भोटाङमा चुनाउको निम्ति सुरक्षा एंव परिवर्तनको तयारी
यी दुवै पार्टीका 47-47 उम्मिव्दारहरुले यसमा आफ्ना भाग्य अजमाउने छन् । भोटाङमा लगभग ३ लाख मतदाताहरुले मत खसाल्ने छन् । सम्पूर्ण भोटाङमा चुनाउ गर्नको लागी मानीसहरु कर्म स्थानदेखी जन्म स्थान तिर लावा लस्कर लागेर जान लागेको देखीदैछ।
उक्त चुनाउको कारणले भोटाङको सबै स्थानहरुमा दोकानहरु सरकारको आदेश अनुसार बन्द गरिएकोछ । भोटमा भाग लिन जनतामा धेरै चासो बडेको पनि देखीयो भने आज यस सम्बन्धमा भोटाङे नागरीक टासी दोर्जीले बताए अनुसार भोटाङमा परिर्वतनको आवस्यक छ । तिनले भनेकि पछिल्ला दिनहरुमा बिजय रहेको ड्रुक् फुन्छोम छोकपालाई पराजय गराउन बातचित भैरहेको सुनीयो तथा आजको यस चुनाउको माहौल भने भारतमा पार्टीहरुको प्रचार जसरी हुन्छ त्यस्तै रुपमा भने एक प्रतिशत पनि देखीएन । यसतो परिस्थितीमा जनताले कसरी पार्टीहरु रोज छन भन्ने प्रश्न् खडा भएको छ ।
यस चुनाउमा सुरक्षा ब्यवस्था कडा गर्नको निम्ति रोयल भोटाङ सरकारको पुलिस र आर्मी तैनाथ गराएको छ । उक्त चुनाउको समाचार संकलन गर्नको लागी भोटाङ लगायत, भारत, जापान, लगायत धेरै देशका पत्रकारहरुको जमघट थियो तर् भोटाङ सरकारले यसपाली मिडीया सेन्टरको व्यवस्था भने गरेको थिएन । चुनाउ सम्बन्धमा भोटाङ चुनाउ आयोग अधिकारी कुजांग वागदीले बताए अनुसार लगभग 856 बूथमा इभिएम मसिनको सहायताले भोट गरीनेछ, साथै उक्त स्थानमा पुलिंग अधिकारीहरु पुगी सकेकाछन औ त्यस स्थानमा सुरक्षा व्यवस्था कडा रुपमा तयार गरेको जनाउदै शान्ति पूर्ण मतदान हुने जानकारी दिए ।
यस चुनाउको निम्ति भोटाङको अंतराष्टीय सिमा क्षेत्रहरुमा सुरक्षाको नजरले प्रमुख व्दारहरु आज 6 बजे बेलुकी देखी भोली 6 बजे बेलुकि सम्म सिल हुने भोटाङ सरकारले सुचना जारी गरेको छ । आगामी चुनाउमा जुन पार्टी बिजय हुनेछ त्यस पार्टीबाट नै भोटाङको प्रधान मंत्री बनीने हुनाले यस चुनाउको महत्व पुर्ण रहेकोछ
0 Response to "भोटाङमा चुनाउको निम्ति सुरक्षा एंव परिवर्तनको तयारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.