-->
जीटीएको निष्कर्षबिहिन त्रिपक्षिय बैठक : मोर्चा ब्याकफूटमा ?

जीटीएको निष्कर्षबिहिन त्रिपक्षिय बैठक : मोर्चा ब्याकफूटमा ?

बिशेष प्रतिनिधी,कालेबुङ 4 जून। “जीटीए स्वतन्त्र एकाई हो, यसलाई सरकारले स्वतन्त्ररुपले सञ्चालन गर्न दिनुपर्छ” भन्दै गोजमुमो सभासदहरुले चार सुत्रीय माग गर्दै सुरु गरेको आमारण अन्शन नौ दिनपछी आश्वासनको पोको थामेर समापन भयो। सरकारले जीटीएलाई सुचारु सञ्चालन गर्न जबसम्म लिखित आश्वासन दिदैन तबसम्म अन्शन जारी हुने मोर्चाको हूँकार आखिरमा मैखिक सरकारी आश्वासनमा समाप्त भयो। गोरुबथानका सभासद चन्द्र योञ्जनलाई पुलिसले पक्राऊ गरे पछि आत्तिएको मोर्चाले अप्रत्याशित शुरु गरेको आमरण अन्शनलाई राज्य सरकारले कुनै चासो नदेखाए पछि फिर्ता लिने गतिलो बहना भने मोर्चाले त्रिपक्षिय समिक्षा बैठकमा नै फेला पार्‍यो। ‘केन्द्र अनि राज्य सरकारका प्रतिनिधीहरुले अन्शन फिर्ता लिने अनुरोध गरेको कारण आमरण अन्शन हामी फिर्ता लिदैछौ” भनि गोजमुमोले स्पष्टिकरण दिएता पनि वास्तविकता भने उक्त कुरा मोर्चाले भेटेको गतिलो बहना हो भने बिपक्षी पार्टीहरुले टिप्पणी गर्न थालेका छन। “लिखित आश्वासन बिना अन्शन फिता लिदैनौ भन्ने मोर्चालाई मौखिक आश्वासनमा अन्शन फिर्ता गर्ने हतार कसरी पर्‍यो ?” अन्शन फिर्ता संगै उक्त प्रश्न पनि अहिले टट्कारो बनेको छ। उसै त मोर्चाले सोम्बार दार्जीलिङमा बसेको त्रिपक्षिय समिक्षा बैठकमा ठोस परिणाम निस्कने अपेक्षा सोचेको भए पनि उक्त बैठक परिणाम बिहिन सके पछि मोर्चालाई गतिलै झट्का लागेको छ। केन्द्र सरकारका प्रतिनिधीहरुको उपस्थितिमा जीटीए सञ्चालनको असुबिधाहरु समिक्षा बैठकमा मोर्चाले उठान गरे पनि उक्त उठाईएका मुद्दाहरुको कुनै ठोस निष्कर्ष भने निस्केन। जुन घटनाले मोर्चालाई सरकारले बैठकहरुको बहना बनाएर थकाउँने रणनीति अप्नाएको स्पष्ट बनेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा 11 चोटि सरकारसंग बैठक गर्ने मोर्चले जीटीएको सम्झौता यता पनि एकाधिक बैठक गर्न परिरहेको छ। जुन घटनाहरुले मोर्चालाई सरकारले प्राथमिकता नदिएको हो भन्ने कुरा स्पष्ट बनेको छ। एकाततिर जीटीएको माध्यमबाट दार्जीलिङ पहाडमा बिकाश गर्ने केन्द्र अनि राज्य सरकारले घोषणा गर्छन अनि जीटीएलाई भरपूर सहयोग गर्ने आश्वासन दिन्छन भने अर्कोतर्फ त्यहीँ जीटीएमा सम्झौता भएकै बिभागहरुको ह्स्तान्तरणमा भने सरकारले मोर्चालाई बारम्बार अलमलाएर राखेको छ। यस्तो स्थितिमा दार्जीलिङमा बसेको जीटीएको समिक्षा बैठक मोर्चालाई केवल गुनासो पोख्ने ठाउँ मात्र बन्यो। जसबाट जीटीए सञ्चालनको निम्ति एकाधिक मौखिक आश्वासन बाहेक मोर्चाले अन्य केहि पाउँन सकेन। यद्यपी जीटीए सभासद एंव मोर्चा महासाचिव रोशन गिरीले भने त्रिपक्षिय बैठक सफल भएको दाबी गरेका छन।
सोम्बार दार्जीलिमा बसेको जीटीएको त्रिपक्षिय समिक्षा बैठक बिषयमा गोर्खालिग पार्टीले प्रतिक्रिया व्यक्त गरेको छ। गोर्खालीग पार्टीका महासचिव प्रताप खातीले उक्त बैठकबारे प्रतिक्रिया व्यक्त गर्दै बैठकलाई ‘निरर्थक अभ्यास’ भनि टिप्पणी गरे। सरकारले थोत्रै बैठकमा बसाएर जीटीए प्रतिनिधीहरुलाई थकाउँने कार्यबाहेक अन्य केहि नगरेको तिनले दाबी गरे। “वार्ताको परिणाम माछा माछा चेपेगाडा भयो। यो बैठको नौटङ्की मात्र हो। यस्ता नौटङ्की बैठलाई मान्यता दिने मोर्चा नेतहरु मूर्ख हुन” – प्रताप खातीले भने। यसक्रममा तिनले मोर्चा आफै आफ्नो मागहरु प्रति गम्भिर नरहेको आरोप लगाएका छन। कालेबुङ न्यायलयमा मोर्चा प्रमुख बिमल गुरुङले उपस्थिति दिएको घटनालाई उधृत गर्दै तिनले मुद्दा माफीको सम्झौता भए पछि पार्टी प्रमुख आफै न्यायलयको चक्कर काटीरहेका छन यसले नै मोर्चा आफ्नो मागहरुमा गम्भिर छैन भन्ने स्पष्ट पारेको खातील दाबी गरे।
अर्कोतिर जीटीएको निष्कर्षहीन त्रिपक्षिय समिक्षा बैठकलाई भागोपका राष्ट्रीय अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले टिप्पणी गर्दै उक्त घटना केवल सरकार अनि मोर्चाको नाटकबाजी हो भने। तिनले छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने दलहरूलाई दबाएर राख्न सरकार र मोर्चा मिलेर यस्तो परिस्थिति तयार पारेको दाबी गरे। “एउटाले कुटेको जस्तो गर्छ अनि अर्को र रोएको जस्तो गर्छ। यो दुवै मिलेर रचेको नाटक हो” रेभरेन डा एनोसदास प्रधानले भने।

0 Response to "जीटीएको निष्कर्षबिहिन त्रिपक्षिय बैठक : मोर्चा ब्याकफूटमा ? "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.