
कालेबुङको निम्ति आरक्षित रेल्वेको कोटा अचानक रद्द : यात्रीहरु बिचल्नीमा
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 5 जुन। यहाँको मुख्य डाकघरमा रेल्वे बिभागले शुरु गरेको रेल्वे बुकिङ काउण्टरमा अचानक कालेबुङको निम्ति आरक्षण गरिएको कोटा बिभागले कुनै पूर्वसूचना नगरी बन्द गरेको छ। जसको कारण मानिसहरुले लामो दुरीको यात्राको निम्ति समस्या झेल्नु पर्ने निश्चित बनेको छ।
यहाँको मुख्य डाकघरमा पूर्वोत्तर रेल्वेको बुकिङ काण्टरबाट मानिसहरुले लामो दुरीको यात्रा गर्ने सुबिधाको निम्ति रेलको टिकट बुकिङ गर्ने सुबिधा पाईरहेका थिए। तर बिभागले कुनै पूर्व सूचना नदिई उक्त कालेबुङको निम्ति आरक्षण गरिएको कोटा बन्द गरेपछि समस्या सृजना भएको छ।
कालेबुङको कोटा बन्द गरिएको जानकारी बिहिबार मात्र सिलगडीस्थित कार्यलयबाट सूचित गरेको कर्मचारी मोहन सार्कीले जानकारी दिएका छन। कालेबुङको निम्ति राजधानी एक्सप्रेसको अप अनि डाउन गरेर मोठ आठवटा कोटा आरक्षित गरीईको तिनले जानकारी दिदै अबोप्रान्त उक्त कोटा एनजेपीको कार्यलयले बन्द गर्ने निर्णय लिएको गजमेरले जनाएका छन।
यसरी नै दार्जीलिङ मेलको थ्री टायर एसी अनि टू टायर एसीको आरक्षित कोटा पनि आगामी 25 अगष्टदेखि बन्द गर्ने भएको तिनले पत्रकारहरुलाई जनाए। बिभागले अचानक यसरी कलेबुङको निम्ति आरक्षित ट्रेनको कोटा बन्द गर्ने निर्णयले यहाबाट तिकट काटेर यात्रा गर्ने मानिसहरुलाई समस्य सृजना हुने निश्चित बनेको छ। यतिमात्र नभएर आगामी दिनहरुमा अन्य ट्रेनको आरक्षित कोटाहरु पनि बिभागले बन्द गर्ने सम्भावना बडेर गएको छ।
“बिहिबार अचानक राजधानी एक्सप्रेसको बुकिङ नलिने मलाई एनजेपी कार्यलयबाट निर्देश भयो। किन यस्तो निर्णय भयो भन्ने बिषयमा भने मलाई बिस्तृत जानकारी छैन” –कालेबुङ बुकिङ काउण्टरका कमर्सियल क्लर्क मोहन सार्कीले भने।
अर्कोतिर कालेबुङको निम्ति आरक्षित कोटा बन्द त भयो नै तर महिना दिन अघि बुकिङ भएको टिकटहरु समेत रद्द गर्ने निर्देश आएको छ।
बिभिन्न कार्यहरु लिएर टाडा जानको निम्ति अगावै ट्रेनको टिकट बुकिङ गरेर ढुक्क बनेका यात्रीहरु अचानक बुकिङ टिकट समेत रद्द गर्ने बिभागको निर्देशले ठूलो जटिलता सृजना देखा परेको छ। बिभागले कुनै पूर्वसूचना नदिई बुकिङ गरिएका टिकटहरु समेत रद्द गर्ने आज निर्देश दिए पछि महिना दिन अघि नै टिकट बुकिङ गरेर बसेका यात्रीहरु बिलखबन्दमा परेका छन।
अमेटी विश्व बिद्यालयमा स्नातकको अध्ययन गरिरहेकी यहाँको बोङ बस्ति निवासी योगिता छेत्रीले राजधानी एक्सप्रेसको 31 मईको दिन टिकट बुकिङ गरेकी थिईन। तर बिभागले कुनै पूर्वसूचना नदिई बुकिङ टिकट बन्द गर्ने निर्णयले ठूलो ससम्स्या भएको बताईन। यसरी नै कलेजको भर्ना लिन दिल्ली जानको निम्ति एक युवक आज्ञा शर्माले पनि राजधानी एक्सप्रेसकै टिकट बुकिङ गरेका थिए। तर अचानक बुकिङ रद्द हुने खबरले सबै योजना फेल बनेको जनाए।
अर्कोतिर घरेलु कार्यले दिल्लि जानलागेकी मञ्जु मित्तलको पनि टिकट रद्दले समस्या बडेको छ। उनीहरु सबै आगामी 7 जुलाईका दिन दिल्ली जाने टिकट बुकिङ गरेर निश्चित बसेका थिए। यसरी यात्राको मिति पर्खेर बसेका सबैलाई आज मात्र टिकट रद्द हुने खबरले हत्तरिएर पोष्ट अफिसको बुकिङ काउण्टरमा आएको बताउँदै यस निर्णयले आफुहरु बिलखबन्दमा परेको जनाए।
अर्कोतिर उक्त निर्णयबारे र्ल्वेका सिलगडी एनजेपी स्थित कार्यलयका सीएमाई राजदिप बसुसंग सम्पर्क गर्दा यस बिषयमा आफुलाई ठोस जानकारी नभएको बताए। तिनले आधिकारीक पुष्टि गर्न आफु भन्दा उच्च अधिकारीलाई सम्पर्क गर्ने पत्रकारहरुलाई आग्रह गरे। तिनले निर्धारित यात्रीहरुलाई बिचल्निमा नपार्ने आश्वासन दिदै आपतकालीन कोटाको माध्यमबाट भए पनि यत्रीहरुलाई सुरक्षित यात्राको व्यवस्था मिलाउँने आश्वसन दिएका छन।
0 Response to "कालेबुङको निम्ति आरक्षित रेल्वेको कोटा अचानक रद्द : यात्रीहरु बिचल्नीमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.