-->
बिद्युत बिभागले मनपरी बिल पठाएको खुलासा

बिद्युत बिभागले मनपरी बिल पठाएको खुलासा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 जुलाई। बिद्युत बिभागको लापरवाहीको एकचोटि पोल खोलिएको छ। अहिलेघरी बिजुलीको एकाधिक बिल आएको कारण मानिसहरु हैरान बनिरहेका छन। यस्तो समयमा बिभागले केवल 71 युनिटको बिल 2 लाख 20 हजार 6 सय 26 रुपीया पठाएर लापरवाहीको पोल खोलि दिएको छ। 
उक्त घटना यहाँको साङ्से बस्ति खर्क गाउँको हो। साङ्से बस्ति खर्क गाउँ निवासी मनबहादुर राईलाई बिद्युत बिभागले मई, जुन अनि जुलाई महिनाको बिल 2 लाख 20 हजार 6 सय 26 रुपीया पठाएको छ। तीन महिनाको बिल यत्ति ठूलो रकम आए पछि राई परिवारको होस हवस नै उडेको छ। तर यहाँ बिभागले राई परिवारलाई पठाएको उक्त बिजुलीको बिलमा लापारवाही रहेको भने स्पष्ट देखिएको छ। किन भने राई परिवारले आफ्नो घरमा बिजुली केवल 71 युनिट प्रयोग गरेका छन। 
 राई परिवारले 71 युनिट मात्र बिजुली प्रयोग गरेको बिभागले पठाएको बिलमा नै उल्लेख रहेको छ। तर अच्चम्मको कुरा भने 71 युनिटको बिल भने 2 लाख 20 हजार 6 सय 26 रुपीया रहेको छ। हिज मात्रै बिभागले पठाएको बिजुलीको उक्त लाखौ रुपीयाको बिल हातमा परेपछि मनबाहादुर राईका छोरा अशोक राई सिधै पत्रकारहरु भएकहाँ आईपुगेका थिए। तिनले यस अवधी उक्त बिजुलीको बिल बिभागले लापारवाही पूर्वक पठाएको आरोप लगाएका छन।
बिभागले ग्रामिण क्षेत्रमा यसरी लाखौ रुपीयाको बिजुलीको बिल पठाएर मानसिक दबाउ बनाएको तिनले आरोप लगाए। “मेरो घरमा 71 युनिट बिजुली खपत भएको बिद्युत बिभागले पठाएको बिलमा नै उल्लेख गरिएको छ। अहिलेको सरकारी दर अनुसार ग्रामीण क्षेत्रमा 5 रुपीया प्रति युनिट बिजुलीको बिल बिभागले वसुली गर्ने गर्दछ। तर यहाँ 71 युनिटको बिल 5 रुपीयाको दरले 355 रुपीया आउँनुको साटो 2 लाख 20 हजार 6 सय 26 रुपीया आउँनु बिभागको पूर्ण लापरवाही हो। यदि यस बिषयमा बिभागले कुनै पदक्षेप ग्रहण नगरे म कन्ज्युमर फोरममा मुद्दा दर्ता गर्नेछु” अशोक राईले भने। 
यता उक्त बिषयमा बिद्युत बिभागका डिभिजनल म्यानेजर सोमनाथ रोयसंग जान्न चाहँदा तिनले मनबहादुर राईको बिलमा गल्ति भएको स्वीकार गरेका छन। तिनले कम्प्युटरमा मिटर रिडिङ हाल्दा गल्ति भएको कारण यसरी अत्याधिक बिल आएको बताउँदै यसलाई सच्याएर सही बिल पठाउँने स्पष्ट पारेका छन। “कार्यालयमा मिटर रिडिङ हाल्दा गल्ति भएको कारण बिल धेरै आएको हो। यसलाई हामी संशोधन गर्नेछौ। हामी यस्तो समस्या भविष्यमा पुन: नदोहोरियोस भनि कार्य गर्नेछौ। यदि अन्य उपभोक्ताहरुको पनि यस्ता समस्याहरु छन भने बिभागमा आएर सोझै सम्पर्क गर्न सक्नुहुनेछ” सोमनाथ रोयले भने।

0 Response to "बिद्युत बिभागले मनपरी बिल पठाएको खुलासा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.