
अन्तराष्ट्रिय वाहन चोरहरु पुलिसको पञ्जामा
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 जून। केहिदिन अघि मात्र कालेबुङ बिद्युत कार्यलयमा आपतकालिन सेवामा तैनाथ राखिएको वाहन चोरहरुले चम्पट लगाए पछि पुलिसले वाहन चोरहरुलाई पक्राऊ गर्न गिद्धे नजर बनाएर बसेको थियो।
वाहन चोरहरुको रगरगीले हत्तु हैरान बनेको कालेबुङ पुलिसले यसपल्ट भने वाहन चोरहरुको अन्तराष्ट्रिय गिरोह नै पक्राऊ गरेको छ। घटना आज राती 2:30 बजेको हो। वाहन चोरीको घटनामा कडा नजर राखेको कालेबुङ पुलिसले आज यहाँको 31 ए राष्ट्रिय राजमार्ग टिस्टाबाट चारजना आरोपीहरुलाई पक्राऊ गरेकोछ। पक्रा परेकाहरु मध्ये तीनजना नेपालका रहेका छन भने एकजना बागडोगरा निवासी रहेका छन।
पक्रा पर्नेहरूमा बरमिली टोल वार्ड नम्बर 10 काकरभिट्टा झापा नेपालका सन्तोष आछामी (24), वामनडागी रोड, नकरबन्द झापा नेपालका रमेश थापा (30), जामाइगढी झापा नेपालका डम्बर छेत्री (21) अनि सूर्य नजर डिफेन्स कलोनी बागडोग्रा निवासी दावा तामाङ रहेका छन्। उनीहरूले वाहन तस्कर गर्न प्रयोग गरेको वाहन एसके 01 सी-4415 लाई पनि कब्जा गरिएको छ भने उक्त वाहन सिक्किम रङ्गेली बजार निवासी किरण प्रधानको नाममा रहेको जानकारी प्राप्त भएको छ।
जानकारी अनुसार राती 2.30 बजेतिर रंगली रंगलियट थाना अन्तर्गत घुम्ती गोलाइ पेशोक निवासी मिलन राईको घरमा पार्क गरिएको डब्ल्यूबी सी-5146 नम्बर वाहनलाई चोरहरूले चोर्ने प्रयास गरिरहेका थिए। मानिसहरु मस्त निन्द्रा रहेको मौका छोपी वाहन चोर्ने प्रयास गरिरहेको समयमा कुकुर भुके पछि मिलन राईका पत्नि जुना तामाङले बाहिर हेर्दा चोरहरुले वाहन चोर्ने प्रयास गरिरहेका देखिन। चोरहरुले वाहन चोर्ने प्रयास गरिरहेको देखेपछि तिनले हल्ला मच्चाउँदा चोरहरुले चम्पट कसे।
तिनले हल्ला मच्चाए पछि स्थानीय मानिसहरुले चोरहरुलाई पक्राउ गर्ने प्रयास गरे पनि चोरहरु भाग्न सफल भए। त्यसपछि राईले टिस्टा आउट पोष्टमा फोन गरेर खबर दिएपछि पुलिसले सक्रियता अप्नाउँदै बाटोमा ब्यारिकेड् लगाएका थिए। सोही समय माथीबाट भागेर आएका चोरहरुलाई पुलिसले टिस्टा आउटपोष्ट अघि नै पक्राउ गर्न सक्षम भए। यता चोरहरुले राती वाहन चोर्ने प्रयास गर्दा राईको घर बाहिर लगाएको बल्ब समेत निकालेको थाहा लागेको छ। पु
लिसले पक्राउ गरेपछि आरोपीहरुलाई सोधपुछ गर्दा तिनीहरुबाट नेपाल मेची भन्सार कार्यालयमा भन्सार (कर) जमा गरेको रसिद समेत फेला पारिएको छ। उक्त जमा गरेको भन्सार रसिदमा वाहनको इञ्जिन नम्बर 4088334 समेत उल्लेखित रहेको छ।
यसको साथै पुलिसले आरोपीहरुबाट मोबाईल फोन पनि जफ्त गरेको छ। उक्त घटना राती भएको कारण आज बिहान खबर प्राप्त भए पछि टिस्टा आउटपोष्टमा कालेबुङका थाना आईसी आफ्नो दलबल सहित पुगेका थिए। उक्त घटना रङ्गली रङ्लियट् थाना अधिनस्थ भएको कारण आरोपी चोरहरुलाई पुलिसले रङ्गली रङ्लियट् थाना लगेको छ।
चोर पक्रा परेको घटना थाह पाए पछि पेशोकबाट मानिसहरु बिहान टिस्टा आउटपोष्टमा आईपुगेका थिए भने तिनीहरुले आरोपीहरुलाई जनतालाई सुम्पिने माग समेत गरे। चोरहरुलाई सही पाठ पढाउँन गणधुलाई दिनुपर्ने मानिसहरुले माग गरेपछि स्थिति तनावपूर्ण समेत बनेको थियो। यता उक्त आरोपीहरुलाई दार्जीलिङ थानामा पेश गरेपछि कालेबुङ पुलिसले पनि कालेबुङमा भएको वाहन चोरीको घटना सम्बन्धि सोधपुछ गर्न ल्याउँने सम्भावना रहेको छ। यस सम्बन्धमा अहिले नै कुनै आधिकारीक पुष्टि भने हुन सकेको छैन। यता पुलिसले उक्त घटनाले वाहन चोरीको अन्तराष्ट्रिय गिरोह हुन सक्ने आशंका व्यक्त गरेको छ।
0 Response to "अन्तराष्ट्रिय वाहन चोरहरु पुलिसको पञ्जामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.