-->
डुवर्समा गोजमुमोलाई अर्को झट्का- राजिनामाको अझै आशंका

डुवर्समा गोजमुमोलाई अर्को झट्का- राजिनामाको अझै आशंका

राजेश शर्मा, कालिमन्युज, जयगांउ ६ मई 2013 । पंचायत चुनावको मुखैमा विभिन्न पार्टीबाट् दलबदल गर्ने क्रमले जोड लिइरहेको समय पूर्व डुवर्सका एक सशक्त गोजमुमोका नेताले आज राजिनामा दिए।
 पंचायत चुनावको माहौलमा एक पार्टीबाट् अर्को पार्टिमा जानेहरुमा गोजमुमो सदस्यहरुको संख्या पनि कम छैन । गत चार तारीख जयगांव जीपी 2 गोजमुमो शाखाका नारी उपाध्यक्ष कविता राई एंव गोजमुमोका प्रचार प्रशार सचिव रविन राईले गोजमुमो त्यागेको चोट जाति नभै आज फेरि गोजमुमोलाई अर्को झटका लागेको छ।
कालचिनि ब्लकका प्रख्यात नेताका रुपमा चिनीने गोजमुमो जोनल कमिटिका कोषाध्यक्ष गणेश बहादुर् प्रधानले पार्टीको साधरण सदस्यताबाट पनि राजिनामा दिएका छन। एक प्रेस विज्ञप्ति प्रेषित गर्दै एक पत्रकार सम्मेलन डाकेर तिनले राजिनामाको कारण पनि बताए ।
पत्रकार सम्मेलनमा तिनले पार्टी छोडने खास कारण् गोजमुमोले गोर्खाल्याण्ड्को मुद्धा त्यागेको बताए भने आजको गोजमुमोले आफ्नो रुप परिवर्तन गरेको आरोप पनि लगाए। तिनले गोजमुमो आन्दोलनकालको अर्कै र ज़ी टी ए थाप्ने गोजमुमो अलग्गै रहेको आरोप पनि लगाएका छन। आन्दोलनकालिन गोजमुमोकाहरुलाई कुनै गन्ति अहिले नगरिएको आरोप पनि तिनले लगाएका छन।
गोजमुमोबाट् राजिनामा लिएको त्याग पत्र आज जीपी दुईका शाखा अध्यक्ष बी बी खवासलाई सुम्पेको जानकारी प्रधानले दिए । डुर्वसमा विमल गुरुंग तुल्य मानिने नेता रोहीत थापाले पनि गोजमुमो छोडेर् सतारुड पार्टीमा सामेल भै सकेका छन।
रोहीत थापाले गोजमुमो छोडेको कारण स्थानीय नेता वा पदाधिकारी आदीसंग मन मुटावको कारण गोजमुमो त्यागेको बताएका थिए । यस संम्वन्धमा गोजमुमो महासचिव रोसन गिरीसंग सोध्दा तिनले पार्टीलाई कुनै क्षति नपुग्ने बताए। यता पंचायत चुनावमा गोजमुमोको पकड मजबुत रहने पार्टी सुत्रले थप बताएको छ ।

0 Response to "डुवर्समा गोजमुमोलाई अर्को झट्का- राजिनामाको अझै आशंका"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.