-->
कालेबुङको बिभिन्न स्थानहरुमा भानु जयन्ति पालन

कालेबुङको बिभिन्न स्थानहरुमा भानु जयन्ति पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 जुलाई। आदिकवि भानुभक्तको 199 औ जन्मजयन्ति आज सूचना एंव सांस्कृतिक बिभागको आयोजनामा एक दिन अघि नै यहाँको सप्तश्री ज्ञानपिठमा पालन गरियो। कालेबुङ महकुमाका अतिरिक्त महकुमा अधिकारी प्रितम लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिका रुपमा वयोबृद्ध कवियत्री श्रीमती सानुमति राई उपस्थित रहेकी थिईन।
मुख्य अतिथिको बाहुलीबाट दिप प्रज्वलन भएपछि सुरु भएको कार्यक्रममा अतिथिवर्गले कवि भानुभक्तको तस्बिर अघि माल्यअर्पण गरेर श्रद्धाञ्जली चडाए। यस अवसरमा पारस स्गर्माले स्वागत सम्बोधन राखेका थिए। कार्यक्रममा सप्तश्री ज्ञानपिठका विद्यार्थीवर्ग अमृता खनाल अनि युवराज निरौलाले कविता पाठ गरेका थिए भने सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै छात्रा ईलिसिबा लेप्चाले कवि भानुभक्तको बिषयमा बताईन।
अर्कोतिर यहाँको प्रणामी बालिका बिद्या मन्दिरको आयोजनामा पनि कवि भानुभक्तको 199 औ जन्मदिवस  अनि अभिभावक दिवस पालन गरियो। 108 औँ गुरु श्री मोहन पी आचर्यले अध्यक्षता गरेको कार्यक्रममा मुख्य अतिथिका रुपमा सभासद निमा तामङ उपस्थित रहेका थिए। 
बिद्यार्थीवर्गले गीता पाठ गरे पछि सुरु भएको कार्यक्रममा बिद्यालयका प्रधान अद्यापिका प्रतिभा कुमाईले स्वागत सम्बोधन गरिन। कार्यक्रममा बिद्यार्थीवर्गले रामायण पाठ गरेका थिए भने बिभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। सोही क्रममा बिद्यार्थीवर्गले कविता पाठ पनि गरेका थिए। कार्यक्रममा मुख्य अतिथि सभासद निमा तामाङलाई बिद्यालयलको पक्षबाट सम्बर्द्धना जनाईयो। तिनले कार्यक्रमलाई सम्बोधन गर्दै बिद्यालयलाई पचास हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन।
यसैक्रममा यता यहाँको निम्न बुनियादी पाठशालामा पनि भानु जयन्ति पालन गरियो। कालेबुङ सरकारी प्राथमिक प्रशिक्षण केन्द्रको सयुक्त आयोजनामा सम्पना भानुजयन्ति  कार्यक्रममा पधान अध्यापिका नमिता सरकार मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिईन। मुख्य अतिथिको बाहुलीबाट दिप प्रज्वलन पछि सुरु भएको कार्यक्रममा बिद्यालयका सबै शिक्षक शिक्षिकावर्गले कवि भानुभक्तको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पन गरे। यस अवसरमा बिद्यार्थीवर्गले रामायण पाठ गरेका थिए भने बिभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। 

0 Response to "कालेबुङको बिभिन्न स्थानहरुमा भानु जयन्ति पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.