-->
ट्र्क टिस्टा नदिमा झर्दा ट्रक संगै वाहनका चालक निखोज

ट्र्क टिस्टा नदिमा झर्दा ट्रक संगै वाहनका चालक निखोज

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 जुलाई। 31 ए राष्ट्रिय राजमार्ग लिखुभीर नजिक बिहीबार राती एउटा ट्र्क टिस्टा नदिमा झर्दा ट्रक संगै वाहनका चालक निखोज बनेका छन। दुर्घटनामा परेर निखोज बनेको ट्रक एसके 01 बी 0993 नम्बर रहेको थाह लागेको छ भने दुर्घटनामा परेर निखोज बनेका चालक तादोङ निवासी मिठु छेत्री रहेको जानकारी प्राप्त भएको छ। 
उक्त सडक दुर्घटना राती साँढे एघार बजेदेखि बाह्र बजे भएको हुनसक्ने अनुमान गरिएको छ। राती अबिरल बर्षाको समयमा भएको उक्त सडक दुर्घटना बिहान मात्र मानिसहरुले थाह पाए। दुर्घटना स्थलमा ट्रकको पछिल्लो भागको एक टुक्रा बिहान मानिसहरुले देखेपछि सडक दुर्घटना भएको मानिसहरुले थाह पाए। सडक दुर्घटना भएको थाह भएपछि मानिसहरुले स्थानीय टिस्टा पुलिसलाई जानकारी दिए। घटनाको जानकारी पाए पछि टिस्टा पुलिसले खोजी अभियान चलाएको छ। 
उक्त घटना स्थलमा वाहनमा रहेको सामाग्रीहरुको सूची नजिकै मानिसहरुले फेला पाए पछि उक्त सामाग्रीहरुको सूचीमा रहेको सम्पर्क नम्बरमा पुलिसले फोन गरेर सोध खोज गर्दा वाहन ट्रक रहेको थाह लागेको हो। सिलगडीको एउटा हार्डवेर दोकानबाट बिभिन्न सामग्रीहरु लादेर सिक्किम गईरहेको वाहन दुर्घटनाग्रस्त हुँदा सिधै टिस्टा नदिको गर्भमा विलिन भएको थाह लागेको छ। 
सिधै टिस्टा नदिमा झरेको उक्त वाहनको कुनै पत्तो लाग्न सकेको छैन भने वाहनको चालक समेतको कुनै पत्तो लाग्न सकेको छैन। घटनाको जानकारी पाए पछि आज दुर्घटनास्थलको कालेबुङ थाना अधिकारी अचिन्ता गुप्ताले दौडाह गरेर जानकारी लिए भने चालक महासंघका अध्यक्ष छिरिङ दोर्जी भोटिया लगायत अन्य चालक संगठनका प्रतिनिधीवर्गले पनि घटना स्थलको दौडाह गरेर जानकारी लिए। 
घटना स्थलमा खोजी अभियान गरिरहेको भए पनि समाचार लेखुञ्जेल सम्म कसैको पत्तो लाग्न सकेको छैन।

0 Response to "ट्र्क टिस्टा नदिमा झर्दा ट्रक संगै वाहनका चालक निखोज"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.