-->
दुईवर्ष अघि सम्झौता भएको जीटीए मोर्चाकै भातृसंगठनले खारेज गर्‍यो

दुईवर्ष अघि सम्झौता भएको जीटीए मोर्चाकै भातृसंगठनले खारेज गर्‍यो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 जुलाई। जीटीए सम्झौता भएको आज ठिक दुईवर्ष पछि गोजमुमो पार्टीको भातृ संगठन युवा मोर्चा अनि विद्यार्थी मोर्चाले शहरमा एउटा जुलुस निकालेर “जीटीए चाहिन्दैन” नारा लगाउदै कालेबुङ शहर्को परिक्रमा गर्‍यो। 
जीटीए सम्झौता दिवसको दिन शहरमा निकालिएको उक्त जुलुस कुनै बिजय जुलुस थिएन। जीटीएमा सम्झौता गर्दा देखिएको खुशी, हर्ष आज सम्झौता भएको दुईवर्ष पछि कसैको अनुहारमा देखिएन। मानौ आज निकालिएको जुलुस जीटीएको मलामी नै थियो अनि उक्त जुलुसमा जीटीए ल्याउँने पार्टी गोजमुमोकै भातृसंगठनका नेताहरु बिरोधका हुँकार पिट्दै अघि बडीरहेका थिए।
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई तिलाञ्जली दिएर ल्याएको जीटीए सम्झौताको दुईवर्ष पछि यसरी पुन: सडकमा त्यहीँ जीटीए मूर्दाबादकै नाराहरु लगाउँदै मोर्चाकै भातृ संगठनका कार्यकर्ताहरु ओर्लिनु आन्दोलनको पूर्वभाष मान्नुपर्ने देखिएको छ। 
युवा मोर्चा अनि विद्यार्थी मोर्चाको सयुक्त आयोजनामा सम्पन्न भएको उक्त जुलुस यहाँको डम्बर चौकबाट शुरु भएको थियो। डम्बर चौकबाट शुरु भएको उक्त जुलुसले यहाँको दशमाईल फाटक हुँदै शहर परिक्रमा गर्‍यो। यस अवसरमा जुलुसमा सहभागी भएकाहरुले गोर्खाल्याण्ड जिन्दाबाद र जीटीए चाहिन्दैन जस्ता नाराबाजी लगाए। 
जुलुसले यहाँको थाना डाँडामा निकै बेरसम्म नाराबाजी लगाएर राज्य सरकार बिरुद्ध प्रदर्शन पनि गर्‍यो। बिभिन्न नाराबाजी लगाउँदै शहर परिक्रमा गरेपछि उक्त जुलुस यहाँको डम्बर चौकमा आएर एउटा पथ सभामा परिणत भएको थियो। उक्त पथ सभालाई सम्बोधन गर्दै युवा मोर्चा अनि विध्यार्थी मोर्चाका नेताहरु 18 जुलाई 2011 मा सम्झौता भएको जीटीए नचाहिने स्पष्ट घोषणा नै गरे। 
तिनीहरुले अबउसो छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्ने घोषणा गर्दै सरकारले आन्दोलनलाई दबाउँने प्रयास नगर्नु भनि चेतावनी समेत दिए। 
युवा अनि विद्यार्थी मोर्चाको आयोजनामा सम्पन्न भएको उक्त जुलुसममा युवा मोर्चा प्रवक्ता बालकृष्ण थापा, विद्यार्थी मोर्चाका उपाध्यक्ष दिप थापा, दिपेन थापा, समिर सुन्दास आदि उपस्थित रहेका थिए। 
यस अवसरमा सबै नेताहरुले अब उसो गोर्खाल्याण्डकै निम्ति लडने घोषणा गर्दै जीटीए त्यागको स्पष्ट घोषणा गरे। 
गोजविमो अनि युवा मोर्चाको जुलुस पछि डम्बरचौकमा सम्पन्न भएको पथसभालाई सम्बोधन गर्दै युवा मोर्चा प्रवक्ता बालकृष्ण थापाले “बङगालले दिएको खोक्रो जीटीए चाहिन्दैन” भने। तिनले ज़ीटीए खोक्रो रहेको दाबी गर्दै अबोप्रान्त छुट्टै राज्यको निम्ति आन्दोनललाई मोर्चालले अघि बडाएर लैजाने चेतावनी सरकारलाई दिए। 
सम्बोधनको क्रममा राज्य सरकारले कुटनैतिक चाल चलेर पहाडमा तृणमूल कङ्ग्रेसको बिस्तार गर्न युवा मोर्चा नेताहरुलाई पुरानो मुद्दाहरुमा वारण्ट जारी गरेको समेत तिनले आरोप लगाए। 
यसैक्रममा युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गरेको जानकारी गराउँदै उक्त प्रस्ताव मोर्चा अध्यक्षलाई पठाउँने तिनले बताए। 
यसैक्रममा विद्यार्थी मोर्चा केन्द्रिय समिति उपाध्यक्ष दिप थापाले जीटीए सरकारले जब्बरजस्ति थोपेको तर यसलाई सरकार आफैले सञ्चालन गर्न नदिएको आरोप लगाए। आगामी दिनमा छुट्टै राज्यको आन्दोलनमा विद्यार्थी मोर्चा अघि आएर लडने बताउँदै सरकारले विद्यार्थीहरुलाई कमजोड नठान्ने चेतावनी दिए।

0 Response to "दुईवर्ष अघि सम्झौता भएको जीटीए मोर्चाकै भातृसंगठनले खारेज गर्‍यो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.