-->
गोजमुमोको अनिश्चितकालीन बन्द फिर्ता : सभासदहरुले बस्ने आमरण अनशनमा... Strike Called by GJM withdrawn

गोजमुमोको अनिश्चितकालीन बन्द फिर्ता : सभासदहरुले बस्ने आमरण अनशनमा... Strike Called by GJM withdrawn

डी के वाइबा, कालेबुङ 25 मई। बन्दको त्रासले त्रस्त बनेर मानिसहरु आज बिहानै देखि पहाड छोड्न आतुर थिए भने यस सम्बन्धमा मोर्चाले अन्तिमसमयमा आफ्नो अडानमा फिर्ता लिदै पहाड बन्दको घोषणालाई फिर्ता लिएको छ। 
मोर्चालेपहिले पक्रा परेका सभासद लगायत अन्य कार्यकर्ताहरुलाई आज साँझसम्म बिनाशर्त नछोडेअनिश्चितकालिन पहाड बन्दको अगावै घोषणा गरेको थियो भने आखिरमा उक्त अडानलाई फिर्तालिएर बन्द नै फिर्ता लिएको छ। 
मोर्चाले पक्रा परेका सभासद लगायत अन्यकार्यकर्ताहरुलाई बिनाशर्त छोड्ने माग गरिरहेको भए पनि आखिरमा न्यायालयले उनीहरुलाई14 दिनको न्यायिक हिरासतमा पठाएको कारण तिनीहरु न्यायिक हिरासतमा हुने समयसम्म आरोपीहरु छुटने कुनै सम्भावना रहेको छैन। पक्रा परेकाहरु 14 दिनसम्म नछुट्ने पूर्ण सम्भावना रहेको कारण यता बन्द हुने सबैले अनुमान गरिरहेको समयमा मोर्चाले एकाएक बन्द फिर्ताको घोषणा गरेर सबैलाई आश्चर्यचकित बनाएको छ। 
एकाएक पहाड बन्दको त्रासले पहाडमा भित्रिएको पर्यटकहरु चम्पट कसेपछि मोर्चाले बन्द फिर्ता लिएर चौतर्फी आलोचनाको केन्द्र बिन्दु बन्न परिरहेको छ। यस सम्बन्धमा सबैभन्दा धेर आक्रोषित होटल व्यवसायीहरु देखियो। बिभिन्न होटलमा देशी अनि बिदेशी पर्यटकहरु एक हप्ता सम्म बस्ने बुकिङ हुँदा हुँडै बन्दको त्रासले सबै पर्यटकहरु चम्पट कसे पछि आखिरमा बन्द फिर्ताको घोषणाले कुनै फाईदा नभएको होटल व्यवसायीहरुले गरेका छन्। 
यता मोर्चाले आफ्नो पूर्वघोषित बन्द फिर्ता लिए पनि भोलिदेखि दार्जीलिङ, कालेबुङ, खरसाङ, अनि मिरिकमा तीन तीनजना सभासदहरु आमरण अन्शनमा बस्ने घोषणा गरेको छ। यस सम्बन्धमा यहाँको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोजमुमो पार्टीका सयोजक नोर्देन लामाले गोजमुमोले अनिश्चितकालिन बन्द फिर्ता लिएको जानकारी गराए। तिनले बन्द फिर्ता लिएको जानकारी दिदै पक्रा परेका सभासद लगायत अन्य आरोपीहरुलाई बिनाशर्त छोड्नुपर्ने मागमा भोलिदेखि तीनवटा महकुमा लगायत मिरिकमा तीनजना सभासदहरुको टोली आमरण आनशनमा बस्ने साथै जीटीए अधिनस्थ रहेको सम्पूर्ण कार्यलयहरु बन्द हुने घोषणा गरेका छन।

0 Response to "गोजमुमोको अनिश्चितकालीन बन्द फिर्ता : सभासदहरुले बस्ने आमरण अनशनमा... Strike Called by GJM withdrawn"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.