत भएको थियो। डम्बरचौकमा जनसमुहलाई सम्बोधन गर्दै बिधायक डा हर्कबहादुर छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्डको माग भारतीय संविधान अनुरुप मागिरहेको दाबी गर्दै जनआकांक्षालाई कसैले दबाउँन नसक्ने बताएका छन।
“गोर्खाहरुले छुट्टै राज्यको माग संविधानले दिएको अधिकारको मागेको हो। बङगाल बिभाजन हुनु दिदिन भन्नेहरुले कसरी गोर्खाल्याण्ड दिदिन भन्छ ? जनताले आफ्नो अधिकारको निम्ति बन्द गर्दा उच्च न्यायालयले यदि यो असंवैधानिक भयो भन्छ भने हामी गोर्खाल्याण्ड पनि उच्च न्यायालयमा नै मुद्दा लडेर माग्छौँ त्यतिबेला उच्च न्यायालयले राज्य दिनसक्छ?” डा छेत्रीले प्रश्न गरे।
यसैक्रममा तिनले अहिले छुट्टै राज्यको आन्दोलनलाई दबाउँन सरकारले आन्दोलनकारीहरुलाई बिभिन्न मुद्दाहरुमा पक्राऊ गर्ने गरेको अनि प्रशासनको आडमा आन्दोलनलाई दबाउँने प्रयास एकदमै अन्यायपूर्ण रहेको बताए। “गोर्खाल्याण्डको माग न्यायसंगत अनि संवैधानिक रहेको हाम्रो भाषा मान्यताले नै प्रमाणित गरिसकेको छ। हाम्रो भाषाले संविधानको आठौ अनुसुचीमा मान्यता पाईसकेको छ।
संवैधानिक मान्यता प्राप्त भाषी मानिसहरुले आफ्नो छुट्टै राज्य माग्दा बङ्गालका नेताहरुले किन गोर्खाल्याण्डको माग असंवैधानिक भन्छन। संविधानलाई छोएर कसम खाने नेताहरुले नै वास्तवमा गोर्खाल्याण्डको बिरोध गरेर असंवैधानिक कार्य गरिरहेका छन” डा हर्कबहादुर छेत्रीले भने।
तिनले अब छुट्टै राज्यको आन्दोलन कुनैपनि हालतमा नरोकिने बताउँदै यसलाई बिभिन्न राजनैतिक पार्टीहरुको मञ्च गोर्खाल्याण्ड जोईन्ट एक्सन कमिटिले शिखरमा पुर्याएर छाड्ने बताएका छन। यसैक्रममा तिनले अहिले सरकारले पुलिस अनि सीआरपी लगाएर आन्दोलनलाई बिथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै भोलिको दिनमा बिना कारण आफुलाई समेत पक्राऊ गरेर जेल लान बेर नलगाउँने बताए।
“गोर्खाल्याण्डको समस्या पुलिस प्रशासन र सीआरपी लगाएर दबाउँने समस्या होईन। सरकारले यस कुरालाई ध्यान दिनुपर्छ। जनताको आवाजलाई कुल्चेर समस्याको समाधान हुँदैन। संवैधानिक अधिकारलाई सीआरपी र पुलिस लगाएर दबाउँन खोज्ने बङगाल सरकार संविधान भन्दा ठूलो होईन। हामी संविधानले दिएको अधिकार माग्दैछौ। केन्द्र सरकारले पनि यस कुरामा ध्यान दिन आवश्यक छ” डा छेत्रीले कडा स्वरमा भने।
0 Response to "गोर्खाल्याण्डको आन्दोलन सीआरपी र पुलिसले दबाउँन सक्दैन – डा हर्कबहादुर छे"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.