-->
गोजमुमोको आशा निराशामा??

गोजमुमोको आशा निराशामा??

राजेश शर्मा, कालिमन्युज, जयगाउ, 4 जुन 2013: गोर्खाल्याण्ड्को माग र जी टी एको गठन बारे बुडा पाकाले भनेका उखान आशा आशा धन्य विनाश झोलि तुम्बी रुखमा टास सत्यार्थ हुन लागीरहेकोछ। गोर्खाल्याण्ड गठनको कुरा त परै छाडौ पाएको जीटीएलाई अघि बडाउने काममा धरी आइरहेको वाधाहरुले उक्त कुरो प्रमाणीत गरेकोछ।  अनि त गोजमुमो मात्रै होइन तर पहाड्का सोझा सिधा जनता पनि यसपालीको बैठक्मा त केही हुन्छै हुन्छ भन्ने आशामा अल्झेको अल्झेकै भैरहेकोछ।
केन्द्र र राज्य सरकार दुवैले  गोर्खाहरुलाई ललिपप पनि नखुवाइ नानीलाई मिठी ल्याइदिंछु भन्दै भुल्याउने काम भैरहेको यसपालिको बैठकले प्रमाणीत गरेकोछ। एक शताब्दीदेखि ठ्गिएका गोर्खाहरु यो वर्तमान युगमा पनि ठ्गिन्दैछन अनि असहाय भै आफ्नै रमिता आफै हेरिरहन वाध्य भएका छन। 
गोर्खाहरुमा सायद कुनै कमजोरी अवश्यैछ  जसको भनक दुवै सरकारलाई प्रष्ट रुपमाछ जसको कारण गोर्खाहरु पुन जान्दा जान्दै पनि ठगिन वाध्य भएका छन जसको अर्को विकल्प पनि छैन।
दार्जीलिङमा  राष्ट्रिय पार्टीले राज्य गर्दा पनि उस्तै थियो क्षेत्रिय पार्टीले अघि राज गर्दा पनि यस्तै थियो जस्तो अहिलेको पार्टीले राज गर्दा छ। 
गोरामुमोले 1988 मा दागोपाप प्राप्त गरेर काम शुरु गर्दा पनि लौ अब हाम्रो दिन फर्क्यो जस्तो भान भएको थियो जो यथार्थमा केवल एक दिवा स्वप्न मात्र हुन पुगेको थियो । प्राय 23 वर्ष पछि गोजमुमोले 2011 मा प्राप्त गरेको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले पनि काम शुरु गर्न भन्दा अघिनै थुप्रै अड्चनहरु झेल्न परिरहेकोछ। एकातिर गोक्षेप्र सफलतापुर्वक चलाएर देखाउनु पर्ने च्यालेंज छ भने अर्कोतिर पहाड्मा विकाश ल्याएर थुप्रै समस्याहरुको समाधान पनि गर्नु पर्ने उत्तरदायित्व गोजमुमोकोछ। तर कदम कदममा गोजमुमोले समस्यादेखि केहि बेसि पाउन सकेको छैन ।
हुस्से लागेको दार्जीलिङ्मा केहि नदेखिने र अनुमान पनि लगाउन स्थिती हिजो पनि थियो आज पनि त्यस्तै त्यस्तै छ भोलि पनि दिन उघ्रिने छाट भने कम्ति नै देखिन्दैछ।

0 Response to "गोजमुमोको आशा निराशामा??"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.