
ओल्ड सेल्टलर्सको याचिकाले साम्प्रादायिक हिंसा फैलिन सक्ने सम्भावना बडेको छ – भागोप

आज यहाँको भागोप कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भागोप महासचिव एंव बरिष्ट अधिवक्ता प्रभाकर देवानले कुनै पनि जातिले आफ्नो अधिकारको निम्ति न्यायालयको ढोका ढकढक़ाउँनु सक्ने बताउँदै तर न्यायालयमा जाँदा कुनै पनि जातिलाई होँच्याउँने कार्य गर्नु न्याय संगत नरहेको बताएका छन। सर्बोच्च न्यायालयमा दर्ता गरिएको रिट पिटिसनमा “नेपाली ओरिजिन” मानिसहरुलाई सरकारले कर माफी दिएको अनि यस्ता व्यक्तिहरुको संख्या राज्यमा 70 प्रतिशत रहेको पिटिसनमा उल्लेख गरिएको बताउँदै नेपाली ओरिजिन मानिसहरु संगै अन्य 5 प्रतिशत ओल्ड सेटलर्सहरुलाई सरकारले कर माफी दिनुपर्ने माग गरेको बताएका छन।
यति मात्र नभएर नेपाली ओरिजिन सिक्किमेहरुको जनसंख्या राज्यमा 70 प्रतिशत रहेको अनि उनीहरुको जनसंख्या धेर रहेको कारण चुनावमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको रिट याचिका लेखिएको प्रभाकर देवानले बताए।
उक्त पिटिसनमा नेपाली ओरिजिन अर्थात् बिदेशी नेपालीहरुले सिक्किम सब्जेक्टको उपभोग गरिरहेको दाबी गर्दै 5 प्रतिशत ओल्ड सेटलर्स सिक्किमेहरुलाई यसमा न्याय दिनुपर्ने माग गर्दै न्यायालयमा गुहार लगाएको देवानले अझ बताए। यस सम्बन्धमा भारतीय गोर्खा परिसंघले सिक्किमे गोर्खालीहरुलाई बिदेशी भनिएकोमा कडा आपत्ति जनाएको छ। सिक्किमे नेपालीहरुलाई बिदेशीको आरोप लगाएर जातिय हिंसा फैलाउँने सुनियोजित षडयन्त्र रचिरहेको तिनले आरोप लगाउँदै यसमा सरकारले यथाशिघ्र पहल गर्न आवश्यक छ भनि बताएका छन।
“सिक्किमका गोर्खाहरुलाई बिदेशीको लाञ्छना लगाउँनु भनेको भारतभरी छरिएर बसेका गोर्खाहरुलाई अपमान गर्नु हो। हामी यसको घोर बिरोध गर्छौ। पिटिसनमा घरी घरी नेपाली ओरिजिन भन्दै बिदेशीको लाञ्छना लगाउनु यहाँ सुनियोजित षडयन्त्र हुनसक्छ। यसले यहाँ जातिय हिंसाको निम्ति उक्साउँने कार्य भईरहेको छ। हामी गोर्खाहरुलाई सयमित भएर बस्ने आह्वान गर्छौ अनि सरकारलाई सहि पदक्षेप ग्रहण गर्ने अनुरोध गर्दछौँ” भागोप महासचिव प्रभाकर देवानले भने।
भारतिय गोर्खाहरुलाई बारम्बार यसरी बिदेशीको लाञ्छना लगाउँने कार्य भएको बताउँदै यस अघि असम, मणीपुर तथा पश्चिम बङगालमा पनि बङ्ला भाषा बचाऊ कमिटिले बिदेशीको आरोप लगाउँदै उच्च न्यायालयमा मुद्दा दर्ता गरेको तिनले अवगत गराए। यसरी एउटा जातिले अर्को जातिलाई आरोप लगाएर अधिकारको बहानामा गरेको होँच्याउँने कार्य निन्दनीय रहेको बताउँदै यस्तो कार्यले देशको भित्री सुरक्षामा समेत खतरा हुने सम्भावना रहेको तिनले बताएका छन। उक्त कुराहरुलाई जाँच गरेर भारत सरकार अनि सिक्किम सरकारले जाँचकार्य अघि बडाई कार्वाही गर्न आवश्यक छ भनि तिनले बताएका छन।
अर्कोतर्फ सोहि पत्रकार सम्मेलनमा बोल्दै गोर्खाल्याण्ड टास्क फोर्सका समन्वयक आर मोक्तानले आगामी 27 जुलाई शहिद दिवसलाई लिएर गोरामुमो अनि गोजमुमो माझ झडप हुनसक्ने सम्भावना व्यक्त गरे। दुवै पार्टीले शहिद दिवस पालन गर्ने तय गरिसकेको कारण झडप हुने सम्भावना रहेको तिनले बताएका छन।
तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने “अस्सिको दशकमा गोरामुमोले चलाएको हिंसात्मक आन्दोलन अनि गोजमुमो पार्टीको 2007 सालको आन्दोलनमा शहिद भएकाहरु दागोपाप अनि जीटीएका निम्ति शहिद भएका होईनन। नैतिकताको आधारमा दुवै राजनैतिक पार्टीहरुले शहिद दिवस पालन नगर्नु नै ठिक हुनेछ। यदि दुवैले शहिद दिवस पालन गर्छन भने दुवै पार्टीका कार्यकर्ताहरुले सयम अप्नाउँनुपर्नेछ”। तिनले यदि शहिद दिवसको दिन गोर्खाल्याण्ड माग्नेहरु आपस्तमा लडे गोर्खाल्याण्ड बिरोधीहरु खुशी हुने बताउँदै गोर्खाल्याण्ड् बिरोधीहरुलाई हसाउँने कार्य नगर्ने सुझाव मोक्तानले दिएका छन।
यता पत्रकार सम्मेलनलाई भागोप राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले सम्बोधन गर्दै आगामी 25 अगष्टको दिन शहिद दुर्गा मल्लको नाउँमा बलिदान दिवस देहरादुनमा भव्यरुपले पालन गर्ने बताएका छन। तिनले बलिदान दिवस भागोपले बर्षेनि पालन गर्दै आईरहेको बताउँदै यस बर्ष उत्तराखण्ड सरकार अनि भागोपको आयोजनामा बलिदान दिवस पालन गरिने जनाए। “शहिद दुर्गा मल्लको बलिदानलाई स्मरण गर्दै हामीले राष्ट्र निर्माणको निम्ति गोर्खाहरुले देशलाई दिएको योगदान अन्य सम्प्रदायका मानिसहरुलाई पनि बुझाउँन चाहेका हौँ” प्रधानले भने।
0 Response to "ओल्ड सेल्टलर्सको याचिकाले साम्प्रादायिक हिंसा फैलिन सक्ने सम्भावना बडेको छ – भागोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.